Skip to main content

बानेश्वर (भाग १)

रा* ले मेरो छोरो खाइ... लाउला खाउला भन्ने उमेर मा आज सबै लाई छोडी छोरो बित्यो...हे भगवान म कस्को मुख हेरेर बाचौ अब !! यो रा* ले मेरो घर को दैलो टेकेको दिन देखि नै दशा सुरु भएको थियो..
पोहोर साल लैनु भैंसी खाइ.. सिम खेत लाई बाढी ले बगायो.. र अहिले मेरो छोरो खाइ....

"एकोहोरो पानी परि रहेको थियो....सायद आकाश पनि यो पीडा सहन नसकी बर्सी रहेको थियो...तीन दिन देखि बर्सेको पानी ले घर को छाना मा लगाएको जस्ता लाई पिटि रहेको थियो....

लालबहादुर आफ्नी श्रीमतिको कुरा सुनी रहेका थिए...घडिले मध्यरात को ११ बजाइ सक्दा पनि उनी हरुको आँखा मा निन्द्रा आएको थिएन..."

यो रा* लाई घर बाट ननिकाली हाम्ले सुख पाउदैनौ...भएको कान्छो छोरो लाई पनि केही भैदियो भने हामी बुढा बुढी मरे हुन्छ...भन्दै उनी कोल्टे परिन.....

लालबहादुर ले झ्याल को कुना मा राखेको बिढी सल्काए...पानी दर्की रहेको थियो...
उन्लाइ थाहा थियो आफ्नी श्रीमती को येस्तो बानी...पीडा त बिहे गरेर ल्याएकी अर्का कि छोरी लाई पनि त थियो...
उन्को पनि त सिउदो रित्तिएको थियो...
उनी पनि त एक्लि भएकी थिन...
यो बुहारी को मात्र गल्ति कहाँ हो र दैब ले जे गर्छ त्यही हुन्छ..
यमराज पनि स्वार्थी छ सन्सार बाट राम्रो मान्छे लाई टपक्कै टिपेर लैजान्छ्न !!.

लालबहादुर रात भरी निदाएनन.....

१२ औ दिन को काम भर्खर सकिएको थियो....
चन्द्रकला पिढी मा बसि रहेकी थिन...

चन्द्रकला उहि...
समाज ले खै कुन्नी बिधुवाइ भन्छ क्यारे अब...पति गुमाएकी..
एक्लि ,,अझ भनौ अलछिना... यो उन्ले पाएको उपनाम हो...

bachelor भर्खरै पास गरेकी थिन उन्ले...
बिहे गरे पछि अन्तिम बर्ष को परिक्षा दिएकी थिन...
राम्रो सग पढेर गाउकै बोर्डिङ तिर पढाउने जागिर खाने सोच मा थिइन...

लालबहादुर गाउँ का जान्न्ने सुन्ने नै थिए...उन्ले भनेका प्राय सबै ले मान्थे..आफ्नी बुहारी को यस्तो हालत देखे पछि लालबहादुर लाई पनि छुट्टै पीडा थियो...आखिर उ पनि त मेरि छोरी जस्तै हो...रगत पो मेरो थिएन...तर भावना त हाम्रो उनी हो म पनि बुज्छु नि...यस्तै सोच्दै थिए....

पिढी को डिल मा अढेसा लागेर बसेकी चन्द्रकला लाई हेर्दै....

" त रा* मेरो आँखा अघाडी नपर अब ...तेरो देखावटी आँसु नदेखा।तलाइ बुझेको छु मैले.. तेरो पोइ खाइस अब मेरो पोइ लाई पनि खा..
जब सम्म यो घर मा बस्छे तब सम्म मैले के के देख्नु पर्ने हो भगवान भन्दै सासू भित्र छिर्छिन..."

चन्द्रकला का आँसु नै रित्तिएका थिए...
साउन को झरी मा रुज्दै आँसु बगाउनु....रात भरी धर्किएको पानी मा सिरानी लाई साथि बनाइ रुनु...पक्कै उनी सग अब रुन लाई आँसु थिएनन....उन्ले एकोहोरो सासू को आवाज सुनी रहिन....

सिउदो मा रङ्ग हुन्जेल ...
समाज ले बुहारी को उपनाम दिएको थियो...
देबर ले भाउजू भन्थ्ये...
सासू ले बुहारी भन्थिन...
गाउले ले गुण गान गाउथ्ये....

आज सिउदो रित्तिदा....सिन्दुर पुछिदा...
त्यही समाज ले रा* र अलछिना को उपनाम दिदै छ..
देबर ले भाउजु भन्न छोड्यो
गाउले ले गुन गान गाउन छोडे....

गाउँ भरी खासै काम थिएन...दिन हप्ता र महिना बित्दै गए. दिन राम्रो हुँदै र घाम घमाउदै गयो...तर चन्द्रकला को मुहार मा खुसी फिरेन...खुसी फिरोस पनि कसरि...

घर को दिन दिनै को कच-कच ले चन्द्रकला ले घर छोड्ने बिचार बनाइन...आखिर म सबै कि अलछिना राडी रन्डी...मैले सुख दिन सकिन...छोरा खाए...अझ के के कान्छू थाहा छैन...उनी यस्तै कुरा गर्दै लालबहादुर सग बिदा माग्न पुगिन....

लालबहादुर ले रोकेनन...उनी पनि आफ्नी श्रीमती सग हार खाइ सकेका थिए....यो कस्तो चलन हो बुहारी तिमी पनि छोरी मान्छे मेरि श्रीमती पनि छोरी मान्छे तर खै किन बुझिन उस्के...उस्ले पनि त पछि मलाइ गुमाउछे !! ढिलो चाडो न हो....केही दुख पाएउ भने मलाइ सम्झनु....मेरि छोरी सरह हेरेको छु...अस्ति छोरो गुमाए आज छोरी गुमाउदै छु !! लालबहादुर का आखा केही रसाए....

बुहारी....यो बस्त्र उतरी देउ...तिम्रो सिन्दुर मात्र उडेको हो....शरिर को कुनै रङ्ग उडेको छैन...म तिमी लाई यो यौबन मै फिक्का-फिक्का देख्न सक्दिन. सम्झेर कहिले काहीँ आइ देउ...भन्दै लालबहादुर ले चन्द्रकला लाई बिदा गरे....इ

भारी मन लिएर उनी बिदा भैन...माइती को बाटो उन्लाइ सजिलो थिएन....हुन त आफ्नै बा आमा हुन...कसरि जानू...कसरी बस्नु...
आफ्ना दाइ हरु को घर गृहस्थी राम्रो भै रहेको बेला...म कसरी जानू.

बुबा आमा लाई सबै भन्दा पीडा को बेला भनेकै छोरा छोरिको घर बिगृनु हो...आमा ले मेरो उडेको सिउदो हेर्न सक्लिन..? म त कसै सग रात सुति सकेको छु....म चोखी छैन...के आमा ले पहिला जस्तै
गरि जा छोरी साझ को बत्ती बालेर आ भन्लिन...

म त कसैकी श्रीमती भै सकेकी छु...के आमा ले पुजा हुदा यो चै सु कन्या लाई भनेर छुट्याएको प्रसाद खान देलिन.....

to be continue ......

Comments

धेरै पढिएका कथाहरू.....

"बानेश्वर "भाग-३

.........जेठा दाइ को कुरा सुनेर चन्द्रकला बोल्न सकिनन... सङै बस्नु भएको आमा उठेर खोक्दै बाहिर निस्किनु भयो...सायद आमा लाई पनि जेठा छोरा को कुरा मन परेन होला..! रात को ८ बजि सकेका ले सबै ज...

Daughter छोरी

एक दिन एउटा व्यक्तिलाई बाटोमा अचानक रिँगटा लागेकोले केही मान्छे हरुले उलाई हस्पिटलमा लान्छ । सानै छदा उहाले आफ्नो छोराको मृगौला खराब भएकोले एउटा मृगौला आफ्नो छोरालाई दिएको थियो । त्यसैले अर्को मृगौलाले पनि काम गर्न छोडन लागेको थियो । उसको घरमा फोन गर पनि उसलाई त्यसतो हालतमा कोई आफन्त पनि भेटन आएन । उसलाई लाग्छ कि अब उसको अन्तिम दिन आईसकेछ । अर्को दिन उसको आखा खुल्छ , उसले अचम्म मान्दै डक्टरलाई सोधेछ " मलाई कसले आफ्नो मृगौला दिएछ ". डक्टरेले भन्छ " हजुर एउटी केटी आएको थियो उनले भनिन उनी हजुरको छोरी हो र हजुरलाई आफ्ना मृगौला दिन चाहान्छ "। मान्छे त्यो केटीको नजिक जान्छ र हेर्छ कि उनी साच्चै उसकी छोरी नै हुन्छ । जसलाई धेरै बर्ष पहिला उसले हेला गरेर घरबाट निकाल दिएका थिए । केटीले एउटा पत्र छोडेकी हुन्छ । उसले पत्र खोलेर पढ्छ ;--- " बाबा मलाई माफ गरिदिनु , म यो जुनीमा हजुरको छोरा बनी जन्मिनु सकिनन । सायद म धेरै नै भाग्यमानी रैछु जसको बुबाले यति धेरै माया गर्नु भएछ । त्यो दिन हरूलाई सम्झिदा धेरै रमाईलो लाग्छ । आमाले मलाई जन्म दिएर जानू भो , त्यसपछि हजुरले छोर...

बिहेको पहिलो रातमा Part 4

"अब किन सम्झेको ?" रुन्छे स्वरमा उसले फर्कायो ! मैले उसलाई चिनेदेखी पहिलो पटक उसको यस्तो आवाज सुनेको थिएँ !उसको स्वर मलिन थियो ! डर मिसिएको थियो उसको आवाजमा ! अलिअली सम्झना मिस...

Full Love Story ||Love Seasson|| In Nepali Language

  Love Session मेरो जन्म पण्डित श्री बिश्वेशवर चन्द्र प्रसाद पण्डित ज्युको घर मा भएको थियो । कसैलाई म मेरो बाबा को नाम भन्दा तिमीले आफ्नो बाबाको नाम भनेको कि तिम्रो ठेगाना भनेर खिल्लि उठाउथे । पण्डित ज्यु को घरमा मेरो जन्म भएकोले बाबाले आफै मेरो नाककरण गर्नु भएका थिए । मेरो नवरण को नाम प्रेम सुँन्दर चन्द्र प्रसाद पण्डित राखि दिनु भएको थियो । यो भन्दा त सानो मेरो घरको ठेगाना थियो , यति ठुलो नाम कसैलाई भन्दा सबै हासेर जिस्काउथे । म आफ्नो बाबाको एक्लो छोरा भएकोले गाउँ भरीका मान्छेहरुले मलाई छोटु पण्डित भनेर बुलाउनु हुन्थ्यो । हुन त नाम जति लामो थियो , उति धेरै मान सम्मान पनि थियो । तपाई सबैलाई थाहा नै होला , पण्डित ज्यु कसैको घरमा जादा , घरको मान्छेहरूले आफै कुर्सी दिएर बस्नु लगाउनु हुनु हुन्थ्यो । तर खासै मलाई इ मान सम्मान इज्जत को कुनै अावश्यक छैन जस्तो लाग्थ्यो । म जब स्कुल जान्थे , दलित जातका साथीहरू मेरो बेन्च बाटै उठेर अर्को बेन्च मा बस्ने गर्थे । म छक्क पर्दै किन उठेको भनेर सोध्दा उनीहरूले हामी तल्लो जातको हो त्यसैले हामीलाई तिमी सँग बस्नु अनुमति छैन भन्ने गर्थे । तर त्यै कक्ष...