Skip to main content

Posts

Showing posts from January 13, 2017

कथा -रङ नम्बर (wrong number )(भाग-10)(अन्तिम भाग)

चमेली ले म तिर हेर्दै भनी मदन मैले तपाईं लाई त्यस्तो माया को नजर ले कहिले हेरेकि छैन ।मैले त मात्र एलिसा लाई सहयोग गरेकी थिए । तपाईंको लागि एलिसा साच्चै पागल थिइ त्यसैले मैले र एलिसा मिलेर नै यो प्लान बनाएको थियौं । मेरो जिन्दगीमा पहिल्यै देखि अरु नै कोहि छ ! त्यसैले मैले हजुर लाई त्यो नजर ले हेरेकी छैन । मलाई थाहा छ यो काम गलत थियो तर मैले एलिसा को हालत देखेर यो गरेकी हु सक्नु हुन्छ माफ गरिदिनु । कति सजिलो छ है माफ माग्न । कसैको मन संग खेलेर कसैको बिश्वास अनि भरोसा तोडेर कति सजिलै माफि दिनु भन्छन् मान्छे हरु । उनीहरु लाई के थाहा कसै प्रती भएको प्रेम भरोसा सबै टुक्राटुक्रा बनाएर माफि दिन कती गाह्रो हुन्छ । चमेली ले त मात्र एलिसा को मर्म बुझेकी थिइ उसलाई के थाहा कि उसको दुई चार बात ले नै मेरो यस्तो हालत हुन्छ । भनिन्छ नि कुनै निर्णय लिनु अघि सय पटक सोच्नु पर्छ । तर चमेली ले त मेरो यो मन अनि उ प्रति को बिश्वास एकपटक पनि नसोची टुक्राटुक्रा पारिदिइ । साच्चै कति कठोर उसको मन । अर्काको भावना अनि जिन्दगी संग खेलेर उल्टै माफी दिनु अरे । अह म चमेली लाई जिन्दगी भर माफ दिन सक्दिन थिए  । चमेली ला

Love sayari

प्रेममा कसैले मन तोडी दिन्छन् !!!   मित्रतामा कोही भरौसा तोडी दिन्छन् !!!     जिन्दगी जिउन त गुलाब बाट सिक !!!       जसले टुटेको दुई मनलाई पनि जोडी दिन्छन् !!!

कथा -रङ नम्बर (wrong number )(भाग-9)

म केही नबोली चमेली को कुरा सुनिरहे । चमेली ले धेरै पटक आग्रह गरि कि एलिसा लाई स्वीकारनु भनेर  । तर चमेलीले भनेको जस्तो सजिलो कहाँ थियो र यो मन मनाउन । हजार बार हजारौं पटक कोशिस नगरेको कहाँ होर एलिसा लाई स्विकार्न तर यो मन कहिले मानेन त मेरो के दोष ?? भनिन्छ नि कसैलाई माया गर्न पहिला मन ले खानु पर्छ । एलिसा लाई नराम्रो सोचेको पनि होईन । उ राम्री नभएको पनि होईन ! तर खै यो मन ले उसलाई प्रेमिका को रूपमा कहिले लिएन त म के गरुँ ?? मैले त नेदेखे पनि नभेटे पनि यो मन मुटु मस्तिष्क अनि धड्कन भरी चमेली लाई सजायको थिए । उसै संग जिन्दगी बिताउने ठुलो सपना सजायको थिए ! मन का सारा रहर उसै संग पूरा गर्न थियो ! अनि हजारौं सपना थिए जो चमेली को साथ बिना सदा अधुरो नै हुन्थे । मन भरी कति खुशी अनि कति मिठा मिठा सपना सजाएर आएको थिए चमेली लाई भेट्न । तर यो दिन यस्तो होला मैले सोचेको थिएन । मलाई लाग्थ्यो चमेली ले मलाई माया गर्छे मै संग जिन्दगी बिताउन चाहन्छे । तर यहाँ सब उल्टो हुँदै थियो । चमेली त मात्र एउटा पुल बनेर एलिसा लाई पार गराउदै रैछे यहि आसा र यहि भरोसा संगै कि एलिसा म भएको ठाउ सम्म पुग्न सकोस् भनेर ।

जीवनको सम्झौता("अन्तिम भाग ")

म अति नै दङ्ग थिएँ उनीहरुको केटाकेटीपना देखेर । म एकोहोरिएको थिएँ । ऊ अनि उसका हाउभाउमा कति दम छ भनेर सोचिरहेँ । त्यतिकैमा भित्रदेखि आवाज आयो । अब केटाकेटीलाई कुरा गराउनु प्यो भनेर । हाम्रा आफन्तभित्र उत्कृष्ट लमी पनि थिए । मनभित्र लड्डु फुटेको थियो । म केही लजाए जस्तो गरी केटी भएको ठाउँतिर लागे । उसलाई आफ्नी ममी र केही आफन्तहरुले घेरेर राखेका थिए ।  म जाने बित्तिकै ऊसँगै बस्न आग्रह गर्नुभयो । हामीले केही अफ्ट्यारो महसुस गर्यौँ । तर त्यहाँ बस्नुबाहेक केही उपाय थिएन । उहाँहरुले केही बेर आफ्ना कुरा राख्नुभयो । उहाँहरूको आसय हाम्रो मन मिले बाँकी सबै कुरा मिल्ने भन्ने नै थियो । जाडो महिना अनि छिप्पिँदै गरेको रात मेरो मुहारमा मन्द पसिना छुट्दै थिए । उसले कोट झिक्दा हुन्छ भनी । म अक्मकिँदै म ठीक छु भने । अब हामी सुरु हुन लाग्यौँ भन्ने उहाँहरुलाई लागेछ । उहाँहरु बाहिरिनु भयो । मेरो जिन्दगीमा गरेका डिलमध्ये ठूलो डिल थियो । आफू बेचिने डिल । आफ्ना नराम्रा कुराहरु नघटाई राम्रा कुराहरु नबढाई उसलाई भनेँ । यी दुई कुरा सबैभन्दा छिटो देखिने कुरा हुन् । म मेरो स्वर हाउभाउलाई निकै ध्यान दिएको थिएँ । कत

जीवनको सम्झौता("अन्तिम भाग ")

म अति नै दङ्ग थिएँ उनीहरुको केटाकेटीपना देखेर । म एकोहोरिएको थिएँ । ऊ अनि उसका हाउभाउमा कति दम छ भनेर सोचिरहेँ । त्यतिकैमा भित्रदेखि आवाज आयो । अब केटाकेटीलाई कुरा गराउनु प्यो भनेर । हाम्रा आफन्तभित्र उत्कृष्ट लमी पनि थिए । मनभित्र लड्डु फुटेको थियो । म केही लजाए जस्तो गरी केटी भएको ठाउँतिर लागे । उसलाई आफ्नी ममी र केही आफन्तहरुले घेरेर राखेका थिए ।  म जाने बित्तिकै ऊसँगै बस्न आग्रह गर्नुभयो । हामीले केही अफ्ट्यारो महसुस गर्यौँ । तर त्यहाँ बस्नुबाहेक केही उपाय थिएन । उहाँहरुले केही बेर आफ्ना कुरा राख्नुभयो । उहाँहरूको आसय हाम्रो मन मिले बाँकी सबै कुरा मिल्ने भन्ने नै थियो । जाडो महिना अनि छिप्पिँदै गरेको रात मेरो मुहारमा मन्द पसिना छुट्दै थिए । उसले कोट झिक्दा हुन्छ भनी । म अक्मकिँदै म ठीक छु भने । अब हामी सुरु हुन लाग्यौँ भन्ने उहाँहरुलाई लागेछ । उहाँहरु बाहिरिनु भयो । मेरो जिन्दगीमा गरेका डिलमध्ये ठूलो डिल थियो । आफू बेचिने डिल । आफ्ना नराम्रा कुराहरु नघटाई राम्रा कुराहरु नबढाई उसलाई भनेँ । यी दुई कुरा सबैभन्दा छिटो देखिने कुरा हुन् । म मेरो स्वर हाउभाउलाई निकै ध्यान दिएको थिएँ । कत

जीवनको सम्झौता(" भाग ;- १ ")

स्याङ्जामा केटी हेर्नु गएको थिए । उसको मुहार रङ जाने कपडा धोएपछि अथवा वासी गुलाफ जस्तै फिक्का फिक्का । न रङ थियो न चमक । एउटा डमी जस्तो मिलेको रुप जिउडाल तर रङ उडे उडे जस्तो । अनि डमी जस्तै देखिनका निम्ति मात्र जस्तो । पहिरन पनि केवल देखाउनका निम्ति जस्तो । पानी दिने बहानामा ऊ आफूलाई हामी बीच देखाउन ल्याउँदाको कुरा थियो । मैले ऊ ढोकाभित्र पस्दैगर्दा उसलाई हेर्ने चान्स गुमाएँ । अर्को चान्स मैले पानीको ग्लास समाउँदै गर्दा पाएको थिएँ । लाज सरम अथवा सम्मान । मेरा नयन किन झुके थाहा भएन । मसँगैको अर्को कसैले पानीको ग्लास समाउँदैगर्दा उसका ती सबै कुरा नियाल्न भ्याएको थिएँ । यति भनिरहँदा ऊ आँखामा नबसेकी चाहिँ होइन । एउटा पारिवारिक जमघट जहाँ आफ्ना मान्यजनदेखि नयाँ मान्यजनहरुका बीचमा उसलाई हेर्नुथियो । उ मलाई मन पर्यो परेन भन्नु पर्ने थियो । परीक्षामा ठीक बेठीक प्रश्न जस्तो । म एक्लैको मन पराइले पनि हामी अर्को चरणमा प्रवेश गर्ने माहोल बन्ने रहेछ । कस्तो भाग्यमानी हामी केटा जाति । ती मान्यजन जसका अगाडि केटीको छायाँसम्म हेर्न डर मान्ने आँखा, मन, रीति अनि संस्कृति । ती डर लाज सरम आफै हराए । रीति स

कथा -रङ नम्बर (wrong number )(भाग-8)

म अचम्म मा परे ! एकछिन त दिमाग ले काम गर्नै छोडयो । किनकि म पछाडि एलिसा थिइन । एलिसा लाई देखेर रिस पनि उठयो अहिलेसम्म म संग किन चमेली बनेर नाटक गर्दै थियौ ? के यहि हो तिम्रो चोखो माया ? के यहि हो तिम्रो माया गर्ने तरिका ? म उसलाई हजारौं प्रश्न एकैपटक सोध्दै थिए । तर एलिसा चुपचाप मेरो प्रश्न सुने पनि नसुने झैँ गरि बसिरही । एलिसा किन मेरो प्रश्न को जबाफ दिन्नौ किन केही बोल्दिनौ कि अझै कुनै नाटक बाकी छ तिम्रो ??  मैले त चमेली लाई यो मुटु भरी राखेको थिए यो धड्कन भरी सजायको थिए । हुन त तिमी जस्तो अर्काको feelings संग खेल्ने ले के बुझ्थ्यौ यो सब । तिम्रो अस्लि रुप पनि देखे आज । म एलिसा लाई त्यहीँ छोडेर आफ्नो बाटो तिर पाइला अगाडि बढाए त्यतिकै मा कसैले मेरो हात समायो ! मलाई पक्का थियो त्यो एलिसा नै हो भनेर मनमा अझै बढी रिस उठन थाल्यो त्यसैले पछाडी केही नहेरी गालामा एक चड्कन हाने । अनि पछाडि हेरेको त एलिसा अलि पर थिइ । मैले त एलिसा भनेर चड्कन हानेको थिए तर एलिसा होईन रहेछ । मैले उसलाई sorry भने उ टाउको म तिर गर्दै एउटा मिठो मुस्कान संगै its ok भनी । रातो सुरुवाल अनि रातो कुर्था रातै सल डल्लि

आजकलका केटीहरूको प्रेम

" भाग ;- अन्तिम " ठूलो मान्छे बन्ने सबैको चाहना हुन्छ तर मेरो भने ठूलो मान्छे बन्ने चाहना छैन । असल मान्छे बन्न सकुँ । राम्रो काम गर्न सकुँ । मलाई जस्ले चिन्छन्, सबैले नजरमा बस्न सकुँ । सकेको सहयोग अरुलाई गरीरहन पाउँ । यती भए पुग्छ मलाई । मैले लेखेँ । तिमी असल मान्छे पक्कै बन्छौं । राम्रो काम गर्दै जाउ । उनले यसो भनेपछि ओके । अनि धन्यवाद पनि । लामै कुरा भयो छुटौं ल । मैले भने । मेरो मोवाइलको चार्ज सकिन लागेको छ । तपाईसँग कुरा गर्ने धोका अझै छ । अनलाईनमा मात्रै सवै कुरा के गर्नु । मिल्छ भने कतै भेट्औं न । उसले यसो भनेपछि मसँग भेट्नै पर्र्ने के छ र ? फेरि म जस्तो मान्छेसँग भेटेर तपाईलाई के फाइदा । समय मात्रै ववार्द । उसले रिसाउँदै भनि, ‘व्यंग्य नहानुस् न । कम्तीमा फ्यानलाई भेट्ने समय दिनुस् ।’ मेरो फ्यान बनिसकिछे । म आफैं अचम्म भए । कसरी उ मेरो फ्यान बनी । अनौठो लाग्यो । हुन्छ । कुनै दिन भेटौंला । अहिले छुटौं । बाई । बाई पत्रकार महोदय , सि यु सुन । ….. कस्तो लजाउनु भएको तपाई त ? अनलाईनमा तिमी भनिरहेकी उस्ले भेटमा तपाई भनेर कुरा शुरु गरी । पहिला पनि हाम्रो भेट भए जस्तो