Skip to main content

कथा -रङ नम्बर (wrong number )(भाग=5)

बस एक्कासि ठोकियो । सबै बिचलित भएका थिए । भाग्य बलियो थियो भनौं या मर्न लेखिएको थिएन भनौं driver अलिकति घाइते भएछ अरु कसैलाई केही भएन । भनिन्छ नि मानो सकिएको छैन भने केही हुँदैन हो त्यस्तै भएको थियो । एकछिन सबै ओर्लियौ अनि यम्बुलेन्स आएर driver लाई हस्पिटल लिएर गयो हामी अर्को बस चेन्ज गरेर हिड्यौ । अर्को बस चढेपछी चमेली लाई फोन गरेर सबै कुरा भने । उ पनि अलि चिन्तित भएकी थिइ ! केही घन्टा यात्रा गरेपछि बस बाट ओर्लेर train चढे अब दुई दिन यो train भित्र कसरी काट्ने यहि चिन्ता थियो । खाना आयो तर खान मन लागेन त्यसैले खाना cancel गरे अनि समोसा मगाएर खाए । जति जति साझ हुँदै गयो त्यति त्यति चमेली को याद मन भरी हुन हुन थाल्यो । उ कस्ति देख्छे होलि राम्री छे कि नराम्री छे होलि यस्तै यस्तै कुरा मनमा खेलाउदै निदाएछु । लगभग 10;30 तिर मुबाइल बज्यो उसैको फोन रहेछ अनि receive गरे । कहाँ आइपुग्नु भो भनी । खै यस्तो अधेरो मा कहाँ आइपुगे थाहा छैन भने । कति बेला ओर्लिनु हुन्छ भोलि भनेर सोधी ? त्यस्तै बेलुका 9 बजे तिर ओर्लिन्छु होला भने । अरु दिन झैँ त्यो दिन पनि धेरै कुरा भयो तर पहिला भन्दा फरक कहाँ भेट्ने कसरी भेट्ने यस्तै यस्तै कुरामा ।
खै आज किन हो अनौठो लागिराथ्यो सायद चमेली संग भेटने दिन नजिकिएको भएर होला । मनमा छुट्टै खुशी थियो ,आँखा मा हजारौं सपना थिए जुन सपना चमेली बिना अधुरो थियो । न देखेरै पनि यस्तो माया बस्छ होला भन्ने मैले कल्पना पनि गरेको थिएन । सायद सुन्ने हरु ले त बिश्वास गर्ने थिएनन होला हाम्रो प्रेम कहानी ! मन भरी उस्कै याद भरिएको थियो त आँखा भरी उसकै कल्पना । यो मन झन् झन् बिचलित हुँदै थियो उसको चाहना मा । अझै दुई दिन को यात्रा बाकी नै थियो घर पुग्न ! घर पुगेर उसलाई भेट्न जाने दिन त अझै बाकी थिए । तर आँखा भने उसलाई हेर्न उत्साहित थियो कहिले देखु र अघाउने जेल हेरु झैँ भाको थियो ।
यस्तै यस्तै कल्पना मा दुई यात्रा हरु पनि सकियो बेलुका लगभग 6 pm तिर घर आइपुगे । आमा बुबा धेरै खुशी देखिनु भएको थियो । म पनि खुशी थिए यतिका महिना पछि आमा बुबा को साथमा थिए साच्चै एकदमै रमाइलो महसुस भएको थियो त्यति बेला । आमा ले खाना पकाउनु भो अनि सबै संगै बसेर खायौं । साच्चै आमाको हातमा जादु हुन्छ क्यारे आमा ले जे पकाएर दिनु भए पनि अमृत भन्दा कम हुँदैन । आज धेरै पछि आमाको हात को खाना खाए पेट अघाए पनि मन भरिएको थिएन अझै खाउ झैँ लागिराथ्यो ! जति खायो त्यति मिठो लाग्ने आमा ले बनाउनु भाको चिज ।
खाना खाएर सकिए पछी बुबाले बोलाउनु भो अनि बुबा भाको ठाउमा गएर किन बोलाउनु भाको सोधे ? आमा पनि संगै हुनुहुन्थ्यो ! बुबाले अब उमेर पनि भयो तेरो बिहे गर्नु पर्यो भन्नू भयो । बुबा को कुरा सुनेर एकछिन पेट मिचिमिची हासे । फेरि बुबा रिसाउनु भो कि सोचेर आफ्नो हासो बन्द गरेर भने बुबा यति छिट्टै कस्ले बिहे गर्छ पहिला केही गरुँ अनि मात्र बिहेको बारे सोचौला भने । बुबा ले पनि कर गर्नु भएन ! ल ल तलाइ जे सहि लाग्छ त्यै गर भन्नू भो ।अनि म आफ्नो कोठा तिर लागे । म नभए पनि आमा ले कोठा सफा गरेर राख्दिनु भाको रहेछ । कोठा को चारैतिर आँखा डुलाए एक्कासि आँखा एउटा कागज मा गएर रोकियो । कागज झिकेर हेरे ! कुनै कपि को पाना थिए जहाँ स-साना अक्षर ले सजिएको थियो । हेर्दा एकदमै लोभलाग्दो तरिकाले सजाएर लेखिएको थियो । कस्ले लेखेको होला किन लेखेको होला अनि के लेखिएको थियो होला मन भरि हजारौं प्रश्न उठन थाल्यो । आज भन्दा लगभग 2 बर्ष पछाडि गएर सोचे ।
एकाएक एस एस सि दिनु अघिको कुरा सम्झिए । एस एस सि दिनु अघि कसैले दिएको प्रेम पत्र थियो त्यो । नाम एलिसा थियो उसको ! मान्छे हेर्दा डल्लि डल्लि मिलेको अनुहार भर्खरै पाकेको स्याउ झै राता राता गाला थिए जो कोहि पनि आकर्सित हुन्थे उनलाई देखेर । उसैले लेखेको प्रेम पत्र थियो त्यो । तर मलाई त्यति बेला प्रेम के हो थाहा थिएन र मैले उसलाई कहिले त्यस्तो नजर ले हेरेको पनि थिएन । उसले बार बार पत्र लेख्थी म सबै च्यातेर फालिदिन्थे ! तर उसले दिएको अन्तिम पत्र मैले आफ्नै कोठा को भित्तामा टासेर राखेको थिए । उसले लेखेका हरेक शब्द मार्मिक थिए अनि हरेक शब्द आकर्षक पनि । तर पनि यो मन ले उसलाई प्रेमिका कहिले मानेन । सबै पत्र पढ्दै गए अन्तिममा ( I love you madan ) लेखिकी थिइ जुन 13 अक्षर रगत ले लेखिकी थिइ । साच्चै पागल थिइ उ पनि मेरो प्रेममा । मैले पनि उसलाई स्वीकार गर्न नखोजेको होईन तर यो मन ले उसलाई प्रेमिका मान्न तयार भएन । भनिन्छ नि प्रेम आकर्सक गरेर हुँदैन मन संग मन मिल्नु पर्छ । त्यसैले होला उसलाई प्रेमिका मान्न तयार भएन यो मन ।
त्यो पत्र त्यही राखे अनि चमेली लाई फोन गरे । पर्सि धादिङ मा भेट्ने भनी अनि फोन राखिदिए । फोन राखेपछि एलिसा कहाँ होलि कस्ति भै होलि उसको बिहे भयो कि भएन होला यस्तै यस्तै कुरा मनमा खेलाउदै थिए ! कसैले कोठा को ढोका नक नक गर्यो उठेर ढोका खोले आमा आउनु भा रैछ ।किन आमा यति राती भनेर सोधे ? आमा ले कसैको फोटो दिदै ल यो हेर मन पर्यो भने बिहे को कुरा चलाउछु भन्नू भो । मैले अघि नै भने त आमा म अहिले बिहे गर्दिन । अहिले बिहे नगरे नगर तर कुरा छिनेर राखौ भन्नू भो । अहिले को केटी हरु को पर्खेर बस्छ भने? उसले पर्खिन्छु भनेकी छे भन्नू भो । खोइ दिनु त कस्ति रैछे हेरौं भनेर आमा को हात देखि फोटो लिएर हेरे ! जब फोटो हेरे म अचम्म मा परे -----

बाकी भाग को प्रतीक्षा गर्नुहोला ।

Comments

धेरै पढिएका कथाहरू.....

Nepali Full Love Story || College कलेज|| In Nepali Language...

          कलेज        भर्खर स्कुले जीवन बिताएर कलेज जानू आफैमा खुसीको कुरा थियो । स्कुलमा जस्तो गृहकार्य गर्न नपर्ने र पढ्न मन लागे पढ्ने नत्र जता गए नि हुने भन्ने कुरा धेरै सुनेको थिए मैले । आज सुरु दिन थियो मेरो कलेजमा गाउँ बाट भर्खर शहर झरेको एक हप्ता मात्रै भएको थियो । त्यति थाहा थिएन शहरको रहनसहन र रमझम र झन कलेजको बारेमा थाहा हुने त कुरै भएन । भर्ना गर्न जादा झुलुक्क पुगेर काम सकेर फर्किएको थिए म राम्रो संग हेर्दा पनि हेरिन । नया भएकै भएर होला अफ्ट्यारो महशुस हुन्थ्यो तर जे भए नि पढ्न भनेर आइसकेपछि नगएर पनि त भएन । बिहानै उठे जुत्ता हिजो दिउसै देखि टलक्क टल्कने बनाएर पोलिस लगाएर राखेको थिए । कलेजको पोशाक पनि सफा चट्टको बनाएको थिए । पोशाक लगाएर बाथरुम मा गएर आफुलाई नियाले धेरैबेर सम्म । शिर देखि माथी सम्म दोहोराउदै तेह्राउदै हेरे सबै ठिक लाग्यो अनि ठूलो झोला भित्र एउटा मात्र कापि हालेर निस्किए कलेज तिर । त्यो बेलाको फेसन रे त्यो झोलाको छोटो फिता बनाएर टपक्क टासिने गरेर भिर्नु पर्ने अनि माथी पट्टी ग...

Full Love Story ||Love Seasson|| In Nepali Language

  Love Session मेरो जन्म पण्डित श्री बिश्वेशवर चन्द्र प्रसाद पण्डित ज्युको घर मा भएको थियो । कसैलाई म मेरो बाबा को नाम भन्दा तिमीले आफ्नो बाबाको नाम भनेको कि तिम्रो ठेगाना भनेर खिल्लि उठाउथे । पण्डित ज्यु को घरमा मेरो जन्म भएकोले बाबाले आफै मेरो नाककरण गर्नु भएका थिए । मेरो नवरण को नाम प्रेम सुँन्दर चन्द्र प्रसाद पण्डित राखि दिनु भएको थियो । यो भन्दा त सानो मेरो घरको ठेगाना थियो , यति ठुलो नाम कसैलाई भन्दा सबै हासेर जिस्काउथे । म आफ्नो बाबाको एक्लो छोरा भएकोले गाउँ भरीका मान्छेहरुले मलाई छोटु पण्डित भनेर बुलाउनु हुन्थ्यो । हुन त नाम जति लामो थियो , उति धेरै मान सम्मान पनि थियो । तपाई सबैलाई थाहा नै होला , पण्डित ज्यु कसैको घरमा जादा , घरको मान्छेहरूले आफै कुर्सी दिएर बस्नु लगाउनु हुनु हुन्थ्यो । तर खासै मलाई इ मान सम्मान इज्जत को कुनै अावश्यक छैन जस्तो लाग्थ्यो । म जब स्कुल जान्थे , दलित जातका साथीहरू मेरो बेन्च बाटै उठेर अर्को बेन्च मा बस्ने गर्थे । म छक्क पर्दै किन उठेको भनेर सोध्दा उनीहरूले हामी तल्लो जातको हो त्यसैले हामीलाई तिमी सँग बस्नु अनुमति छैन भन्ने गर्थे । तर त्यै कक्ष...

दुखी बालक

एउटा प्रार्थमिक बिद्यालयकि शिक्षीका (मिस) ले एकदिन कक्षा तिन का बिद्यार्थी सँग परिक्षा लिईन| परिक्षामा एउटा मनोबिज्ञान सँग सम्बन्धित प्रश्न पनि सोधिएको थियो प्रश्न: "यदि मेशिनबाट मान्छेलाई पनि उसले चाहेको सामान बनाउन मिल्ने भए तिमी चाही के बन्थ्यौ ? र किन ?"........ परिक्षा जसै सकियो ति मिसले परिक्षा पत्र जाँच्न को लागी घरैमा लिएर आईन ।साँझ को खाना खाएर मिस कपी जाँच्न बसिन , जाँच्दै गईन् | अन्तिम कपि जाँच्दै गर्दा उनका आँखाभरी आँशु भए , उनका श्रीमान उनकै नजिक बसेर TV मा केहि हेरिरहेका थिए । त्यो देखेर उनले भने किन रोएकी यस्ता कलिला बच्चा बच्चिका कपि जाँच्दा पनि रुनुपर्छ त ? शिक्षीका ले आँशुले भरिएका आँखाले आफ्ना श्रीमान तिर हेर्दै भनिन - आजको परिक्षामा यिनिहरुलाई यौटा प्रश्न सोधिएको थियो । त्यसको जवाफमा एक जना बच्चाले यस्तो लेखेको छ: यदि आफ्नो ईच्छा अनुसारको सामान बन्न पाउने भए म "टि भी."बन्ने थिएँ . . . श्रीमान - (हाँस्दै) धत लाटी यस्तो कुरामा किन रुनु ? मिस - अगाडि सुन्नुस् न अझै ......किन कि टि भी भए सँधै बाबा मम्मि अनि घरका सबै सदस्य मेरो वरिपरि रहने थिए । घरमा ...

बिहेको पहिलो रातमा Part 3

एकै छिनको भौतिक सुखमा मैले प्रेमको परिभाषा भुलेछु ! भन्ने गर्थे "कहिलेकाहीं भौतिक सुखको अघि साँचो प्रेमले नि हार्ने गर्छ ! आज मैले हारेको थिइन मेरो प्रेमले हारेको थियो ! म ...