Skip to main content

आजकलका केटीहरूको प्रेम

" भाग ;- अन्तिम "
ठूलो मान्छे बन्ने सबैको चाहना हुन्छ तर मेरो भने ठूलो मान्छे बन्ने चाहना छैन । असल मान्छे बन्न सकुँ । राम्रो काम गर्न सकुँ । मलाई जस्ले चिन्छन्, सबैले नजरमा बस्न सकुँ । सकेको सहयोग अरुलाई गरीरहन पाउँ । यती भए पुग्छ मलाई । मैले लेखेँ ।
तिमी असल मान्छे पक्कै बन्छौं । राम्रो काम गर्दै जाउ । उनले यसो भनेपछि ओके । अनि धन्यवाद पनि । लामै कुरा भयो छुटौं ल । मैले भने ।
मेरो मोवाइलको चार्ज सकिन लागेको छ । तपाईसँग कुरा गर्ने धोका अझै छ । अनलाईनमा मात्रै सवै कुरा के गर्नु । मिल्छ भने कतै भेट्औं न । उसले यसो भनेपछि मसँग भेट्नै पर्र्ने के छ र ? फेरि म जस्तो मान्छेसँग भेटेर तपाईलाई के फाइदा । समय मात्रै ववार्द ।
उसले रिसाउँदै भनि, ‘व्यंग्य नहानुस् न । कम्तीमा फ्यानलाई भेट्ने समय दिनुस् ।’
मेरो फ्यान बनिसकिछे । म आफैं अचम्म भए । कसरी उ मेरो फ्यान बनी । अनौठो लाग्यो ।
हुन्छ । कुनै दिन भेटौंला । अहिले छुटौं । बाई ।
बाई पत्रकार महोदय , सि यु सुन ।
…..
कस्तो लजाउनु भएको तपाई त ? अनलाईनमा तिमी भनिरहेकी उस्ले भेटमा तपाई भनेर कुरा शुरु गरी । पहिला पनि हाम्रो भेट भए जस्तो ।
मेरो बानी नै यस्तै हो । केटीहरुसँग भेट्दा अलि नर्भस हुन्छु ।
गल्फ्रेन्डसँग पनि उसले प्रश्न तेर्सायाई ।
तपाईसँग ब्वाईफ्रेण्ड छ भन्दैमा मेरो गल्फ्रेण्ड भैहाल्छ र ? हल्का रिसाह अनुहारमा बोलेँ ।
मेरो अनुहारमा सिधा आँखाले हेर्दै भनि,‘पत्रकार महोदय तिम्रो यही कुरा जान्न चाहान्थेँ ।’
वेटरले मेनु हातमा थमाइदियो । उसले सोधी के लिने ?
जाडो छ । कफि नै ठीक होला । मैले भनेपछि उसले दुईवटा कफि अर्डर गरी ।
सुनौं न त तिम्रो नयाँखबर ।
पत्रकार महोदयखबर त तिमीसँग हुन्छ । मसँग के खबर हुनु । बरु तिम्रो सुनौं ।
फेसबुकमा पत्रकार महोदय भनिरहने उस्ले भेटमा पनि त्यही भनि । फेरि अलि रिस्याह भावमा भनिदिए, ‘अलपत्रकार मान्छेलाई पत्रकार नभन्नु होला । पत्रकार भनेको मलाई मन पर्दैन । पहिलो दिन नै मैले तपाईलाई फेसबुकमा भनिसकेको छु ।’
तपाईलाई त रिस पनि उठ्दो रहेछ त । कफिको चुस्की दिलै उसले भनि ।
हामी गफिदै गयौं । उसले पनि आफ्नो बारेमा धेरै बताई । मलाई पनि सबै सोधी । मैले पनि उसलाई बताएँ । आकाशमा जुन निस्किदै थियो । हामी पनि क्याफेबाट निस्क्यौं ।
भेट भयो । खुशी लाग्यो । मेरा धेरै साथीहरु छन । आज फेरि एक जना साथी थपिनुभयो । साथी बनिदिनु भएकोमा धन्यवाद तपाईलाई । अनि मिठो कफिको लागि पनि । र, तपाईलाई साथी बनाउन पाएकोमा बधाई छ, मलाई । भेट्दै गरौंला । गाडि नपाउन सक्छ । लाग्छु । विदा मागेँ ।
देख्दा मात्रै सोझो । गफ गर्न तिमीलाई मान्नै पर्छ महोदय । आज रात परेर केही हुदैन । चिन्ता नगर म पुर्याईदिन्छु । गाडि नपाउन सक्छ । कि मेरो स्कुटीमा चढ्दैनौं । उसले सोधी ।
चढ्नै नहुने त होइन । तर कसैले देख्यो भने उसलाई के जवाफ दिन्छौं । बरु म हिडेरै जान्छु । फेरि मैले केटीले चलाएको स्कुटी चढेको पनि छैन । बुबाले नचढ्नु भनेका छन् । हाँस्दै मैले भने ।
…..
उसको र मेरो भेटघाट धेरै भयो । पटक पटक स्कुटीको पछाडि राखेर कोठासम्म ल्याइदिन्थीँ । मेरो बारेमा खुब चासो लिन्थीँ । मेरो नजिकैको साथी बनिसकीँ । दिनमा एक पटक जसो उसको फोन आउथ्योँ । मैले उसलाई बारम्बार भन्न गर्दथेँ । यसरी फोन गर्नु ठीक होइन । तर, उ भने यसमा सहमत थिइन । उल्टो रिसाउन खोज्थीँ ।
…..
‘तिमीलाई एउटा कुरा सोधौं ।’ स्कुटी हाकिरहेकी उसले अनुहार पछाडि फकाउँदै भनी, ‘फेब्रअरी १४ मा कहाँ जान्छौं ।’
किन ? के छ र ? मैले प्रश्न गरेँ ।
तिमीलाई थाहा छैन । त्यो दिन त प्रेम दिवस हो नि ।
तिमीहरु जस्तो प्रेम गर्नेलाई पो यस्तो कुरा थाहा हुन्छ त । मलाई के थाहा हुनु ।
यो वर्ष थाहा पाऔैैैं न ।
कसरी ?
मसँग घुम्न गएर । उस्ले सजिलै घुम्न जाने प्रस्ताव राखेपछि लजालु स्वभावमा भने, ‘केटीसँग घुम्न जानु छैन । त्यो पनि अर्काको गलफ्रेन्डसँग ।’
त्यसो नभन । म तिमीलाई त्यो दिन गुलावको फुल दिनेछु । मैले दुईवटा गुलाफको फूल किनिसकेँ । एउटा उस्लाई अनि अर्को तिमीलाई । यदी तिमी मान्छौं भने म तिमीलाई मेरो जीवनसाथी बनाउँछु । अहिले मेरो जो छ, उसलाई त्यागी दिन्छु । उसले सजिलैसँग केही नसोची फुत्तै बोली ।
मेरो शरिरमा चिरचिर पसिना आएँ । स्कुटी रोक्न लगाएँ । अनि स्कुटीबाट ओर्लिए । र, भने,‘मैले तिमीलाई एउटा साथी बनाएको थिएँ । राम्रो साथी बनाउन पाएकोमा खुशी लागेको थियो तर तिमी अहिले आएर ठीक लागेन । मेरो कारणले तिम्रो ब्वाईफ्रेण्ड रिसाउला कि भन्ने मैले पहिल्यै सोचेको हुँ । आज सोचेकै कुरा तिमीले भनेयौं । मैले तिमीलाई पहिल्यै भनेको छु । मेरो कारणले कोही बेखुसी हुननपरोस् । तिमीलाई थाहा छ ? तिमी जस्तै केटीको कारण मैले अहिलेसम्म प्रेम नगरेको हो । तिम्रो प्रेम त केबल नाटक हो । यस्तो नाटक मलाई मन पर्दैन । बाई । तिमी तिम्रो बाटो लाग । म मेरो बाटो लागेँ ।’ मेरा पाइला अगाडि बढेँ । उ कता गई मैले फर्केर पनि हेरिन ।

(कथा र पात्र काल्पानीक हुन । कसैको जीवनसँग मिल्न गएमा संयोग मात्रै हुनेछ ।)

Comments

धेरै पढिएका कथाहरू.....

सायद येस्तै रहेछ प्रेम ! भाग १

बैसाख महिना !! बिहानको येस्तै ११ बजे अफिस अगाडि चट्ट कान्तिपुर पत्रीका पढी रहेको थिय । एकाएक चर्को आवाजले कोहि बोल्दै आइ रहेका थिय । येसो पछाडी फर्केर हेरे ४ जना केटिहरु लेहेङ्गामा सजियर मस्त गफ लगाउदै आयेका थिय ।  उनिहरुको शरीर बाट मीठो अत्तरको बास्ना आइ रहेको थियो । ती ४ जना मध्य किन किन एउटि केटि सार्है मन पर्यो । रातो ब्लाउज अनि गुलाबी रङ्गको लेहेङ्गा लगायेकी थिइन । किन किन ? उन्को मुहार भन्दा मलाइ उन्को त्यो लेहेङ्गा पो दिमागमा याद आयो । साच्चै नै उनी एक परिको प्रतिबिम्ब भन्दा फरक पर्दैन थियो होला । येस्तै कुरा सोच्दै बसेको थिय एक जनाले भनिन " दाइ यहाँ साहारा पार्टी प्यालेश कहाँ छ ? " मैले पनि सिधै अगाडि गयेर हेर्नू त्यहा ठूलो पेट्रोल पम्प छ त्यसैको पचाडि छ साहारा पार्टी प्यालेश । उनी हरु हस भन्दै त्यहा बाट लागे । पार्टी प्यालेस भनी सकेपछी पक्कै उनि हरु बिहामै आयेका हुन सक्छन तर कहाँ बाट ? येस्तै प्रश्न उल्झी रहे ! म बस त्यही राती ब्लाउज अनि गुलाबी लेहेङ्गा लगाउने केटिकै बारेमा मात्र सोची रहे ,! ...को होलिन ? कहाकी होलिन ? कस्को बिहेमा आयेकी होलिन ? ओहो ! प्रश्न पनि कति

काल्पनिक कथा

"Uff फेरि त्यही पुरानो T- shirt 😏 मैले दिएको चै लगाउन हुन्न है हुन त म जस्ती नराम्री ले दिएको के लगाउनु हुन्थ्यो र " भन्दै उ रिसाइ हाल्थी !! मानौ उस्लाइ रिसाउन कुनै कारण नै चहिदैन थियो. म हास्दै भन्थ्ये !! ...भैगो नि त अब नरिसाउ न यति राम्री छौ !! आफू ले आफै लाई कसैले नराम्रो भन्छ त लाटी !! आज बिर्सिएर यो लगाएछु अब पक्का अर्को पल्ट भेट्दा तिमी ले दिएको T - shirt लगाएर आउछु नि !! भन्दै म फकाउथ्ये !! " खुब अब त आएको आएइ हो !! किन भेटिरहनु पर्यो र ...न मैले भेनेको केही मान्नु हुन्छ !! सधै हेप्नु मात्र हुन्छ मलाइ 😐 यसरी नै हेप्नु न कुन दिन सधै को लागि छोडेर गै दिन्छु अनि थाहा पाउनु हुन्छ " ..उन्ले  यी कुरा भनी रहदा म फरक्क टाउको फर्काएर रिसाइ दिन्थ्ये एक छिन दुबै बोल्दैन थिएउ !! म भुइँ को घाँस का ती टुक्रा हरु चुड्दै बस्थ्ये !! पछाडी बाट झ्याप्पौ अङ्गालो मा पर्थिन...र भन्थिन... " मैले तेसै भन्देको मात्र हु !! नरिसाउनु न 😐 अहिले रोइ दिन्छु अनि मलाइ फकाउन आउदैन के.... म अझै बढी माया पाउने आश ले जानी जानी उन्को हात लाई मेरो काध बाट हटाइ दिन्थ्ये !! उनी र

"मन छुने प्रेम कथा"

:केटो ले केटि लाई फोन गर्छ! ❤️केटो-: "हेल्लो ! ❤️केटि-: "हजुर, भन,,! ❤️केटो-: :miss you. ❤️केटि-: "miss you to. आज बिहानै देखि खोई किन        तिम्रो धेरै याद आयिराछ। ❤️केटो-: "(केहि समय रोकिएर) i love you. तिमी अहिले म संग आउन सक्छेऊ। ❤️केटि-: "अं सक्छु, मलाई पनि तिमी संग भेट्न मन लागिराछ। ❤️केटो-: "म अस्पताल मा छु, छिटो आउनु है। ❤️केटि-: "(हतारिदै)के भो तिम्लाई,,?मलाई भन त। ❤️केटो-: "'Dear' त्यस्तो डराउनु पर्ने केहि भछैन मलाई, बस् तिमी आऊ। ❤️केटीले फोन काट्छे र हतारिदै ऊ अस्पताल जान्छे♡ : ♡केटि-: "के भो 'समिर' लाई? ♡केटा को 'बाऊ'-: "नानी' समिर लाई चिन्छेऊ? ♡केटि-: "चिन्छु, म समिर को मिल्ने साथि हो। ♡"बाऊ-: "(गह भरि आँशु बनाउदै) समिर लाई 'ब्लोड क्यान्सर' छ, उ संग भेट्न जादा केहि नभनि दिनू, उस्लाई केहि थाहा छैन। ♡यस्तो कुरा सुन्ने बित्तिकै केटि पागल जस्तै हुन्छे, केहि सोच्नै सक्दिने, यो सपना हो या बिपना♡ : ♡केही समय पछि केटो लाई होस् आउछ र आफ्नो बाऊ लाई सोध्छ♡ ♡केटो-: