आमा ! खै सम्बोधन नै गर्न आएन ! तिमी यति महान छौ शब्दमा सम्बोधन गर्नै आएन ! बुबा , भाइ ,बहिनी ,सबै सन्चै हुनुहुन्छ होला भन्ने आशा राख्दछु ! म खै के भनौं सन्चो या बिसन्चो ! यस्तै जीवन आफ्नै भन्नेले परदेशमा बेचिदिए ! आमा हजुर भन्ने गर्नु हुन्थ्यो नि कसैको छिटो भरोसा नगर्नु भनेर ! आज सम्झँदै छु ती शब्दहरु ! आमा तिमी लाई त सबै थाहा छ ! म अहिले कहाँ छु, कस्तो अवस्थामा छु लेख्न त मन थिएन तर मेरो नि तिमी बाहेक को नै छ र सुनाउने पनि ! हरेक दिन म पुरुषहरुको जमात बाट बलत्कृत हुन्छु , चिच्याउँछु , कराउँछु , तर मेरो सुनिदिने कोहि भेट्दिन , मान्छे भन्ने गर्छन नि भित्ताको नि कान हुन्छ भनेर के मेरो पीडा मेरो आँसु त्यो भिताले सुनेर तिमिलाइ सुनाइदेला त आमा ? जब चिच्याहाटमा आँसु खस्छन तब तिमिले म रुँदा फकाएको सम्झन्छु , जब मेरो शरीरबाट बल्कृत भएका रगतहरु बग्छ्न् तब म तिमी ले मलाई चोट लाग्दा आफू रोएको सम्झन्छु ! आज म यो बिरानो सहरको अँध्यारो कोठामा पशु को जीवन जिइरहेको छु , आमा मेरो इज्जत लुट्नेहरुले किन सोच्दैनन आमा कि उसको दिदिबहिनीलाई नि यस्तै भयो भने के हुन्छ भनेर ? किन सोच्दैनन आमा , म पनि