म यतिबेला सम्झिरहेछु ती पुराना दिनहरु...जति बेला एक रुपैयाको १६ वटा पिपल-मेठ आउथ्यो...पाँच रुपैयाको Hurray चाउचाउ भित्र,एउटा चकलेट पर्थ्यो...एक रुपैया को Coconut चकलेट,आठ वटा आउथ्यो...दस रुपैयाको गोल-मोल चाउचाउ भित्र कुपन पर्थ्यो...दुई रुपैयामा eraser भएको pencil आउथ्यो...अनि म पाँच रुपैयाको कपीमा लेख्ने गर्थे...! स्कुलमा केही केटिहरु "बनमासा" को चुङ्गी र ढ्याक खेल्ने गर्थे...अनि हामी मात्तिएका केहि केटाहरू,त्यो चुङ्गी र ढ्याक...खोसेर फालिदिन्थ्यौ...! Multiplication table भन्न नसकेर,Math सरले हामि केही विद्यार्थीहरु लाई बाहिर निकालिदिनु हुन्थ्यो...हामी भने बाहिर आएर हल्ला गरेर बस्थ्यौ...! एक रुपैयाको 'डल्ले माडा' चार वटा आउथ्यो...हामी भने त्यो डल्ले-माडा हत्केलामा राखेर जिब्रै रातो हुने गरि चाट्थ्यौ...! अझै त्यो चाउचाउको नुन झन...सबै साथीहरूलाई अलिकति-अलिकति बाडेर चाट्नुको पनि मज्जा छुट्टै हुन्थ्यो...! यस्तै जाडो महिनाको बेलामा,मिसले हामिलाइ चौर मा घाम ताप्न लैजानु हुन्थ्यो...अनि गोलो घेरा लगाएर बस्न भन्नुहुन्थ्यो...! अनि केटा र केटि हात समाउन पर्यो भने,प्राय हामी क