Skip to main content

Posts

Showing posts from April 5, 2017

Full Love Story Pari In Nepali Language

परी " A RomantiC love Story " Part :- 1 एता बिहानै 7 बजे पढिरहेका थिए टेबुलमा बसेर । किताब कै छेउमा थियो मेरो मोबाइल । किताब तिर जति ध्यान दिदा पनि मस्तिष्क किताब भन्दा बढी मोबाइल तिर केन्द्रित थियो । त्यसर्थ आफु लाई जबर्जस्ती पढिरहेको बनाउदै थिए । आजकाल का भर्चुयल युग न हो । साला पढ्नु को लागि पनि मोबाइल को साहयता लिनु पर्दो रहेछ । सायद मोबाइल नहुदो हो भने आजकल का भुराभुरीहरु पढ्नु पनि रुचाउदैन्थे होला । खैर अरूको कुरा के भनु , म आफै त्यसतै थिए । डाटा खोले । दस सिकेन्ड मै घुइइ गरि मोबाइल करायो । खोले मेसैज आएको रहेछ राजनको ।  के गर्दैछस् ?  आफु त पढिरहेको थिए । तर सोचे पढ्दै छु भन्दा उसले कति पढ्नदास् भएको भनेर पक्कै व्यङ्ग्य गर्छन् होला । त्यसैले अर्थाथ कुरो भन्नु मन लागेन । उल्टै सोधि दिए ।  त के गर्दैछस् ?  सुतिराको ! सेकेन्डमै रिप्लाइ गर्यो उसले थाहा थियो मलाइ । उ नाटक गर्दै छ । किनकी भोली देखि हाम्रो परीक्षा थियो ! बि.एस.सी. को । र आज उ नपढुन् त्यो त हुनै सक्दैन् । आजकल का हामी बिधार्थीहरू पनि कति अल्छी भएका छौ हउ । परीक्षा को एक महिना देखि पढ्ने कुरा सोचिरा हुन्छौँ ।