Skip to main content

Posts

Showing posts from March 30, 2016

निस्वार्थ

दुई जना केटा र केटि bike मा गईरहेका थिए । . bike १००भन्दा बढीको स्पीडमा थियो । . Girl:अलि बिस्तारो हाकन मलाई कस्तो डर लागिरहेछ । . Boy : अह ! क्या मज्जा भईरहेको छ । . Girl: हैन हैन .. Please,मलाई डरलागो क्या ! . Boy : पहिले i love you भन अनि मात्र . Girl: ल, I love you. अब बिस्तारो गर ! . Boy : मलाई एकचोटी अंगालो हाल अनि...(केटीले अंगालो पनि हाली ) . Boy : मेरो हेल्मेट निकालेर लगाउ तिमीलाई कस्तो अप्ठ्यारो भयो । . केटीले उसको हेल्मेट पनि लगाउछे । :::: अर्को दिन :::: पत्रिकामा, एउटा घरमा गएर मोटरसाइकल ठोक्किदा एक जनाको ज्यान गयो । एकजना चाही बच्न सफल भनेर समाचार आउछ ।। . सत्यता के थियो भने हल्का ओरालो सडकमा bike को ब्रेकफेल भएको हुन्छ तर केटाले आफ्नी प्रेमिकालाई उक्त कुरा भनेको हुदैन किनकि उ आफ्नी प्रेमिकालाई बचाउन चाहन्थ्यो आफुमरेर भएपनि ।। ::: ::: .मोरल :- सबै मायामा स्वार्थ हुदैन त्याग र बलिदान पनि हुन्छ । download our apps for download  click here 

हाँसो मजाक

एउटा गधा : यार मेरो मालिकले मलाई सधैं कुट्ने गर्छ । दोश्रो गधा : त्यसो भए तिमी किन भागेर जादैनौ त ? पहिलो गधा : भागेर त जान्थे तर यहाँ भबिस्य राम्रो देखेर भाग्न मन छैन , मालिकको राम्री छोरीले जब जब केही बदमासी गर्छ तब तब मालिकले यो भन्ने गर्छ ” धेरै बदमासी गर्यौ भने तिम्रो बिहे गधा सँग गरिदिन्छु” बस यही आशामा बसेको छु यार …......... एक जोडीले आत्महत्या गर्ने निर्णय गरेछ र धरहरा बाट पहिला प्रेमीले हामफालेछ । त्यतिकैमा प्रेमिकाले आँखा बन्द गरेछ र भनेछ ” माया त अन्धो हुन्छ ” र फर्केर गईछ । यो देखेर प्रेमीले पनि यो भन्दै आफ्नो प्याराशुट खोलेछ ” माया त कहिले पनि मर्दैन ” । पत्नी : तपाईं सार्है मोटो हुनु भयो । पति : तिमी पनि त मोटी भयौ नि । पत्नी : म त आमा बन्ने वाला छु नि त । पति : म पनि त बुवा बन्ने वाला छु नि । विद्यार्थी : मिस तपाईं पहिलो जन्ममा कुखुरी हुनु हुन्थ्यो हो ? मिस : (रिसाउदै), किन र ? विद्यार्थी : तपाईंले जहिले पनि मलाई टेस्ट पेपरमा अण्डा दिनु हुन्छ त्यसैले । ( पति र पत्नी मन्दिर गएर फर्किदै ) पति : तिमीले भगवान सँग के माग्यौ ? पत्नी : तपाईं र सात जनम सम्म सँगै हुन पाउँ , अनी

प्रेम कथा

प्रियतम, तिमीले छोडेर गएपछिका यी कहालीलाग्दा दिनहरुका हरेक क्षण मैले आफ्नो जिन्दगीलाई फेरि एकपटक जिएकी छु। तिमीसंगका क्षणहरुको याद गरेर तिमी नहुँदाको यो डरलाग्दो एकान्तलाई झेलेकी छु। तिम्रो उपस्थिति मेरो हरेक श्वाशमा र रगतको थोपा-थोपामा एउटा स्वाभाविकता र अनिवार्यता बनिसकेछ! तिमी हुँदा पनि मलाई लाग्थ्यो तिमी मेरो मुटुको साह्रै-साह्रै नजिक छौ भनेर तर आज तिमी नहुँदा बोध भएको छ वास्तवमा तिमी र मेरो मुटुको बीचमा कुनै दूरीनै रहेनछ, मेरो मुटुनै तिमी रहेछौ। तिमीलाई भेट्नु अगाडिको मेरो अभावग्रस्त बाल्यकाल र दु:खै-दु:ख र अपमानले भरिएको मेरो कैशोर्यसंग पनि मेरो केहि गुनासो छैन अब। तिमीलाई पाउनको लागि मैले गर्नुपर्ने तपस्याहरु थिए ती शायद। तिमीसंग फेरि यस्तै एक जुनी पाऊँछु भने म सात जुनिसम्म पनि ती दु:खहरु झेल्न तयार छु। अभावग्रस्तै भएपनि सानी हुँदा मसंग आमाको माया थियो। म नौ वर्षकी नहुँदै आमा बितेपछि बाले अर्की आमा ल्याए। ती साँच्चैकी सौतेनी आमा थिईन्। हुनत सौतेनी आमाको जातै खराब मानेको छ संसारले तर गाऊँ-ठाऊँमा कति मायालु सौतेनी आमाहरु पनि देखिन्थे जसले सौताका सन्तानलाई आफ्नालाई भन्दा पनि माया ग