आभासकी आमा आभासको छातिमा आफ्नो टाउको राखेर रुँदै हुनुहुन्थ्यो ! एउटि आमाले आफ्नो सन्तानलाई कहाँ यस्तो अवस्थामा देख्न सक्थिन र ? आभासको अरु सबै आफन्त वरिपरि झुमिनु भएको थियो ! सबैका अनुहार मलिन थिए , सबैको आँखामा आँसु थियो ! आभासको आमा बोल्दै हुनुहुन्थ्यो "छोरा....छोरा..छो.छोरा !" मैले यो सबै दृश्य देख्न सकिन ! अलि पछाडी आभासको भाइ ,प्रभास हुनुहुँदो रहेछ ! मैले उहाँलाई पहिलै बाट चिनेको थिएँ , आभासले कहिलेकाही हामी भेट्दा सँगै ल्याउने गर्थ्यो ! त्यसैले बोलाएँ,"प्रभास....प्र..प्रभास !" मेरो बोली चिन्नुभयो सायद म नजिकै आउनु भयो , मलाई त्यही बेहुलिको पहिरहनमा देखेर अचम्ममा पर्नु भयो! मैले अरु केही नसोधि सिधै प्रश्न गरेँ ,"यो सब कसरी भयो ? आभासको कसरी भयो दुर्घटना?" प्रभासको अनुहार अलि मलिन थियो, आँखाभरी आँसु थियो ! आँसु पुछ्दै भए नि बोल्नुभयो !" दाइ हजुरलाइ एकदम माया गर्नुहुन्थ्यो , सायद आफुलाइ भन्दा धेरै ! जहिल्यै कुरा गर्दा नि जुनु यस्ती जुनु उस्ति , जुनु लाई यो मनपर्छ , त्यो मन पर्छ ! बस ! हजुरको मात्र कुरा हुन्थ्यो ! दाइले हजुरको बारेमा केही कुरा