Skip to main content

Posts

Showing posts from February 12, 2018

बानेश्वर (भाग १)

रा* ले मेरो छोरो खाइ... लाउला खाउला भन्ने उमेर मा आज सबै लाई छोडी छोरो बित्यो...हे भगवान म कस्को मुख हेरेर बाचौ अब !! यो रा* ले मेरो घर को दैलो टेकेको दिन देखि नै दशा सुरु भएको थियो.. पोहोर साल लैनु भैंसी खाइ.. सिम खेत लाई बाढी ले बगायो.. र अहिले मेरो छोरो खाइ.... "एकोहोरो पानी परि रहेको थियो....सायद आकाश पनि यो पीडा सहन नसकी बर्सी रहेको थियो...तीन दिन देखि बर्सेको पानी ले घर को छाना मा लगाएको जस्ता लाई पिटि रहेको थियो.... लालबहादुर आफ्नी श्रीमतिको कुरा सुनी रहेका थिए...घडिले मध्यरात को ११ बजाइ सक्दा पनि उनी हरुको आँखा मा निन्द्रा आएको थिएन..." यो रा* लाई घर बाट ननिकाली हाम्ले सुख पाउदैनौ...भएको कान्छो छोरो लाई पनि केही भैदियो भने हामी बुढा बुढी मरे हुन्छ...भन्दै उनी कोल्टे परिन..... लालबहादुर ले झ्याल को कुना मा राखेको बिढी सल्काए...पानी दर्की रहेको थियो... उन्लाइ थाहा थियो आफ्नी श्रीमती को येस्तो बानी...पीडा त बिहे गरेर ल्याएकी अर्का कि छोरी लाई पनि त थियो... उन्को पनि त सिउदो रित्तिएको थियो... उनी पनि त एक्लि भएकी थिन... यो बुहारी को मात्र गल्ति कहाँ हो र दैब ले ज

दिदी 💕💕

आज तिम्रो बिदाइको दिन रे आज तिमी अरु कसैसँग यो घर, यो भाइ लाई छोडेर नयाँ जीवन सुरु गर्ने दिन रे! समय कति छिटो बित्छ है दिदी ! दिदी💕💕हिजो जस्तै लाग्छ तिम्रा हात समाएर म बन पाखा, घर गोठालो स्कुल गएको पनि ! हिजो जस्तै लाग्छ बाबाआमाले नदेख्ने गरि राती राति चाउचाउ बिस्कुट किनेर खाएको हिजो जस्तै लाग्छ  हजुरलाइ घोडा बनाएर मक हजुरको अङ्गालोमा रमाएको अनि हिजै जस्तो लाग्छ म रुन्छ भनेर तिमिले मलाई फकाउँदै कथा सुनाएको ! दिदी💘💕 हामी कति लड्ने गर्थ्यौँ है टिभिको रिमोटको लागि हामी कति झगडा गर्ने गर्थ्यौँ है पहिला कसले खाना सक्ने भनेर हामी कति जिस्काउने गर्थ्यौँ है दिदी एउटाले गल्ती गर्दा हामी कति छिटो अर्काको गल्ती कुरा लाउने गर्थ्यौँ है बाबाआमालाइ ! अनि हामी कति किचकिच गर्ने गर्थ्यौ है यो किन्दिनु त्यो किन्दिनु भनेर ? अनि याद छ दिदी हामी दशैमा कसको बढी पैसा हुने भनेर पहिले देखि नै प्लान गर्ने गर्थ्यौँ ! दिदी😍💕 समय फेरिएको छ अब त अब म कोसँग झगडा गर्नु अब म कोसँग लड्ने गर्नु दिदी अब म बिरामी हुँदा हजुरले जस्तै गरि फकाएर कसले खुवाउँछ ? हजुरले अब अरु कसैको लागि आफ्नो बढ