Skip to main content

कथा -रङ नम्बर (wrong number )(भाग=5)

बस एक्कासि ठोकियो । सबै बिचलित भएका थिए । भाग्य बलियो थियो भनौं या मर्न लेखिएको थिएन भनौं driver अलिकति घाइते भएछ अरु कसैलाई केही भएन । भनिन्छ नि मानो सकिएको छैन भने केही हुँदैन हो त्यस्तै भएको थियो । एकछिन सबै ओर्लियौ अनि यम्बुलेन्स आएर driver लाई हस्पिटल लिएर गयो हामी अर्को बस चेन्ज गरेर हिड्यौ । अर्को बस चढेपछी चमेली लाई फोन गरेर सबै कुरा भने । उ पनि अलि चिन्तित भएकी थिइ ! केही घन्टा यात्रा गरेपछि बस बाट ओर्लेर train चढे अब दुई दिन यो train भित्र कसरी काट्ने यहि चिन्ता थियो । खाना आयो तर खान मन लागेन त्यसैले खाना cancel गरे अनि समोसा मगाएर खाए । जति जति साझ हुँदै गयो त्यति त्यति चमेली को याद मन भरी हुन हुन थाल्यो । उ कस्ति देख्छे होलि राम्री छे कि नराम्री छे होलि यस्तै यस्तै कुरा मनमा खेलाउदै निदाएछु । लगभग 10;30 तिर मुबाइल बज्यो उसैको फोन रहेछ अनि receive गरे । कहाँ आइपुग्नु भो भनी । खै यस्तो अधेरो मा कहाँ आइपुगे थाहा छैन भने । कति बेला ओर्लिनु हुन्छ भोलि भनेर सोधी ? त्यस्तै बेलुका 9 बजे तिर ओर्लिन्छु होला भने । अरु दिन झैँ त्यो दिन पनि धेरै कुरा भयो तर पहिला भन्दा फरक कहाँ भेट्ने कसरी भेट्ने यस्तै यस्तै कुरामा ।
खै आज किन हो अनौठो लागिराथ्यो सायद चमेली संग भेटने दिन नजिकिएको भएर होला । मनमा छुट्टै खुशी थियो ,आँखा मा हजारौं सपना थिए जुन सपना चमेली बिना अधुरो थियो । न देखेरै पनि यस्तो माया बस्छ होला भन्ने मैले कल्पना पनि गरेको थिएन । सायद सुन्ने हरु ले त बिश्वास गर्ने थिएनन होला हाम्रो प्रेम कहानी ! मन भरी उस्कै याद भरिएको थियो त आँखा भरी उसकै कल्पना । यो मन झन् झन् बिचलित हुँदै थियो उसको चाहना मा । अझै दुई दिन को यात्रा बाकी नै थियो घर पुग्न ! घर पुगेर उसलाई भेट्न जाने दिन त अझै बाकी थिए । तर आँखा भने उसलाई हेर्न उत्साहित थियो कहिले देखु र अघाउने जेल हेरु झैँ भाको थियो ।
यस्तै यस्तै कल्पना मा दुई यात्रा हरु पनि सकियो बेलुका लगभग 6 pm तिर घर आइपुगे । आमा बुबा धेरै खुशी देखिनु भएको थियो । म पनि खुशी थिए यतिका महिना पछि आमा बुबा को साथमा थिए साच्चै एकदमै रमाइलो महसुस भएको थियो त्यति बेला । आमा ले खाना पकाउनु भो अनि सबै संगै बसेर खायौं । साच्चै आमाको हातमा जादु हुन्छ क्यारे आमा ले जे पकाएर दिनु भए पनि अमृत भन्दा कम हुँदैन । आज धेरै पछि आमाको हात को खाना खाए पेट अघाए पनि मन भरिएको थिएन अझै खाउ झैँ लागिराथ्यो ! जति खायो त्यति मिठो लाग्ने आमा ले बनाउनु भाको चिज ।
खाना खाएर सकिए पछी बुबाले बोलाउनु भो अनि बुबा भाको ठाउमा गएर किन बोलाउनु भाको सोधे ? आमा पनि संगै हुनुहुन्थ्यो ! बुबाले अब उमेर पनि भयो तेरो बिहे गर्नु पर्यो भन्नू भयो । बुबा को कुरा सुनेर एकछिन पेट मिचिमिची हासे । फेरि बुबा रिसाउनु भो कि सोचेर आफ्नो हासो बन्द गरेर भने बुबा यति छिट्टै कस्ले बिहे गर्छ पहिला केही गरुँ अनि मात्र बिहेको बारे सोचौला भने । बुबा ले पनि कर गर्नु भएन ! ल ल तलाइ जे सहि लाग्छ त्यै गर भन्नू भो ।अनि म आफ्नो कोठा तिर लागे । म नभए पनि आमा ले कोठा सफा गरेर राख्दिनु भाको रहेछ । कोठा को चारैतिर आँखा डुलाए एक्कासि आँखा एउटा कागज मा गएर रोकियो । कागज झिकेर हेरे ! कुनै कपि को पाना थिए जहाँ स-साना अक्षर ले सजिएको थियो । हेर्दा एकदमै लोभलाग्दो तरिकाले सजाएर लेखिएको थियो । कस्ले लेखेको होला किन लेखेको होला अनि के लेखिएको थियो होला मन भरि हजारौं प्रश्न उठन थाल्यो । आज भन्दा लगभग 2 बर्ष पछाडि गएर सोचे ।
एकाएक एस एस सि दिनु अघिको कुरा सम्झिए । एस एस सि दिनु अघि कसैले दिएको प्रेम पत्र थियो त्यो । नाम एलिसा थियो उसको ! मान्छे हेर्दा डल्लि डल्लि मिलेको अनुहार भर्खरै पाकेको स्याउ झै राता राता गाला थिए जो कोहि पनि आकर्सित हुन्थे उनलाई देखेर । उसैले लेखेको प्रेम पत्र थियो त्यो । तर मलाई त्यति बेला प्रेम के हो थाहा थिएन र मैले उसलाई कहिले त्यस्तो नजर ले हेरेको पनि थिएन । उसले बार बार पत्र लेख्थी म सबै च्यातेर फालिदिन्थे ! तर उसले दिएको अन्तिम पत्र मैले आफ्नै कोठा को भित्तामा टासेर राखेको थिए । उसले लेखेका हरेक शब्द मार्मिक थिए अनि हरेक शब्द आकर्षक पनि । तर पनि यो मन ले उसलाई प्रेमिका कहिले मानेन । सबै पत्र पढ्दै गए अन्तिममा ( I love you madan ) लेखिकी थिइ जुन 13 अक्षर रगत ले लेखिकी थिइ । साच्चै पागल थिइ उ पनि मेरो प्रेममा । मैले पनि उसलाई स्वीकार गर्न नखोजेको होईन तर यो मन ले उसलाई प्रेमिका मान्न तयार भएन । भनिन्छ नि प्रेम आकर्सक गरेर हुँदैन मन संग मन मिल्नु पर्छ । त्यसैले होला उसलाई प्रेमिका मान्न तयार भएन यो मन ।
त्यो पत्र त्यही राखे अनि चमेली लाई फोन गरे । पर्सि धादिङ मा भेट्ने भनी अनि फोन राखिदिए । फोन राखेपछि एलिसा कहाँ होलि कस्ति भै होलि उसको बिहे भयो कि भएन होला यस्तै यस्तै कुरा मनमा खेलाउदै थिए ! कसैले कोठा को ढोका नक नक गर्यो उठेर ढोका खोले आमा आउनु भा रैछ ।किन आमा यति राती भनेर सोधे ? आमा ले कसैको फोटो दिदै ल यो हेर मन पर्यो भने बिहे को कुरा चलाउछु भन्नू भो । मैले अघि नै भने त आमा म अहिले बिहे गर्दिन । अहिले बिहे नगरे नगर तर कुरा छिनेर राखौ भन्नू भो । अहिले को केटी हरु को पर्खेर बस्छ भने? उसले पर्खिन्छु भनेकी छे भन्नू भो । खोइ दिनु त कस्ति रैछे हेरौं भनेर आमा को हात देखि फोटो लिएर हेरे ! जब फोटो हेरे म अचम्म मा परे -----

बाकी भाग को प्रतीक्षा गर्नुहोला ।

Comments

धेरै पढिएका कथाहरू.....

सायद येस्तै रहेछ प्रेम ! भाग १

बैसाख महिना !! बिहानको येस्तै ११ बजे अफिस अगाडि चट्ट कान्तिपुर पत्रीका पढी रहेको थिय । एकाएक चर्को आवाजले कोहि बोल्दै आइ रहेका थिय । येसो पछाडी फर्केर हेरे ४ जना केटिहरु लेहेङ्गामा सजियर मस्त गफ लगाउदै आयेका थिय ।  उनिहरुको शरीर बाट मीठो अत्तरको बास्ना आइ रहेको थियो । ती ४ जना मध्य किन किन एउटि केटि सार्है मन पर्यो । रातो ब्लाउज अनि गुलाबी रङ्गको लेहेङ्गा लगायेकी थिइन । किन किन ? उन्को मुहार भन्दा मलाइ उन्को त्यो लेहेङ्गा पो दिमागमा याद आयो । साच्चै नै उनी एक परिको प्रतिबिम्ब भन्दा फरक पर्दैन थियो होला । येस्तै कुरा सोच्दै बसेको थिय एक जनाले भनिन " दाइ यहाँ साहारा पार्टी प्यालेश कहाँ छ ? " मैले पनि सिधै अगाडि गयेर हेर्नू त्यहा ठूलो पेट्रोल पम्प छ त्यसैको पचाडि छ साहारा पार्टी प्यालेश । उनी हरु हस भन्दै त्यहा बाट लागे । पार्टी प्यालेस भनी सकेपछी पक्कै उनि हरु बिहामै आयेका हुन सक्छन तर कहाँ बाट ? येस्तै प्रश्न उल्झी रहे ! म बस त्यही राती ब्लाउज अनि गुलाबी लेहेङ्गा लगाउने केटिकै बारेमा मात्र सोची रहे ,! ...को होलिन ? कहाकी होलिन ? कस्को बिहेमा आयेकी होलिन ? ओहो ! प्रश्न पनि कति

काल्पनिक कथा

"Uff फेरि त्यही पुरानो T- shirt 😏 मैले दिएको चै लगाउन हुन्न है हुन त म जस्ती नराम्री ले दिएको के लगाउनु हुन्थ्यो र " भन्दै उ रिसाइ हाल्थी !! मानौ उस्लाइ रिसाउन कुनै कारण नै चहिदैन थियो. म हास्दै भन्थ्ये !! ...भैगो नि त अब नरिसाउ न यति राम्री छौ !! आफू ले आफै लाई कसैले नराम्रो भन्छ त लाटी !! आज बिर्सिएर यो लगाएछु अब पक्का अर्को पल्ट भेट्दा तिमी ले दिएको T - shirt लगाएर आउछु नि !! भन्दै म फकाउथ्ये !! " खुब अब त आएको आएइ हो !! किन भेटिरहनु पर्यो र ...न मैले भेनेको केही मान्नु हुन्छ !! सधै हेप्नु मात्र हुन्छ मलाइ 😐 यसरी नै हेप्नु न कुन दिन सधै को लागि छोडेर गै दिन्छु अनि थाहा पाउनु हुन्छ " ..उन्ले  यी कुरा भनी रहदा म फरक्क टाउको फर्काएर रिसाइ दिन्थ्ये एक छिन दुबै बोल्दैन थिएउ !! म भुइँ को घाँस का ती टुक्रा हरु चुड्दै बस्थ्ये !! पछाडी बाट झ्याप्पौ अङ्गालो मा पर्थिन...र भन्थिन... " मैले तेसै भन्देको मात्र हु !! नरिसाउनु न 😐 अहिले रोइ दिन्छु अनि मलाइ फकाउन आउदैन के.... म अझै बढी माया पाउने आश ले जानी जानी उन्को हात लाई मेरो काध बाट हटाइ दिन्थ्ये !! उनी र

"मन छुने प्रेम कथा"

:केटो ले केटि लाई फोन गर्छ! ❤️केटो-: "हेल्लो ! ❤️केटि-: "हजुर, भन,,! ❤️केटो-: :miss you. ❤️केटि-: "miss you to. आज बिहानै देखि खोई किन        तिम्रो धेरै याद आयिराछ। ❤️केटो-: "(केहि समय रोकिएर) i love you. तिमी अहिले म संग आउन सक्छेऊ। ❤️केटि-: "अं सक्छु, मलाई पनि तिमी संग भेट्न मन लागिराछ। ❤️केटो-: "म अस्पताल मा छु, छिटो आउनु है। ❤️केटि-: "(हतारिदै)के भो तिम्लाई,,?मलाई भन त। ❤️केटो-: "'Dear' त्यस्तो डराउनु पर्ने केहि भछैन मलाई, बस् तिमी आऊ। ❤️केटीले फोन काट्छे र हतारिदै ऊ अस्पताल जान्छे♡ : ♡केटि-: "के भो 'समिर' लाई? ♡केटा को 'बाऊ'-: "नानी' समिर लाई चिन्छेऊ? ♡केटि-: "चिन्छु, म समिर को मिल्ने साथि हो। ♡"बाऊ-: "(गह भरि आँशु बनाउदै) समिर लाई 'ब्लोड क्यान्सर' छ, उ संग भेट्न जादा केहि नभनि दिनू, उस्लाई केहि थाहा छैन। ♡यस्तो कुरा सुन्ने बित्तिकै केटि पागल जस्तै हुन्छे, केहि सोच्नै सक्दिने, यो सपना हो या बिपना♡ : ♡केही समय पछि केटो लाई होस् आउछ र आफ्नो बाऊ लाई सोध्छ♡ ♡केटो-: