Skip to main content

"बानेश्वर "भाग-३


.........जेठा दाइ को कुरा सुनेर चन्द्रकला बोल्न सकिनन...
सङै बस्नु भएको आमा उठेर खोक्दै बाहिर निस्किनु भयो...सायद आमा लाई पनि जेठा छोरा को कुरा मन परेन होला..!

रात को ८ बजि सकेका ले सबै जना खाना खान भेला भए..
चन्द्रकला भोक लागेको छैन भन्दै चुला को छेउ मा बसि रहिन..
सबै जना ले खाना खाइ सकेर सुत्न गए....

जाने बेला फेरि चन्द्रकला का दाइ ले बहिनी लाई भने
"समय छ रात भरी सोच !! कुलघरान पैसा र राम्रो खानदान भएको जस्तो लाग्यो सुख पाउछेस "

चन्द्रकला को मन पोलि रहेको थिइयो...चुला मा सल्किएको आगो भन्दा कयौ गुणा बढी ...

चन्द्रकला आमा को अङालो मा झ्याप्पै परिन...र रुन थालिन...

"आमा के छोरी को जात नै यस्तै हो...
के बिहे गरेर गएको दिन देखि म पराइ भए...
के म तिम्रै छोरी हैन...के म दाइ हरु कि एक्लि बहिनी हैन...
के मलाइ यो घर मा अलिकति पनि अधिकार छैन...

एक चिम्टी सिन्दुर ले के सबै अधिकार किनेर लग्यो ....चन्द्रकला ले
आज को रात मात्र घर मा बिताउने निर्णय लिगिन...

मेरो सिन्दुर पुछिएको हो..मेरो जवानी लुटिएको हैन...धन सम्पती र कुलघरान भन्दै मा म आफू भन्दा डबल जेठो मान्छे सग जादिन...

के तिम्री छोरी फेरि बिधुवाइ भएको हेर्न चहान्छौ??
आमा छोरी रात भरी सुतेनन...

.....ला म सग यो २५०० सय छ !! भोलि बिहानै काठमाडौ जा....
दुख गर !! म तेरो फूपू लाई खबर पठाइ दिन्छु !! उ पनि उतै कुन्नी के मा काम गर्छे रे...भेटेर सबै कुरा भन ...दुख बुझ्ने छे...काम खोजी दे भन्नू !! म तलाइ यो हालत मा हेर्न सक्दिन छोरी....म बुढी डाडामाथी को घाम भएकी छु !! घर मा छोरा बुहारी कै हैकम चल्छ !! भोलि बिहानै को गाडी समात..

सुख पाइछेस भने फर्केर आइज ...म बुढी अब कति नै बाचुला र...
तर त मरे तुल्य भएर न बाच !! उमेर छ बिहे नै सबै थोक हैन...यो एउटा बन्धन मात्र हो....यहाँ घर मै बसि रहिस भने तलाइ दाजु भाउजू ले देखि सहदैनन...

आमा को कुरा सुनेर चन्द्रकला शान्त भैन...उनी ले सोचेकी थिइन..बाकी जिन्दगी आमा को काख मा बिताउछु...तर आमा ले पनि घर मा नबस भनिन...सोचिन बुढी लाई पनि त मन भित्र पीडा होला...

उनी ले घर छोड्ने निर्णय लिगिन...

बिहानै झिसमिसे मा ...

आमा को हात बाट २५०० सय रुपैयाँ र केही कपडा पोको पारेर अन्तिम पल्ट आमा को मुख हेरिन...

चन्द्रकला का आँखा रसाए...
बुढी भएउ आमा...खै कसरी बसौली...पानी पिउन मन लाग्दा देलान कि नाइ...
दिन भरी काम गरि रहदा थाकेका ती पाखुरा मा तेल कस्ले लगाइ देला...
आमा को फुलेको कपाल छाम्दै....बाचे भने ५-६ महिना मै आउछु..बाटो हेरि रहनु...
घाँस काट्न ठाडे भिर एक्कै जाउली..अब काम गर्न सक्दिनौ...कम्जोर भै सकेउ... अब जानू पर्दैन...

आमा छोरी को निक्कै बेर गन्थन भयो...
उज्यालो हुन लागि सकेको थिइयो...चन्द्रकला ले आमा लाई अन्तिम पटक अङालो मारिन ...

आमाको बोली अड्किएर होला...केही बोल्न सकिनन...
मन मनै सोचिन होला..."  त  फर्किदा फर्किदा म बुढी मरि सके

Comments

Ajaya Khadka said…
Sir yo katha ko pura part chaiyo
Thank you
Reader

धेरै पढिएका कथाहरू.....

Daughter छोरी

एक दिन एउटा व्यक्तिलाई बाटोमा अचानक रिँगटा लागेकोले केही मान्छे हरुले उलाई हस्पिटलमा लान्छ । सानै छदा उहाले आफ्नो छोराको मृगौला खराब भएकोले एउटा मृगौला आफ्नो छोरालाई दिएको थियो । त्यसैले अर्को मृगौलाले पनि काम गर्न छोडन लागेको थियो । उसको घरमा फोन गर पनि उसलाई त्यसतो हालतमा कोई आफन्त पनि भेटन आएन । उसलाई लाग्छ कि अब उसको अन्तिम दिन आईसकेछ । अर्को दिन उसको आखा खुल्छ , उसले अचम्म मान्दै डक्टरलाई सोधेछ " मलाई कसले आफ्नो मृगौला दिएछ ". डक्टरेले भन्छ " हजुर एउटी केटी आएको थियो उनले भनिन उनी हजुरको छोरी हो र हजुरलाई आफ्ना मृगौला दिन चाहान्छ "। मान्छे त्यो केटीको नजिक जान्छ र हेर्छ कि उनी साच्चै उसकी छोरी नै हुन्छ । जसलाई धेरै बर्ष पहिला उसले हेला गरेर घरबाट निकाल दिएका थिए । केटीले एउटा पत्र छोडेकी हुन्छ । उसले पत्र खोलेर पढ्छ ;--- " बाबा मलाई माफ गरिदिनु , म यो जुनीमा हजुरको छोरा बनी जन्मिनु सकिनन । सायद म धेरै नै भाग्यमानी रैछु जसको बुबाले यति धेरै माया गर्नु भएछ । त्यो दिन हरूलाई सम्झिदा धेरै रमाईलो लाग्छ । आमाले मलाई जन्म दिएर जानू भो , त्यसपछि हजुरले छोर...

बिहेको पहिलो रातमा Part 4

"अब किन सम्झेको ?" रुन्छे स्वरमा उसले फर्कायो ! मैले उसलाई चिनेदेखी पहिलो पटक उसको यस्तो आवाज सुनेको थिएँ !उसको स्वर मलिन थियो ! डर मिसिएको थियो उसको आवाजमा ! अलिअली सम्झना मिस...

Full Love Story ||Love Seasson|| In Nepali Language

  Love Session मेरो जन्म पण्डित श्री बिश्वेशवर चन्द्र प्रसाद पण्डित ज्युको घर मा भएको थियो । कसैलाई म मेरो बाबा को नाम भन्दा तिमीले आफ्नो बाबाको नाम भनेको कि तिम्रो ठेगाना भनेर खिल्लि उठाउथे । पण्डित ज्यु को घरमा मेरो जन्म भएकोले बाबाले आफै मेरो नाककरण गर्नु भएका थिए । मेरो नवरण को नाम प्रेम सुँन्दर चन्द्र प्रसाद पण्डित राखि दिनु भएको थियो । यो भन्दा त सानो मेरो घरको ठेगाना थियो , यति ठुलो नाम कसैलाई भन्दा सबै हासेर जिस्काउथे । म आफ्नो बाबाको एक्लो छोरा भएकोले गाउँ भरीका मान्छेहरुले मलाई छोटु पण्डित भनेर बुलाउनु हुन्थ्यो । हुन त नाम जति लामो थियो , उति धेरै मान सम्मान पनि थियो । तपाई सबैलाई थाहा नै होला , पण्डित ज्यु कसैको घरमा जादा , घरको मान्छेहरूले आफै कुर्सी दिएर बस्नु लगाउनु हुनु हुन्थ्यो । तर खासै मलाई इ मान सम्मान इज्जत को कुनै अावश्यक छैन जस्तो लाग्थ्यो । म जब स्कुल जान्थे , दलित जातका साथीहरू मेरो बेन्च बाटै उठेर अर्को बेन्च मा बस्ने गर्थे । म छक्क पर्दै किन उठेको भनेर सोध्दा उनीहरूले हामी तल्लो जातको हो त्यसैले हामीलाई तिमी सँग बस्नु अनुमति छैन भन्ने गर्थे । तर त्यै कक्ष...