Skip to main content

SunShower-part1

म अँजली ।
करिब 2 बर्ष पछि अमेरिया बाट पढाइ सकेर म घर फर्केका थिई । घर आए पछि परी र शिब सँग भेट्ने रहर लाग्यो । उनीहरूको मोबाईलमा फोन गर्दा कम्प्युटरले उपलब्ध हुन सकेन बताउदै थियो । मैले सोचे सायद उनीहरू बिहे गरेर कसैले परिसान नगरोस भनेर मोबाइल नो. पनि परीवर्तन गरिसकेका थिए ।।
उनीहरू लाई भेट्न मन थियो तर भेटु कसरी थाहा थिएन । जब म आफ्नो घर पुगे दसै तिहारको माहोल थियो ।
विजया दशमी नेपालीहरूको प्रमुख चाड मानिन्छ । राष्ट्रिय चाड समेत मनिने दशैँ(नवरात्र) हिन्दु धर्मवलम्बीहरुले आश्र्विन शुक्ल प्रतिपदादेखि नवमी सम्म(नवरात्रभर)शक्तिको आराधना गरी दशौं दिन विहान दशमीका दिन टीका-प्रसाद ग्रहण र विशेष रुपमा पुर्णिमा सम्म (प्रसाद ग्रहणका लागि)मनाउने गर्छन्।
यस्तै सबैतिर खुसीको माहोल थियो । दसैले गर्दा सबै नेपालीहरू हषिर्त हुँदै अान्नद उठाउदै गरेका थिए । हाम्रो गाउँमा प्रत्येक बर्ष एउटा ठुलो मेला हुने गर्थ्यो । त्येसैले म पनि पहिला आमा बुबा आफन्तहरू सँग भेटि नया कपडा लगाएर एउटी सानी बहिनी सँग मेला घुम्नु गए । मेला तिर जादा मान्छेहरूको अतिनै धेरै भीड थियो । मेला भरी नै कोलाहल थियो । मैले नोटिस गरे कि एउटा केटा बाटो देखि नै मेेरो पछि पछि लागिरहेको थियो ।
म मेला मा गएर एकछिन पर्खिदा त्यो केटा मेरो नजिक आएर मलाई हेलो पुजा , के छ मैयाँ ? You are looking Chwak today भन्यो ।।
( मनमनै सोचे साला यी केटाहरूलाई राम्री केटी देख्नु नै नहुने लाईन हान्नु खोज्नु थाल्छ )
मैले भनि " हेलो राजा , के छ भैया ? thanks for being my bro today .. ।
( यदि कुनै केटा तपाईं कि पछि परेछ भने त्यसलाई दाइ वा भाई भन्दिनु , त्यो केटा आफै लज्जित हुँदै सोरी दिदी वा बहिनी भनेर जानेछ )
त्यसतै उ पनि मेरो कुरा सुनेर लाज मानेर उदास भयो । त्यसपछि म बहिनीलाई लिएर मेला भित्र घम्नु थाले । करिब 1 घण्टा पछि त्यो केटा फेरी मेरी पछि पछि आउन थाले । मलाई एकदम रिस उठ्यो म आफ्नो स्यानडल उठाएर उसलाई हान्नु खोज्दा उसले हाई अँजली भने ।
म मेरी नाम सुनेर छक्क परे । सोचे उसलाई मेरी नाम कसरी थाहा भयो , आखिर त्यो केटा को हो ???
म स्यान्डल भुई मा राख्दै उसलाई सोधे " तिमी शिब हौ ? " । उसले भने "होईन , म शिबको साथी राज हो ।
त्यसपछि मैले इछयुक हुँदै उसलाई सोधे "के शिब र परी पनि यता घुम्नु आएका छन " । उसले आश्चर्य हुँदै सोध्यो " के , तिमीलाई शिब र परीकी बारेमा थाहा छैन " ।
मैले सोधे " के भयो र शिब र परीलाइ " ।
उसले परी र शिब को Engagement को दिन भएको कुराहरू सुनाउनु थाले ।
उसको कुरा सुनेर मेरो आखाबाट थोपा थोपा गरि आशु बग्नु थाले । मेरी शरीरमा भएकी रौ उभिनु थाले । मेरो दिमागले केही सोच्नै सकिन ।
करिब 5 मिनेट पश्चताप
म हल्का ठिक भए । मैले सोधे " अनि खोई त शिब ? "। उसले भन्यो " परी बिते पश्चताप शिब उसकै सम्झनामा तडपिदै पागल भए , अहिले उसकी बाबाले 1 बर्ष देखि इलाज गर्नु हुदैछ तर पनि अहिले सम्म शिब न त केही बोल्नु सक्छ , न त केही गर्नु सक्छ , मात्र सधै Wheel Chair मा बसेका हुन्छ ।
मैले भने " के म शिबलाई भेट्न सक्छु " । उसले हुन्छ भन्दै आफ्नो बाईक मा बसाएर शिबको घर तिर लानु थाले । मैले उसलाइ सोधे " तिमी कसरी मलाई चिन्यौ " ।
उसले भने " परीलाई भेट्न तिम्रो होस्टेल मा म र शिब गएका थिए । त्यस पछि शिबले मलाई तिम्रो बारेमा सुनाएका थियो ।
( उसले मलाई होस्टेलमा गएको बेलाको Funny moments को बारेमा भन्नु थाले )
त्यो बेलाको कुरा सम्जिदा धेरै हासो उठ्दै थियो तर हासो सँगै आखाबाट आशु पनि बग्दै थियो ।
शिब लाई भेट्नु जानुको लागि जङ्गल को बाटो बाट जानू पर्थ्यो । हामी आधी बाटोमा पुगिसकेका थिए कि अचानक बाटोमा भेैसी को झुन्ड भाग्दै आउदै थियो । भैसीलाई देखेेेर राजको हात काप्नु थाले । एउटा भैसीले आएर उसको बाइकमा जोरले हान्यौ । हामी बाईक बाट झरेर जङ्गल तर्फ झरे ।
मेरो खुट्टामा हल्का चोट लागेको थियो त्यै भएर म पीडाले छटपटाउदै थिए । उता राजको अनुहार भैसी कै गोखर माथी झरेको थियो । उसलाई हेर्दा म दात निकाल्दै हास्नु थाले । उनी रिसले मलाई कुट्नु खोज्दै थिए तर उसको शरीरमा यति चोट लागेको थियो कि उ उठ्नु पनि सकिरहेको थिएन ।
बाटोमा कुनै मान्छेलाई आवत जावत गरेको पनि देखेन । हामी त्यहा 1 घण्टा जति आराम गर्दा हाम्रो पीडा हल्का कम भयो । बाईकलाई हेर्दा पुरै बिग्रिसकेका थियो , मैले राजलाई अब के गर्ने सोध्दा उसले बाटोमा कुनै गाडी भेटायो भने त्यै गाडी मा जाने भन्यो ।
राती 7 बज्यो त्यै पनि कुनै मान्छेलाई बाटोमा आएको देखिन । हामीलाई भोक तिर्खाले भोक पनि लागेको थियो र त्यसतो बिरानो जङगलमा हुदा डर पनि लाग्दै थियो । मैले आफ्नो ह्यान्ड ब्यागमा हेर्दा भगवानलाई ढोग्दै गरेको बेला पण्डित ज्युले दिनु भएको एउटा लड्डु को प्रसाद थियो । मैले त्यसलाई निकालेर खानु लाग्दा राज मुख चटपटाउनु थाले । मैले सोचे उसलाई पनि खानु मन लागे होला । त्यै भएर ती एक लड्डु बाट आधा आधा गरेर दुबै जना खाए । जिन्दगीमा कहिले पनि यस्तो दिन आएका थिएन तर त्यो दिन शिब लाई भेट्नु जादा अचानक यस्तो दुर्घटना को स्वीकार हुनु पर्यो ।

Wait for another episodes

Comments

धेरै पढिएका कथाहरू.....

सायद येस्तै रहेछ प्रेम ! भाग १

बैसाख महिना !! बिहानको येस्तै ११ बजे अफिस अगाडि चट्ट कान्तिपुर पत्रीका पढी रहेको थिय । एकाएक चर्को आवाजले कोहि बोल्दै आइ रहेका थिय । येसो पछाडी फर्केर हेरे ४ जना केटिहरु लेहेङ्गामा सजियर मस्त गफ लगाउदै आयेका थिय ।  उनिहरुको शरीर बाट मीठो अत्तरको बास्ना आइ रहेको थियो । ती ४ जना मध्य किन किन एउटि केटि सार्है मन पर्यो । रातो ब्लाउज अनि गुलाबी रङ्गको लेहेङ्गा लगायेकी थिइन । किन किन ? उन्को मुहार भन्दा मलाइ उन्को त्यो लेहेङ्गा पो दिमागमा याद आयो । साच्चै नै उनी एक परिको प्रतिबिम्ब भन्दा फरक पर्दैन थियो होला । येस्तै कुरा सोच्दै बसेको थिय एक जनाले भनिन " दाइ यहाँ साहारा पार्टी प्यालेश कहाँ छ ? " मैले पनि सिधै अगाडि गयेर हेर्नू त्यहा ठूलो पेट्रोल पम्प छ त्यसैको पचाडि छ साहारा पार्टी प्यालेश । उनी हरु हस भन्दै त्यहा बाट लागे । पार्टी प्यालेस भनी सकेपछी पक्कै उनि हरु बिहामै आयेका हुन सक्छन तर कहाँ बाट ? येस्तै प्रश्न उल्झी रहे ! म बस त्यही राती ब्लाउज अनि गुलाबी लेहेङ्गा लगाउने केटिकै बारेमा मात्र सोची रहे ,! ...को होलिन ? कहाकी होलिन ? कस्को बिहेमा आयेकी होलिन ? ओहो ! प्रश्न पनि कति

काल्पनिक कथा

"Uff फेरि त्यही पुरानो T- shirt 😏 मैले दिएको चै लगाउन हुन्न है हुन त म जस्ती नराम्री ले दिएको के लगाउनु हुन्थ्यो र " भन्दै उ रिसाइ हाल्थी !! मानौ उस्लाइ रिसाउन कुनै कारण नै चहिदैन थियो. म हास्दै भन्थ्ये !! ...भैगो नि त अब नरिसाउ न यति राम्री छौ !! आफू ले आफै लाई कसैले नराम्रो भन्छ त लाटी !! आज बिर्सिएर यो लगाएछु अब पक्का अर्को पल्ट भेट्दा तिमी ले दिएको T - shirt लगाएर आउछु नि !! भन्दै म फकाउथ्ये !! " खुब अब त आएको आएइ हो !! किन भेटिरहनु पर्यो र ...न मैले भेनेको केही मान्नु हुन्छ !! सधै हेप्नु मात्र हुन्छ मलाइ 😐 यसरी नै हेप्नु न कुन दिन सधै को लागि छोडेर गै दिन्छु अनि थाहा पाउनु हुन्छ " ..उन्ले  यी कुरा भनी रहदा म फरक्क टाउको फर्काएर रिसाइ दिन्थ्ये एक छिन दुबै बोल्दैन थिएउ !! म भुइँ को घाँस का ती टुक्रा हरु चुड्दै बस्थ्ये !! पछाडी बाट झ्याप्पौ अङ्गालो मा पर्थिन...र भन्थिन... " मैले तेसै भन्देको मात्र हु !! नरिसाउनु न 😐 अहिले रोइ दिन्छु अनि मलाइ फकाउन आउदैन के.... म अझै बढी माया पाउने आश ले जानी जानी उन्को हात लाई मेरो काध बाट हटाइ दिन्थ्ये !! उनी र

"मन छुने प्रेम कथा"

:केटो ले केटि लाई फोन गर्छ! ❤️केटो-: "हेल्लो ! ❤️केटि-: "हजुर, भन,,! ❤️केटो-: :miss you. ❤️केटि-: "miss you to. आज बिहानै देखि खोई किन        तिम्रो धेरै याद आयिराछ। ❤️केटो-: "(केहि समय रोकिएर) i love you. तिमी अहिले म संग आउन सक्छेऊ। ❤️केटि-: "अं सक्छु, मलाई पनि तिमी संग भेट्न मन लागिराछ। ❤️केटो-: "म अस्पताल मा छु, छिटो आउनु है। ❤️केटि-: "(हतारिदै)के भो तिम्लाई,,?मलाई भन त। ❤️केटो-: "'Dear' त्यस्तो डराउनु पर्ने केहि भछैन मलाई, बस् तिमी आऊ। ❤️केटीले फोन काट्छे र हतारिदै ऊ अस्पताल जान्छे♡ : ♡केटि-: "के भो 'समिर' लाई? ♡केटा को 'बाऊ'-: "नानी' समिर लाई चिन्छेऊ? ♡केटि-: "चिन्छु, म समिर को मिल्ने साथि हो। ♡"बाऊ-: "(गह भरि आँशु बनाउदै) समिर लाई 'ब्लोड क्यान्सर' छ, उ संग भेट्न जादा केहि नभनि दिनू, उस्लाई केहि थाहा छैन। ♡यस्तो कुरा सुन्ने बित्तिकै केटि पागल जस्तै हुन्छे, केहि सोच्नै सक्दिने, यो सपना हो या बिपना♡ : ♡केही समय पछि केटो लाई होस् आउछ र आफ्नो बाऊ लाई सोध्छ♡ ♡केटो-: