Skip to main content

Posts

Showing posts from September 28, 2016

SunShower-Part 2

आश्र्विनको महिना थियो , राती तिर चिसो चिसो हावा चल्नु थाले । हामी चिसो हावाले गर्दा काप्दै थिए । अब के गर्ने हो सोचेर चिन्तित भएका थिए । गाडीका लागि लाई हामी कुर्दाकुर्दै करिब 10 बज्नु लागे थियो । अचानक हाम्रो नजिक एउटा जनाबर आउदै गरेका देखे । हामी दुबै डरले थरथर काप्दै थिए । त्यो जनाबर हाम्रो छेउमा आएर कराउदा राज डरले रुख माथी चढ्यो । मैले नि आफ्नो हात उसलाई दिदा उसले मेरो हातलाई तान्दै म रुख माथी चढ्नु सफल भए । पछि त्यो जनाबरलाई हेर्दा बिरालो पो थियो । हामी दुबै जना डर त्रासले पसिना पसिना भईसकेका थिई । दुबै जना एउटै हाँगामा बसेर एकछिन थकाई मारे । राजले मलाई भने " के म तिमीलाई केही सोध्नु सक्छु ? । मैले भने " भन , के सोध्नु छ ? उसले सोध्यो " जब तिमीलाई थाहा नै थियो , परी उसकी गर्लफ्रेन्ड थियो भने त्यै पनि किन तिमी शिबलाई माया गरेकी थियौ " । उसको प्रश्न सुनेर म बिच्लित भइ । तर साच्चै नै सबैलाई यो प्रश्नको उतर जान्नु रहर लागेको होला । परी हुदा पनि मैले किन जानीजानी शिबलाई माया गरेकी थिए । मैले भने " मेरो शिब प्रतिको माया सधै उतिनै रहनेछ जति म उसलाई पहिला

SunShower-part1

म अँजली । करिब 2 बर्ष पछि अमेरिया बाट पढाइ सकेर म घर फर्केका थिई । घर आए पछि परी र शिब सँग भेट्ने रहर लाग्यो । उनीहरूको मोबाईलमा फोन गर्दा कम्प्युटरले उपलब्ध हुन सकेन बताउदै थियो । मैले सोचे सायद उनीहरू बिहे गरेर कसैले परिसान नगरोस भनेर मोबाइल नो. पनि परीवर्तन गरिसकेका थिए ।। उनीहरू लाई भेट्न मन थियो तर भेटु कसरी थाहा थिएन । जब म आफ्नो घर पुगे दसै तिहारको माहोल थियो । विजया दशमी नेपालीहरूको प्रमुख चाड मानिन्छ । राष्ट्रिय चाड समेत मनिने दशैँ(नवरात्र) हिन्दु धर्मवलम्बीहरुले आश्र्विन शुक्ल प्रतिपदादेखि नवमी सम्म(नवरात्रभर)शक्तिको आराधना गरी दशौं दिन विहान दशमीका दिन टीका-प्रसाद ग्रहण र विशेष रुपमा पुर्णिमा सम्म (प्रसाद ग्रहणका लागि)मनाउने गर्छन्। यस्तै सबैतिर खुसीको माहोल थियो । दसैले गर्दा सबै नेपालीहरू हषिर्त हुँदै अान्नद उठाउदै गरेका थिए । हाम्रो गाउँमा प्रत्येक बर्ष एउटा ठुलो मेला हुने गर्थ्यो । त्येसैले म पनि पहिला आमा बुबा आफन्तहरू सँग भेटि नया कपडा लगाएर एउटी सानी बहिनी सँग मेला घुम्नु गए । मेला तिर जादा मान्छेहरूको अतिनै धेरै भीड थियो । मेला भरी नै कोलाहल थियो । मैले नोटिस गरे