Skip to main content

Posts

Showing posts from January 19, 2017

एक नेपाली प्लेब्वायको कथा

एउटा सुप्रसिद्ध कथामा आन्तोन चेखवले एउटा विशेष पात्रको सिर्जना गरेका छन् । गुरभ नामको त्यो विवाहित पात्र नयाँ नयाँ महिलाहरुलाई सहजताका साथ आकर्षित गर्न र उनीहरुसित शारीरिक सम्बन्ध कायम गर्न खप्पिस हुन्छ । तर महिलाहरुबारे कुनै बहस चल्यो भने उसले उत्तिकै सहजताका साथ उनीहरुको भद्दा आलोचना गर्छ । कुनै पनि महिलाबारे उसले सकारात्मक धारणा राख्दैन । हरेक नयाँ अवैध सम्बन्धपछि ऊ आफैं नैतिक रुपमा थप पतित भएको देख्दैन तर सिंगो महिला जातिप्रति उसको विद्वेष र अपहेलनाको भावचाहिं झनै बढ्दै जान्छ । तर पनि खै कुन अदृश्य जादुले हो, नयाँ र सुन्दर युवती र आइमाइहरु एकपछि अर्को गरी उसको शिकार हुन आइलाग्छन् । चेखब बितेको एक शताब्दीभन्दा बढी भइसक्यो, उनले छाडेर गएको रुस अब चिन्न नसक्ने गरी बदलिइसकेको छ तर समाजका खास प्रतिनिधिहरुको उनले जुन चरित्र चित्रण गरे, त्यसको सान्दर्भिकता कत्ति घटेको छैन । खास गरी प्रेम र सोजन्य मानवीय भावनाहरु अनि विवाहलगायतका सामाजिक संरचनाहरुलाई विभिन्न कथाहरुमार्फत् फरक फरक कोणबाट चेखवले गरेको चित्रण ऐतिहासिक र भौगोलिक सीमानाहरुले नबाँधिने खालको छ । ########

एक रातको प्रेम : कथा

उसले भाइवरमा कोही अपरिचितलाई “हाई” भन्यो । एकै छिनमा उताबाट पनि “हलो” आइहाल्यो । ‘तिमी मलाई चिन्छौ ?’ केटीले सोधी, केटाले नचिने पनि अब चिन्ने बतायो । दुवै जनाले भाइवरमा गफ गर्दा आफुलाई कुनै समस्या नभएको जानकारी दिए । केटीले आफु बिरामी भएर घरमैं आरामका लागि बसेको बताइ । केटाले आफ्नो पनि विदाको दिन परेकोले कुरा गर्न समय मिलेको बतायो । दुवै जनाले आफ्ना स्कुलदेखि क्याम्पससम्मका पढाईको कुरा गरे । केटा युरोपमा रहेछ । केटी यता आफ्नै बुटिक चलाइ बसेकी । दुबै आत्मनिर्भर । नेपालमैँ बसे पनि केटी आधुनिक । १० वर्षदेखि युरोपमा रहेको केटाको आधुनिकताको कुरै गर्नु परेन । घरपरिवारको पनि कुरा भयो । केटाले आफ्ना परिवारका सबै युरोप र अमेरिकामा रहेको बतायो । केटाको यो कुराले केटीलाई अलिकति विदेशको लोभ लाग्यो । मनमा युरोप घुम्ने र फेसबुकमा युरोपका ठूलाठूला शालिक, हरिया घाँसका बगैंचा र रेष्टुरेन्टमा खाँदै गरेका अनि बडेमानका पुलमाथि बत्तिने कारमा कुदेको फोटो खिचेर सबैलाई देखाउने सपनाले एकै पटक पहिले मरेका आशाहरु फेरि पलाए । गएको वर्षमात्र युरोप कै कुनै देशले केटीलाई भिसा नदिएको थियो ।। कारणमा, “तिमी हाम्रो दे