Skip to main content

Posts

Showing posts from February 9, 2018

पवन्जु एक प्रेम कथा(भाग ७)

बिबाह भन्दा अघिल्लो दिन बेलुका यस्तै ७ बजेको थियो ठ्याक्कै बाख्रा कराउने बेला ! यतिकै मा एकाएक अन्जुको फोन आयो ! "हेल्लो " भन्दै मैले फोन उठाय ! फोन उठाउना साथ उनी डाको छाडेर रुन लागिन म तपाइलाइ छाड्न सक्दिन ! यस्तै दुखका कुरा सुन्दा सुन्दै बाख्रा कराउन सुरु गर्यो ...उनी रुदै गाकी थिइन र कता कति मेरा आखामा पनि आशु देखियका थिय । भोलि मेरो बिहे घर भरी पतेका टाङ्गियका छन ...डेग बजिरहेको छ .. म हजुरलाइ सम्झिराछु यस्तै यस्तै भनी रहेकी थिइन उता बाख्रा कराइ रहेका थिय । मलाइ रिस उठेको थियो उन्लाइ झेउ । खै एकाएक उन्लाइ के भयेछ हामि भागम मलाइ माया गर्नु हुन्छ भने मलाइ भगाउनु भनिन जङ्गिदै ! म पनि जोसमा होस गुमायर उनलाइ भगाउनको लागि गोजिमा ५००० रुपिया हालेर उन्को घर तिर गय । उनि पनि एउटा झोलामा आफ्ना कपडा हालेर म भय तिर आइपुगिन ..    मन भरी डर बोकि हामी सिधै चोरमाराको मनकामना होटेलमा आयेर बसेउ । खै कसो कसि गरि उस्को दाइ हरुले था पायर हामी कहाँ आइपुग्नु भयो । मैले सुनिलको वाइक लिगेर आयेको थिय । अनि त्यो होटेल बाट पनि भागेर सिधै अन्कलकोमा गयेर बसेउ  । अनि अन्कललाइ सबै कुरा बताइ सके पछि अ

पवन्जु एक प्रेम कथा(भाग ५ )

जब भोलि फोन गरे उनिले मलाइ भेटन सधै आउनु न बृटिश क्याम्प तिर म त्यतै हुन्छु बेलुका पख ! मैले पनि हुन्छ भन्दै दिनहु उनिलाइ भेट्न थाले ! समय बित्दै गये रात भरी बात अनि दिउस भरी भेट हुन थाल्यो । अनि अलि अलि आउने स्यालरि दुई तीन दिनमै चेट हुन थाल्यो ! तर पनि हामी दुई मायाको घोर घहिराइ मा डुबेका थियौ एक अर्काको मायाको फुलबारिमा बस एक अर्काको लागि फुलहरु फुलाइ रहेका थियौ ! साची भन्नू पर्दा एक अर्का बिना बाच्नै नसक्ने भयेको जस्तै ! दिनहु को त्यो बोली चाली ले पागल भयेका थियौ एक अर्काको लागि उन्ले पनि हजुरको खुस बाहेक अरु केही चाइदैन भन्थिन !            बिस्तारै समय बित्दै गये ! झुक्कियर बसेको हाम्रो सम्बन्धमा खटपट हुन थाल्यो !झगडा हुन थाल्यो ! तर पनि उनी आगो हुदा म पानी भैदिन्थे अनि म आगो हुदा उनी पानी भैदिन्थे ! तर एक दिन उन्ले त अनौठो कुरा सुनाइन ! फोन गर्ना साथ "पवन ! मेरो घर बिबाहको कुरा चलेको छ ! एउटा केटा सङ्ग घरकाले पक्का गर्लान जस्तो छ ! अब के गर्ने ! " म त रनभुल्लै भय ! उन्लाइ उन्को घर माग्न जाउ भनु भने उस्को दाइ देखि डर लाग्ने फेरि नदिने हो कि डर ! त्यही पनि मन भित्र अनेक

पवन्जु एक प्रेम कथा(भाग ४)

       भेट्ने निर्णय गरि सके पछि हामी शनिबारकै दिन परेर नारायणघाटको पुल नीर भेटेने कुरा गरेउ ! आफू परे कालो बर्णको जति गरेनी गोरो हुन नसकिने त्यैनी अलि अलि भयेनी दिदिको पाउडर लगायेर गोरो देखिने गरि निलो रङ्गको चेक शर्ट अनि कालो बेलि पायेन्ट लगाउदै कपालमा तोरिक तेल लगायेर नाराणघाट को लागि निस्किय ! गोजिमा जम्मा ९०० रुपिया लिगेर । नारायणघाट पुगेर पुल नीर बसे उन्लाइ कुरेर ! अनि उन्को नम्बरमा फोन गरे ! उनी आउन ढिलो गरिन र फोन गरे बाबा ममि घरै हुनुन्छ र एकैछिनमा आउछु भन्दै फोन राखियो । करिब आधा घन्टा पछि म नारायणघाट्को पुलमा कुरेर बस्दै थिय ! झ्याप्प उन्को फोन आयो ! कता हुनुन्छ भन्दै म पनि यहि पुल नीर छु भनेर भने ! येसो पछाडी फर्केको मैले झ्याप्पै ठम्माइहाले कारण त्यहा भयका मान्छे हरुमा बस उन्कै हातमा मोबाइल थियो ! उनि चट्ट निलो रङकी पटियाला सुरुवालमा सेतो रङ्गको सल बेरेर आखामा हल्का गाजल अनि ओठमा गुलाबी रङ्गको लालि लगायेर आयेकी थिइन । उन्को त्यो सुन्दर्ता को अगाडि म धर्तिको बोझ बरावर थिय ! उन्ले पनि मलाइ चिनी हालिन ! फोनमा हुदा भेट्न आतुर हुने हामी तर अहिले भयेउ निशब्द ! ...        केही

पवन्जु एक प्रेम कथा(भाग ३)

   ब्यालेन्स सकिना साथ फोन कट भयो ! अनि झ्याप्पै उता बाट कल आइ हाल्यो ! मैले पनि उठाइ हाले ! करिब १० मीन कुरा गरे पछि फोन राख्ने निर्णय गरेउ ! त्यति टाढा सम्म पुगेका थियनौ ! रात भरी हाम्रो कुरा बस मिस्कल बाट हुन्थ्यो अनि दिउँसो मा १०-१२ मीन जति कुरा कानी हुने ! जब जब उन्ले फोन गर्थिन मेरो घरको बाख्रा कराउने ! जहिले जिस्काउथिन कति कराउछ हो यो बाख्रा पनि । अनि सामान्य दिन हरु बित्दै जादा हामी एक अर्का सङ्ग प्रेम गर्न थालि सकेका थियौ ! उन्को त्यो मिस्कल अनि बोली नसुने सम्म निन्द्र नै नलाग्ने सायद उन्लाइ पनि येस्तै हुदो हो ! उन्को त्यो बोलिमा फिदा भै सकेको थिय । कस्ति होलिन को होलिन बस अन्जु भन्नी नाम था छ अरु केइ था छैन ! उन्को एक झुलुक देख्न पायेनी कति आराम मिल्दो हो झै हुन थालेको थियो । बिस्तारै बिस्तारै हामी एक अर्का तिर मोहित हुँदै गयेउ अनि एक अर्कालाइ बस फोनकै भरमा माया गर्न सुरु गरेउ ! यश पछि सामान्य मायाका कुरा मिसिन लाग्यो ! मैले भन्थे तिमिले मलाइ भेटेसी त बोल्न नि छोडछौ होला है ! म काले छु ! होचो छु ! गरिव छु देखि हालेउ एउटा जागिरको नाममा साइन्स टिचर हो यति ! उन्ले पनि येस्तो कु

पवन्जु एक प्रेम कथा(भाग २ )

पवन पाण्डे मैले चस्स मिस्कल हान्ने बितिकै केही बेर पछि उता बाट पनि मिस्कल फिर्ता आयो ! दुई घन्टीमै काटिदिने फेरि ! भरखर भरखर मोबाइल आयेको फेसबुक पनि थियन एउटा नोकिया ५१३० मोडलको मोबाइल ! त्यही पनि एक जनाको मिस्कलले दिक्क बनायेको । उन्को त्यो मिस्कल पनि बढो अजबको थियो ! छुटटै आनन्द आउने ! त्यहि नि मिस्कल कुरेरै बसे ! रातिको ११ बजे हामी बिच मिस्कल बाटै कुरा कानी भयो भन्नू पर्छ ! मैले चस्स मिस्कल दिन्थे अनि उता बाट पनि मिस्कल आइहाल्ने ! करिब १ घन्टा पछि मैले मोबाइललाइ साइलेन्ट मोडमा राखेर सुते ! …..जब बिहानै निन्द्र खुलेर मोबाइल हेरेको ११ ओटा मिस्कल ! रात भरी सुति न छिन बिचरी ! भोलि बिहान पनि मैले मिस्कल गरे तर उता बाट रिप्लाइ आयेन ! करिब १ घन्टा पछि टुर~टुर~टुर~टुर फोनै पो आयो त ! म लजाइ लजाइ भयेनि फोन उठाय ! फोन उठाउना साथ ! उन्ले फोन काटिन !   …….केही बेर मिस्कलले नै काम चलाय पछि ! मैले उस्लाइ सुन्नु न भनेर मेसेज गरे ! उन्ले पनि तुरुन्तै हजुर भन्दै मेसेजको रिप्लाइ गरिन ! मैले पनि "म हजुरको दाइ हैन है" भन्दै मेसेज गरे उन्ल पनि हस भन्दै मेसेज गरे ! त्यस पछि हामी बिच मेसेजमै

पवन्जु एक प्रेम कथा (भाग १)

पवन पाण्डे म्या ...म्या … यो बाख्रा नि कति कराउन सकेको होला ! बरु नारायण गोपालको गुत सुन्छु..   टुर ~ टुर~टुर ~ टुर ...कस्को फोन आयो यो घाडोमा ..हेल्लो भन्दै फोन उठाय ! उता बाट "कहाँ होर खाना खाने बेला भै सक्यो अझै अत्तो पत्तो छैन" भन्दै एउटा मीठो आवाज आयो ! त्यो आवाजले यो अस्त ब्यस्त रहेको मुटु लाई ब्यबस्थित बनाइ हाल्यो ! छेउमा बाख्रा कराउन नि बन्द भयो ! मैले पनि हजुर भने ! उता बाट फोन कट भयो ! म खै को हो अलमल परे ! अनि फेरि त्यहि नारायण गोपालको " यो सम्झिमे मन छ म बिर्सु कसरि" भन्ने गितमा मग मस्त थाले ! करिब आधा घन्टा पछि  म त निदाउन आटेको थिय फेरि टुर ~ टुर ~ टुर  कस्को फोन आयेछ तीन घन्टी बजे पछि येसो हेरेको त्यही अगिनैको नम्बर पो ! फोन उठायर "हेल्लो" मात्र के भन्न भ्यायेको थिय फेरि गाली हरुको बर्सात हुन लाग्यो ! "हैन एक चोटि भनेर लाग्दैन भात सेलाउने बेला भै सक्यो यो मान्छे को अत्तो पत्तो छैन ! " हैन के बोल्दै छौ तिमी भन्दै मैले जवाफ फर्काय ! उन्ले बढी मस्का लगाउन पर्दैन खुरुक्क घर आउनी भन्दै थर्काइन ! मलाइ अत्ति भयो र फोन गरे ! उन्ले उठाइन र

"य अन्जान मान्छे मेरो सम्पुर्ण जीवन सुम्पिने प्रस्ताब तिमिलाइ सक्छेउ निभाउन"???

हो तिमी तेइ  मान्छे😍 जस्लाइ मैले  आजसम्म देखेको छैन , चिनेको छैन😍😍 तर पनि तिमि सगै बोल्छु😍😍 तिमी सगै हास्छु😍😍 तिमी सगै रम्छु😍😍 दुखका साथमा😍😍 सुखका पलमा😍 अन्धकार लाग्छ जताजतै तेइ अन्धकारमा पनि तिमी सगै  चम्किरहेको हुन्छु😂😂 उहि मेरा सपनाहरुमा😍😍 हो तिमी तेइ मान्छे 😍 काली छेउ या गोरि😍 अग्लि छेउ या होची😍 मलाइ थाहा छैन😍 तरपनी गोरो मन देख्छु 😍 तरपनी अग्लो सिर देख्छु जहाँ  आदर्स नारिका गुण भरियका छन😍😍 उहि मेरो सपनिमा😍😍😍 हो तिमी तेइ मान्छे😍😍 जो धेरै टाढा छेउ😍😍😍 सक्दिन म भेट्न 😍😍 तरपनि  नजिक छेउ😍 तरपनी करिब छेउ😍 साथ मै छेउ जस्तो लाग्छ 😍😍 काखमै छेउ जस्तो लाग्छ😍😍 मेरा सपनीमा😍 तेसैले त तिमी मेरै हौ जस्तो लाग्छ 😍   उहि मेरो सपनिमा😍😍 हो तिमी तेइ मान्छे😍😍 म प्रेम प्रस्ताब भनौ या जिन्दगि सगै जिउने प्रस्ताब भनु सक्छेउ निभाउन??? दुखका साथ मा हात मा हात दिई?? पिडाका पलमा ती हातको साथ दिई? रुयको पलमा मुस्कान्को मात दिई? सघर्सको पाइलामा नछुट्टिने  खुट्टा दिइ? असनमानताको घरमा नचुटिने समानता दिई? देखावटी सन्सारमा re

प्यारी हुने वाली बुढी ....

प्यारी हुने वाली बुढी .... मेरो हुने वाला बूढो आज को को नखर्मौली हरु लाई चक्लेट दिदै होला भनेर एक इन्च पनि सन्का नगर्नु.... अरु दिन जस्तै आझ पनि office मा ""अ रबिन  सुन त....आज शुक्रवार यो हप्ता भरी को काम सकिएन Over Time काम गर्न २५० दिन्छु भन्यो Boss ले"" office का अरु staff good friday र भ्यालेन्टाइन्डे के के भन्दै छिटै निस्किए... मेरो अझ ९:३० सम्म काम छ काठमाडौ को महङ्गी सग जुध्दै छु...बाहिर खाना खाए १०० लिग्दिन्छ तेस्माथी फोहोर...अनि छात्त -छुत्त पनि हुन्छ के के पकाउछन ...प्रणामी  परे...जथाभावी गएर खान भएन 😑 भोको पेट लिएर  मेरो सानो परिवार र भबिस्य कि तिमी प्रती काम गर्दै छु !! मैले तिमी लाइ नदेखे पनि नभेटे पनि... ज्ञानि भएर बस !! तिमी अहिले उत्ताउली भएर हिड्नु भनेकै मेरो भबिस्य माथी धोका दिनु हो...अनि तिमी ले आफ्नो परिवार र आफ्नो अस्तित्व लाई पनि धोका दिनु हो.... बिहे पछि त छदै छ नि हाम्रो भ्यालेन्टाइडे... दुख गरेर एउटा सेकेन्ड ह्यान्ड बाइक किनौला...बेला बेला स्टार्ट भएन भने तिमी पछाडी बाट ठेलौलि..💞 बुढा -बुढी घुम्न जाउला... त्यही पुरानो बाइक ति

तिमी सुत्केरी भाको बेला !💕

न आत्ती बुडि तै सङ हुन्छु delivery को time मा! एउटा घोर्ले अथवा घोर्ली छोरी पाएसिन तेरो बुडा hospital मै छम्छम्ती नाचदिन्छ 😂! आत्तिन पर्देन local भाले को झोल खुवाउछु तलाइ 😁! त्या अलिक बिसेक भएसिन diet मा बसिहाल, सुत्केरि मासु ले हात्ती हुन्छेस फेरि अनि म लुरे त मोटि, जोडि फिटिक्कै सुहाउन्न😂! अनि बच्चा को फुटो Brahmin's Room मा राख्दै येस्सो सुहाउनी नाम suggest गर्दिनुन भन्दै post गरम्ला😂! अब mood चलेछ भने आर्को नि जन्माम्ला के छ र मरि लानु तर दुइटा भन्दा धेरै चाहिँ पाउने हैन है फेरि पाल्न गार्हो हुन्छ ! 😝

मेरो कल्पना

कल्पनाकी सानू , सायद तिमी फेला परेउ भने यो बर्स त भयेन अर्को बर्श पक्कै येसै गरि परपोज गर्ने छु । बिहानी को किरण सङ्गै रातका ती निशाहरु सङ्गै देख्न चाहन्छु । तिमी मेरो जिबनको कमजोरी भन्दा पनि कमि हौ जो बिना  मेरो जीवन अधुरो छ । तिम्रो त्यो न्यानो हात समायर हरेक जङ्ग तर्न चाहन्छु सायद तिमी जुन सुकै दुनियामा हरायर बसे पनि एक न एक दिन मेरो मायाले तानेर ल्याउने छ  त्यसैले फेला परेउ भने मेरो यि हात कहिल्यै नछोड्ने गरि समात्नु ल । आज परपोज डे भन्छन यस्को उपलक्ष्यमा मा म अरु केही भन्न नसकेनी बस म तिमिलाइ माया गर्छु अनि तिम्रै मायामा आफ्नो जीवन समर्पण गर्न चाहन्छु मेरो पहिलो प्रेम मेरो परिवार सङ्ग सङ्गै दोश्रो प्रेम तिमी म कहिल्यै पनि छोड्ने छैन ।। जसरी तिमी रुदै तिम्रो माइती घर छाड्छौ त्यसो दोब्बर खुसी म तिमिलाइ दिन चाहन्छु मेरो यस चोखो मायालाइ अङ्गालिदेउ ल 😍😍😍😍

मेरो प्रेम

प्रिय 😍😍 तिम्रो नाम मेरो नामसँग जोडिँदै गर्दा दुनियाँ तिम्रो र मेरो प्रेमको तारिफ गर्न मस्त हुनेछ ! तिमी रिसाउनु फकाउने म हुने छु , तिमी रुदाँ तिमी सँगै रुने म हुने छु तिमी खुसी हुँदा तिमिसँगै मुस्कुराउने😊 म हुनेछु ! प्रिया 💕 तिमी खाना बनाउँदा तिमी सँगै जिस्किँदै तरकारी काट्ने म हुने छु ! 😁😁 तिमी बिरामी हुँदा तिम्रो हरेक कुराको ख्याल गर्ने म हुनेछु ! बिरामि हँदा मात्र होइन नहुँदा पनि तिम्रो ख्याल गर्ने म हुने छु ! भविस्यमा छोराछोरीले प्रेम कहानी सुन्ने रहर गर्दा म तिम्रो र मेरो प्रेम कहानी सुनाउने छु !😉😂 प्रिय तिमी तिमी हुनु म म नै हुने छु तिमी मलाई प्रेम गर्नु म  म जत्तिकै प्रेम तिमी लाई दिने छु ! प्रिय 💕 तिमी मुटु हुनु म चाल हुने छु तिमी नशा हुनु म रगत हुने छु र तिमी आभास हुनु म प्रेम हुने छु!

मोरो बाबानै मेरो मिल्ने साथी (Dad Is My Best Friend)

कोहि जिन्दगी हुन्छन् कोहि साथी हुन्छन कोहि सहयात्री हुन्छन् अनि कोहि बाबा हुन्छन् जो बेस्ट फ्रेन्ड हुन्छन् ,जो जिन्दगी हुन्छन् ! बाबा💞💞 खै कसरी लेखौँ म तिम्रो बारेमा याद छ बाबा सानो छँदा म कति किचकिच गर्ने गर्थेँ यो चाहियो , यो किन्दिनु त्यो किन्दिनु , यो मन पर्यो त्यो मन पर्यो यहाँ जानू पर्यो त्यहाँ जानू पर्यो , बाबा तिमी नै पाउथेँ मैले यो सबको लागि पिराउने ,किचकिच गर्ने अनि रिसाउने तर अहँ तिमी लाई मेरा यी सब किचकिचले कहिल्यै झर्को लागेन मलाई जे मन पर्यो त्यही किन्दियौ मलाई जे खानु छ त्यही मिठास दियौ मलाई जहाँ जानू छ त्यहीँ पुर्यायौ शहनशिलता त कसैले तिमी सँग सिकोस बाबा ! जब म खुसी हुन्थेँ , ओठ तिम्रा मुस्कुराउँथे मेरो भन्दा पहिला जब म दुखी हुन्थेँ , मन तिम्रो रुन्थे मेरो भन्दा पहिला जब म गल्ती गर्थेँ , त्यो गल्ती तिमी आफ्नो बनाउँथ्यौ जब म सफल हुन्थेँ , छाती गौरबले तिम्रो फुल्ने गर्थ्यो अनि जब म पराजित हुन्थेँ , हौसला दिने तिमी हुन्थ्यौ सबिभन्दा पहिला , तिमी त बेस्ट फ्रेन्ड हौ नि त्यसैले त हरेक पल मेरो साथ थियौ ! अझै याद छ बाबा , तिम्रा काखमा बसेर मैले