Skip to main content

"बानेश्वर "भाग-३


.........जेठा दाइ को कुरा सुनेर चन्द्रकला बोल्न सकिनन...
सङै बस्नु भएको आमा उठेर खोक्दै बाहिर निस्किनु भयो...सायद आमा लाई पनि जेठा छोरा को कुरा मन परेन होला..!

रात को ८ बजि सकेका ले सबै जना खाना खान भेला भए..
चन्द्रकला भोक लागेको छैन भन्दै चुला को छेउ मा बसि रहिन..
सबै जना ले खाना खाइ सकेर सुत्न गए....

जाने बेला फेरि चन्द्रकला का दाइ ले बहिनी लाई भने
"समय छ रात भरी सोच !! कुलघरान पैसा र राम्रो खानदान भएको जस्तो लाग्यो सुख पाउछेस "

चन्द्रकला को मन पोलि रहेको थिइयो...चुला मा सल्किएको आगो भन्दा कयौ गुणा बढी ...

चन्द्रकला आमा को अङालो मा झ्याप्पै परिन...र रुन थालिन...

"आमा के छोरी को जात नै यस्तै हो...
के बिहे गरेर गएको दिन देखि म पराइ भए...
के म तिम्रै छोरी हैन...के म दाइ हरु कि एक्लि बहिनी हैन...
के मलाइ यो घर मा अलिकति पनि अधिकार छैन...

एक चिम्टी सिन्दुर ले के सबै अधिकार किनेर लग्यो ....चन्द्रकला ले
आज को रात मात्र घर मा बिताउने निर्णय लिगिन...

मेरो सिन्दुर पुछिएको हो..मेरो जवानी लुटिएको हैन...धन सम्पती र कुलघरान भन्दै मा म आफू भन्दा डबल जेठो मान्छे सग जादिन...

के तिम्री छोरी फेरि बिधुवाइ भएको हेर्न चहान्छौ??
आमा छोरी रात भरी सुतेनन...

.....ला म सग यो २५०० सय छ !! भोलि बिहानै काठमाडौ जा....
दुख गर !! म तेरो फूपू लाई खबर पठाइ दिन्छु !! उ पनि उतै कुन्नी के मा काम गर्छे रे...भेटेर सबै कुरा भन ...दुख बुझ्ने छे...काम खोजी दे भन्नू !! म तलाइ यो हालत मा हेर्न सक्दिन छोरी....म बुढी डाडामाथी को घाम भएकी छु !! घर मा छोरा बुहारी कै हैकम चल्छ !! भोलि बिहानै को गाडी समात..

सुख पाइछेस भने फर्केर आइज ...म बुढी अब कति नै बाचुला र...
तर त मरे तुल्य भएर न बाच !! उमेर छ बिहे नै सबै थोक हैन...यो एउटा बन्धन मात्र हो....यहाँ घर मै बसि रहिस भने तलाइ दाजु भाउजू ले देखि सहदैनन...

आमा को कुरा सुनेर चन्द्रकला शान्त भैन...उनी ले सोचेकी थिइन..बाकी जिन्दगी आमा को काख मा बिताउछु...तर आमा ले पनि घर मा नबस भनिन...सोचिन बुढी लाई पनि त मन भित्र पीडा होला...

उनी ले घर छोड्ने निर्णय लिगिन...

बिहानै झिसमिसे मा ...

आमा को हात बाट २५०० सय रुपैयाँ र केही कपडा पोको पारेर अन्तिम पल्ट आमा को मुख हेरिन...

चन्द्रकला का आँखा रसाए...
बुढी भएउ आमा...खै कसरी बसौली...पानी पिउन मन लाग्दा देलान कि नाइ...
दिन भरी काम गरि रहदा थाकेका ती पाखुरा मा तेल कस्ले लगाइ देला...
आमा को फुलेको कपाल छाम्दै....बाचे भने ५-६ महिना मै आउछु..बाटो हेरि रहनु...
घाँस काट्न ठाडे भिर एक्कै जाउली..अब काम गर्न सक्दिनौ...कम्जोर भै सकेउ... अब जानू पर्दैन...

आमा छोरी को निक्कै बेर गन्थन भयो...
उज्यालो हुन लागि सकेको थिइयो...चन्द्रकला ले आमा लाई अन्तिम पटक अङालो मारिन ...

आमाको बोली अड्किएर होला...केही बोल्न सकिनन...
मन मनै सोचिन होला..."  त  फर्किदा फर्किदा म बुढी मरि सके

Comments

Ajaya Khadka said…
Sir yo katha ko pura part chaiyo
Thank you
Reader

धेरै पढिएका कथाहरू.....

कथा - मनिसा

भाग-1 लेखक : शिव ढकाल जिन्दगी लाई सबै ले आफ्नो आफ्नो भोगाइ मा अनि आफ्नो आफ्नै बुझाइ मा ब्याख्या गरेका छन । मेरो पनि आफ्नै भोगाइ अनि छुट्टै बुझाइ छ । मेरो जन्म एउटा माध्यम परिव...

मेरो कल्पना

कल्पनाकी सानू , सायद तिमी फेला परेउ भने यो बर्स त भयेन अर्को बर्श पक्कै येसै गरि परपोज गर्ने छु । बिहानी को किरण सङ्गै रातका ती निशाहरु सङ्गै देख्न चाहन्छु । तिमी मेरो जिबनक...

#Dhakal

जातमानै तिमी गर्व गर्छौ भनी समाजमा आफ्नो नाम नचिनाउ जहाँ नामकै कारणले श्रद्धाञ्जली पाओस र तिमी अपबित्र होस् किनकी श्रद्धाञ्जली दिने तिम्रो जात मात्र नभएर अरु पनि हुन...

साचो माया मात्र एकचोटी हुन्छ र त्यो पनि एउटै मान्छे सँग

एक दिन कोलेजमा जेम्स आफ्नो साथीहरू सँग उभिएको थिए । त्यतिकै बेला एउटी केटीको किताब भुईमा झरे तर त्यो केटीलाई थाहा भएन उनी अगाडी हिडदै जान लागिन र एक छिन पछि थाहा हुन्छ कि उसकी किताब कतै झरेका छ । त्यसैले उनी किताब खोज्दा खोज्दै जेम्स को मा आईन । जेम्सले उसकी किताब हातमा राखेर हेर्दै थिए । एतिकैमा केटी आईन र जेम्सले उसको किताबमा उसको फोटो हेरे र केटीलाई थाहा नदिईकन फोटोलाई गोजीमा राख्दै केटीलाई उसको किताब दिए । त्यसपछि उनीहरू बीच मित्रता गासियो । अर्को दिन फेरी उनीहरू केलोजमा भेटछ र कुराकानी गर्छ थाल्छ । यस्तै हुदा हुँदै उनीहरू बिच माया प्रेम बस्छ र एकएर्कालाई सेयर पनि गर्छ । यस्तै उनीहरूको जीवन खुसी भई बितिरहन्छ । हामी सबैलाई थाहा छ कि केटीको जात जुनबेला पनि मन बदलिनु सक्छ । त्यसमा पनि त्यो केटी आधुनिक खाले थिईन । एक दिन जब जेम्स अलि ढिलो कोलेजमा पुग्दा हेर्छ कि उसकै साथी र त्यो केटी बीच Affairs चल्दै हुन्छ । केटीले पनि उसलाई हेर्छ । बिचाराको गह भरी आखाबाट आसु झर्न थाल्छ । उसले केई न भनि कन कोलेज फर्कन्छ र त्यो केटीसँग Break Up गर्ने धोको गर्छ । अर्को दिन केटीले जेम्स सँग माफी माग्छ तर...