Skip to main content

पवन्जु एक प्रेम कथा(भाग ५ )


जब भोलि फोन गरे उनिले मलाइ भेटन सधै आउनु न बृटिश क्याम्प तिर म त्यतै हुन्छु बेलुका पख ! मैले पनि हुन्छ भन्दै दिनहु उनिलाइ भेट्न थाले ! समय बित्दै गये रात भरी बात अनि दिउस भरी भेट हुन थाल्यो । अनि अलि अलि आउने स्यालरि दुई तीन दिनमै चेट हुन थाल्यो ! तर पनि हामी दुई मायाको घोर घहिराइ मा डुबेका थियौ एक अर्काको मायाको फुलबारिमा बस एक अर्काको लागि फुलहरु फुलाइ रहेका थियौ ! साची भन्नू पर्दा एक अर्का बिना बाच्नै नसक्ने भयेको जस्तै ! दिनहु को त्यो बोली चाली ले पागल भयेका थियौ एक अर्काको लागि उन्ले पनि हजुरको खुस बाहेक अरु केही चाइदैन भन्थिन !
           बिस्तारै समय बित्दै गये ! झुक्कियर बसेको हाम्रो सम्बन्धमा खटपट हुन थाल्यो !झगडा हुन थाल्यो ! तर पनि उनी आगो हुदा म पानी भैदिन्थे अनि म आगो हुदा उनी पानी भैदिन्थे ! तर एक दिन उन्ले त अनौठो कुरा सुनाइन ! फोन गर्ना साथ "पवन ! मेरो घर बिबाहको कुरा चलेको छ ! एउटा केटा सङ्ग घरकाले पक्का गर्लान जस्तो छ ! अब के गर्ने ! " म त रनभुल्लै भय ! उन्लाइ उन्को घर माग्न जाउ भनु भने उस्को दाइ देखि डर लाग्ने फेरि नदिने हो कि डर ! त्यही पनि मन भित्र अनेकौ डर लिगेर उन्को घर माग्न गये ! म जाना साथ त्यहाको माहोल पनि शान्त भयो ! बाबाले नित्य कर्म गर्दै हुनुन्थ्यो अनि आमा भने खाना बनाउन ! सबै म तिर आयेर "के कति कामले आउनु भयो बाबू "  भन्नु भयो ! अल्लि सम्यमका साथमा काम गर्न पर्नी मैल डरै डरले अन्जु को हात माग्न आयेको भनेर मुख फोरि हाले ! न त मेरो आमा लाई लगेको न त बाबा लाई पहिलो गल्ती त यहि भयेको थियो ! त्यही पनि त्यति भन्ना साथ उहाँ हरुले छोरिको बिबाह पक्का भै सक्यो हजुर आउन ढिलो गर्नु भयो भन्दै मेरो कुरालाइ पुर्ण बिराम लगाइदिनु भयो ! म त छागा बाट खसे जस्तै भय ! अब के गर्ने ! म मरम कि बाचम !
           आफ्नो प्राण प्रिय अन्जु अब अर्कै को हुने कुरा गर्दै थिय !  एक अर्कालाइ सम्हाल्दै थियौ अनि हामी दुई छुटिने निर्णय गरेउ ...तर छुट्टिन भन्दा अगाडि एक पटक भेटौन है भनेर मैले अन्तिम आग्रह गरे !

#क्रमश:..

Comments

धेरै पढिएका कथाहरू.....

Nepali Full Love Story || College कलेज|| In Nepali Language...

          कलेज        भर्खर स्कुले जीवन बिताएर कलेज जानू आफैमा खुसीको कुरा थियो । स्कुलमा जस्तो गृहकार्य गर्न नपर्ने र पढ्न मन लागे पढ्ने नत्र जता गए नि हुने भन्ने कुरा धेरै सुनेको थिए मैले । आज सुरु दिन थियो मेरो कलेजमा गाउँ बाट भर्खर शहर झरेको एक हप्ता मात्रै भएको थियो । त्यति थाहा थिएन शहरको रहनसहन र रमझम र झन कलेजको बारेमा थाहा हुने त कुरै भएन । भर्ना गर्न जादा झुलुक्क पुगेर काम सकेर फर्किएको थिए म राम्रो संग हेर्दा पनि हेरिन । नया भएकै भएर होला अफ्ट्यारो महशुस हुन्थ्यो तर जे भए नि पढ्न भनेर आइसकेपछि नगएर पनि त भएन । बिहानै उठे जुत्ता हिजो दिउसै देखि टलक्क टल्कने बनाएर पोलिस लगाएर राखेको थिए । कलेजको पोशाक पनि सफा चट्टको बनाएको थिए । पोशाक लगाएर बाथरुम मा गएर आफुलाई नियाले धेरैबेर सम्म । शिर देखि माथी सम्म दोहोराउदै तेह्राउदै हेरे सबै ठिक लाग्यो अनि ठूलो झोला भित्र एउटा मात्र कापि हालेर निस्किए कलेज तिर । त्यो बेलाको फेसन रे त्यो झोलाको छोटो फिता बनाएर टपक्क टासिने गरेर भिर्नु पर्ने अनि माथी पट्टी ग...

बिहेको पहिलो रातमा Part 3

एकै छिनको भौतिक सुखमा मैले प्रेमको परिभाषा भुलेछु ! भन्ने गर्थे "कहिलेकाहीं भौतिक सुखको अघि साँचो प्रेमले नि हार्ने गर्छ ! आज मैले हारेको थिइन मेरो प्रेमले हारेको थियो ! म ...

सायद येस्तै रहेछ प्रेम ! भाग १

बैसाख महिना !! बिहानको येस्तै ११ बजे अफिस अगाडि चट्ट कान्तिपुर पत्रीका पढी रहेको थिय । एकाएक चर्को आवाजले कोहि बोल्दै आइ रहेका थिय । येसो पछाडी फर्केर हेरे ४ जना केटिहरु लेहेङ्गामा सजियर मस्त गफ लगाउदै आयेका थिय ।  उनिहरुको शरीर बाट मीठो अत्तरको बास्ना आइ रहेको थियो । ती ४ जना मध्य किन किन एउटि केटि सार्है मन पर्यो । रातो ब्लाउज अनि गुलाबी रङ्गको लेहेङ्गा लगायेकी थिइन । किन किन ? उन्को मुहार भन्दा मलाइ उन्को त्यो लेहेङ्गा पो दिमागमा याद आयो । साच्चै नै उनी एक परिको प्रतिबिम्ब भन्दा फरक पर्दैन थियो होला । येस्तै कुरा सोच्दै बसेको थिय एक जनाले भनिन " दाइ यहाँ साहारा पार्टी प्यालेश कहाँ छ ? " मैले पनि सिधै अगाडि गयेर हेर्नू त्यहा ठूलो पेट्रोल पम्प छ त्यसैको पचाडि छ साहारा पार्टी प्यालेश । उनी हरु हस भन्दै त्यहा बाट लागे । पार्टी प्यालेस भनी सकेपछी पक्कै उनि हरु बिहामै आयेका हुन सक्छन तर कहाँ बाट ? येस्तै प्रश्न उल्झी रहे ! म बस त्यही राती ब्लाउज अनि गुलाबी लेहेङ्गा लगाउने केटिकै बारेमा मात्र सोची रहे ,! ...को होलिन ? कहाकी होलिन ? कस्को बिहेमा आयेकी होलिन ? ओहो ! प्रश्न पनि कति ...

"मन छुने प्रेम कथा"

:केटो ले केटि लाई फोन गर्छ! ❤️केटो-: "हेल्लो ! ❤️केटि-: "हजुर, भन,,! ❤️केटो-: :miss you. ❤️केटि-: "miss you to. आज बिहानै देखि खोई किन        तिम्रो धेरै याद आयिराछ। ❤️केटो-: "(केहि समय रोकिएर) i love you. तिमी अहिले ...