थाहा छैन म उ बिना कसरी बाच्नेछु होला । उसको सम्झनाले हरेक पल मेरो मुटुलाई घात गर्दैछ । उ बिना हास्न त छोडि सकेछु तर अब लाग्छ बाच्नु पनि छोडनु पर्ला ।। म कति धेरै अभागी रहेछु जस्लाई मैले यति धेरै माया गरे आज उसैले मलाई एक्लै छोडेर गई सके । भगवानले पहिला नै यो बिदेशी मरूभुमीमा पठाएर , मरेको लास झै बनाई सकेछ । हरेक पल बर्षौ जस्तो लाग्दैछ । अब उसले पनि मलाई एक्लै छोडेर गइन । न त काम गर्न मन लाग्दैछ , न त खाना खानु , कोठामा एक्लै रुदैछु तर आसु पुछ्ने पनि कोई छैन । Starting..... उ एउटा स्कुलमा पढ्थे र त्यो स्कुल मेरो घर कै छेउमा थियो । म कोलेज जाने क्रममा सधै उसलाई हेर्थे । तर कहिले पनि उसँग कुरा गर्ने आट भएन । उनी एस.एल.सी. परिक्षा सके पछि हाम्रै कोलेजमा भर्ना भईन तर म +2 सकेर घरमा बस्न थाले । म घरको जेठो छोरा थिए र बिदेश जाने हाम्रो देशको परम्परा नै भई सकेछ । त्यसैले म पनि बिदेश तिर लागे । उता उ पनि +2 सकि सकेको थिइन र एक दिन हाम्रो भेट फेसबुक मै भयो । त्यसपछि हाम्रो कुराकानी सुरु भयो । हुन त म पहिला देखि नै उसलाई मन पराउथे तर म उसलाई भन्न सकु मेरो त्यत्रो हिम