Skip to main content

Posts

Showing posts from January 23, 2018

सायद येस्तै रहेछ प्रेम !  भाग २

जब त्यहा पुगे ..त्यहा अस्ति बिबाह हुने सुनिता दिदि आउनु भयेको रहेछ त्यही पनि माइतमा मैतालु फर्काउन आउदा हाम्रो घरमा पनि पस्नु भाको रे । दिदी सङ्ग भिनाजु पनि आउनु भाको थियो एक्छिम गफ गरेपछी म भित्र सोफा मा गयेर मोबाइल चलायेर बसे  । केही बेरमा दिदी यो स्याउ लाई कहाँ राखम भन्दै एउटा आवाज आयो । कस्तो सुने सुने जस्तो पो लाग्यो त यो आवाज ! अनि येसो भित्र भान्सामा हेरेको म त छागा बाट खसे झै भये । अस्ति भेट हुने केटि पो रहेछिन । हैन कसरी आइन हाम्रो घर अनि किन ? प्रश्न उठे तर सोध्ने आट गर्न सकिन ! बेला बेल उनिलाइ हेर्थे जब हाम्रो नजर जुध्थ्यो म मोबाइल तिर ध्यान दिन्थे !  एकैछिन पछि मेरो दिदिले मलाइ बोलाउनु भयो उनी पनि त्यही नै थिइन अनि दिदी ले हाम्रो परिचय गराउनु भयो .. कि अस्ति बिबाह हुने दिदिको बहिनी पो रहेछिन । म त एक्छिन हैरान भय मन खुसिले अतालिन थाल्यो । उन्ले हजुरको नाम चाइ के नि भनेर प्रश्न गरिन ! मैले पवन भने तर उन्को नाम सोध्न बिर्सियछु ! अनि उस्ले त हामी त अब सोल्टी सोल्टिना पो परेम है सोल्टी दादा भन्दै कुरो गरिन । अनि म पनि मुसु मुसु हास्दै हो माथी हो थपे ...       ....केही बेर

बिहेको पहिलो रातमा Part 6

"मैले तिमीलाई डिस्टर्ब त गरेको छैन नि है ? आज तिम्रो बिहेको पहिलो दिन ! तिमी आफ्नो श्रीमानसँग सँगै हुनुपर्ने ! भविष्यका सपनाहरु देख्ने दिन आज एकअर्कामा भएका कुराहरू एकआपसमा साटसाट गर्नु पर्ने दिन ! मलाई माफ गरिदेउ जुनु मैले तिमी लाई डिस्टर्ब गरिदिएँ ! म अब तिमी सँग यसरी खुल्ला भएर बोल्नु पनि ठिक नहोला !" मेरो आँखामा कहिल्यै आँसु देख्न नसक्ने मेरो मुहारमा कहिल्यै उदासी देख्न नसक्ने आभास आज मलाई आफ्ना कुराहरुले रुवाइरहेको थियो , उसका हरेक शब्दहरु मेरो आँसुको कारण बनेका थिए , ऊ बोलिरहेको थियो अब म सिर्फ रोइरहेको थिएँ ! के बोलम म अलमल्लमा थिएँ ! रुन्छे स्वर लगाएर बोलेँ ,"अभु ! यदि फेरि म तिम्रो सामु आएँ भने ,तिम्रो जिवनमा आएँ भने तिमी मलाई स्विकार्छौ ?" केही बेर मौन बसेर मलाई उसले बोल्यो ! "जुनु अब यो कुरा सम्भव छैन ! तिमी अरु कसैको भइ सक्यौ , अब तिमीले नयाँ अध्याय सुरु गर्नु पर्छ आफ्नो जीवन को , अब तिम्रो परिवारको खुसी को कुरा सोच्नु पर्छ ! तिमी र म एक हुने सायद किस्मतमै थिएन ! जुनु तिमी सबैतिर थियौ बस , किस्मतमा थिएनौ ! अनि तिमी ले भन्यौ नि स्विकार्छौ?