Skip to main content

Posts

Showing posts from December 3, 2016

मनिसा भाग=10

निशा लाई बाहिर बोलाएर सोधे ! तिमी कहिले देखि मनिसा भयौ ?? किन नाम चेन्ज गरेको ? निसा ले मलाई हेर्दै भनी , म मनिसा त तिमी मेरो जिन्दगी मा आए देखि भएको थिए ! तर त्यति हतार मा नाम चेन्ज गर्न मन लागेन र अहिले चेन्ज गरेको ! मैले केही बुझेन अलि बुझ्ने गरेर भन भने ! निशा ले सरल भासा मा भनी , तिमी मेरो जिन्दगीमा आए देखि मैले आफ्नो हर चिज तिम्रो नाममा गरेको छु ! त्यसैले आज हिजोसम्म म निसा थिए आज देखि मनिसा भए (मदन+निसा = मनिसा ) हो म हिजो सम्म निशा बनेर बाचेकी थिए आज देखि मदन को मनिसा बनेर बाच्ने छु ! निसा ले मलाई माया गर्छे त्यो त थाहा थियो तर यति धेरै माया गर्छे त्यो थाहा थिएन । मेरो खुसीको सिमा थिएन म कति खुशी थिए म आफैले अन्दाज गर्न सकेको थिएन । त्यो दिन म जति खुशी यो सन्सार मा कोहि थिएन होला !! साच्चै म आफैले आफैलाइ भाग्यमानी सम्झेको थिए ! यति धेरै माया गर्ने मान्छे पाएको मा भगवान लाई मनै देखि धन्यवाद दिए । दिन हरु यसरी नै बित्दै गए ! साथीहरू संग पनि चिन्जान बढ्दै गयो । त्यै बिचमा एउटि केटी संग मेरो चिन्जान भयो ! उसको नाम पारु अनि उ त्यही गाउको रैछे ! पछि बुझ्दै जादा धनी बाउ कि एक्लि छो

मनिसा भाग=9

एकछिन पछि निशा लाई फोन गरे ! भोलिपल्ट रिजल्ट थियो ! भोलि रिजल्ट हेर्न जाने होईन तिमी निशा लाई सोधे ? जाने निस्कने बेला फोन गर है निशा ले भनी ! मैले हुन्छ भने अनि फोन राखिदिए । भोलि रिजल्ट कस्तो होला के होला कुनै मतलब थिएन भोलि फेरि निशा लाई भेट्न पाउछु यहि कुरा मात्र खेलिराथ्यो मनमा । बेलुका को खाना खाएपछि निशा लाई फोन गरे ! अरु दिन जस्तै त्यो दिन पनि धेरै बेर सम्म कुराकानी गर्यौ अनि फोन राखिदिए अनि सुते । भोलिपल्ट बिहान उठेर नुहाइ धुवाइ गरेर कपड़ा लगाए अनि खाजा खाएर निशा लाई फोन गरे ! तयार हौ है म त निस्कन लागेको भने उस्ले हुन्छ भन्यो अनि म घर बाट निस्के ! बाटोमा निशा पर्खेर बसेकी रैछे ! हामी दुबै जना स्कुल तिर लाग्यौं । स्कुल पुगेपछि मनोज लाई पनि भेटे कुन बेला होला रिजल्ट मनोज लाई सोधे ? अब एकैछिन मा रे मनोज ले जबाफ दियो । एकैछिन पछि रिजल्ट पनि सुनायो म तेस्रो र निशा सातौं भएछ ।अनि मनोज पाचौं भएछ । भोलि सबै आफ्ना आफनै अभिभावक को साथमा आउ है सर को आदेस थियो ! सबै ले हुन्छौ भन्दै घर तिर लाग्यौं । आज मनोज पनि संगै थियो त्यसैले खासै कुरा केही भएको थिएन । निशा लाई सोधे भोलि घरबाट को आउनु