ए बूढा, म त सक्दिन यसरी दिन दिनै तिम्री आमाको मलमूत्र सोहोर्न, तिम्री आमाले आज पनि ओछ्यानमै पौडी खेलिछिन् । एक दिन होईन दुई दिन होईन दिन दिनै । अरु दाई भाइ पनि छन् यो बूढीको हामीले मात्र ऋण खाएको हो र ? जीउनीको नाममा एक टुक्रा जग्गा छैन, सित्तैमा सेवा गर्नुपर्ने रे हामीलाई ! दिपककी श्रीमती दीपा एकोहोरो कड्किरहेकी थिई । तिमी धेरै बकबक नगर । मेरी जन्म दिने आमा हो वहाँ । तिमीलाई सेवा गर्न मन नलागे मै गरौँला । दिपकले अनुहार बिगार्दै भन्यो । ए ल ल, अब मलाई नै आँखी देख्न थाल्यौ होईन ? एक दिन गरेर हुन्छ ? मैले आफ्ना छोरा छोरीको स्याहार गर्नुपर्दैन ? कुन दिनमा यो घरमा बिहे गरेर फँस्न पुगेछुँ । कस्तो जिन्दगी कस्तो भयो मेरो ! अब मै निस्कन्छु यो घर देखि । तिमी आफ्नै प्यारो परिवार सँग बस्नू । दीपाका आँखाबाट आँशु झरिरहेका थिए । दिपक चाहिँ केहि नबोलेर आफ्नी आमा तिर हेर्दै टोलाएको थियो । दिन दिनैको कचकच सहन नसकेर आमा मध्यरातमा घर छोडेर हिड्ने निर्णय गरिन् । छोराको घर बिगारेर आफू त्यहाँ नबस्ने भनेर मुटु दह्रो बनाईन् । घर छाड्ने बेलामा कोठामा भएको छोरा, बुहारी र नाती नातीनीको तस्बिर चुमेर बलिन्द्