पवन पाण्डे
म्या ...म्या … यो बाख्रा नि कति कराउन सकेको होला ! बरु नारायण गोपालको गुत सुन्छु.. टुर ~ टुर~टुर ~ टुर ...कस्को फोन आयो यो घाडोमा ..हेल्लो भन्दै फोन उठाय ! उता बाट "कहाँ होर खाना खाने बेला भै सक्यो अझै अत्तो पत्तो छैन" भन्दै एउटा मीठो आवाज आयो ! त्यो आवाजले यो अस्त ब्यस्त रहेको मुटु लाई ब्यबस्थित बनाइ हाल्यो ! छेउमा बाख्रा कराउन नि बन्द भयो ! मैले पनि हजुर भने ! उता बाट फोन कट भयो ! म खै को हो अलमल परे ! अनि फेरि त्यहि नारायण गोपालको " यो सम्झिमे मन छ म बिर्सु कसरि" भन्ने गितमा मग मस्त थाले ! करिब आधा घन्टा पछि म त निदाउन आटेको थिय फेरि टुर ~ टुर ~ टुर कस्को फोन आयेछ तीन घन्टी बजे पछि येसो हेरेको त्यही अगिनैको नम्बर पो ! फोन उठायर "हेल्लो" मात्र के भन्न भ्यायेको थिय फेरि गाली हरुको बर्सात हुन लाग्यो ! "हैन एक चोटि भनेर लाग्दैन भात सेलाउने बेला भै सक्यो यो मान्छे को अत्तो पत्तो छैन ! " हैन के बोल्दै छौ तिमी भन्दै मैले जवाफ फर्काय ! उन्ले बढी मस्का लगाउन पर्दैन खुरुक्क घर आउनी भन्दै थर्काइन ! मलाइ अत्ति भयो र फोन गरे ! उन्ले उठाइन र मैले पनि तपाईं को होर किन थर्काउनु भाछ मलाइ ! भन्दै जवाफ दिय ! "को होर हजुर ? मैले मेरो दाइलाइ गरेको कता पर्यो र ? " भन्दै प्रश्न गरिन ? हजुरले रङ्ग नम्बर डाइल गर्नु भयेछ चेक गर्नु त भन्दै उन्लाइ सम्झाय ! ….उन्ले पनि सरि भन्दै जवाफ फर्काइन र फोन कट गरिन ! मलाइ किन किन उन्को त्यो बोलि असाध्यै मन पर्यो ! अनि बारम्बार त्यही नम्बर हेर रहे ! मन भरी आश लिदै कि फेरि पनि त्यही नम्बर बाट कल आउँछ तर अपसोच फोन आयेन ! करिब येस्तै बेलुकाको ८ बजेको थियो बाख्राको गोठ पनि नजिकै अनि भरखर भर्खर ब्यायको त्यसैले सारै कराउने ! कति अल्छि लाग्दो ! न कसैको फोन आउने ! बारम्बार त्यही नम्बर हेरि रहे तर अपसोच त्यस पछि फोन आयेन ! समय बित्दै जादा रातिको ११ बजे मलाइ थाम्न गारो भयो अनि चस्स मिस्कल हान्दिय त्यो नम्बरमा …..
क्रमश :...
Comments