बस एक्कासि ठोकियो । सबै बिचलित भएका थिए । भाग्य बलियो थियो भनौं या मर्न लेखिएको थिएन भनौं driver अलिकति घाइते भएछ अरु कसैलाई केही भएन । भनिन्छ नि मानो सकिएको छैन भने केही हुँदैन हो त्यस्तै भएको थियो । एकछिन सबै ओर्लियौ अनि यम्बुलेन्स आएर driver लाई हस्पिटल लिएर गयो हामी अर्को बस चेन्ज गरेर हिड्यौ । अर्को बस चढेपछी चमेली लाई फोन गरेर सबै कुरा भने । उ पनि अलि चिन्तित भएकी थिइ ! केही घन्टा यात्रा गरेपछि बस बाट ओर्लेर train चढे अब दुई दिन यो train भित्र कसरी काट्ने यहि चिन्ता थियो । खाना आयो तर खान मन लागेन त्यसैले खाना cancel गरे अनि समोसा मगाएर खाए । जति जति साझ हुँदै गयो त्यति त्यति चमेली को याद मन भरी हुन हुन थाल्यो । उ कस्ति देख्छे होलि राम्री छे कि नराम्री छे होलि यस्तै यस्तै कुरा मनमा खेलाउदै निदाएछु । लगभग 10;30 तिर मुबाइल बज्यो उसैको फोन रहेछ अनि receive गरे । कहाँ आइपुग्नु भो भनी । खै यस्तो अधेरो मा कहाँ आइपुगे थाहा छैन भने । कति बेला ओर्लिनु हुन्छ भोलि भनेर सोधी ? त्यस्तै बेलुका 9 बजे तिर ओर्लिन्छु होला भने । अरु दिन झैँ त्यो दिन पनि धेरै कुरा भयो तर पहिला भन्दा फरक कहाँ भेट्ने