Skip to main content

बिहेको पहिलो रातमा Part 10(अन्तिम )


"बोल प्रभास ! मेरो आभासलाइ ठिक त छ होइन ! मेरो अभुलाइ ठिक त छ हैन ? इज हि अलराइट अर ?......"
अँह धेरै बेर केही जवाफ आएन !
आभासकी आमाको चिच्याहट रोकिएको थिएन ! आभासको छातिमा नै थियो !
म प्रभासलाइ घचघच्याउन लागेँ , प्रभास किन बोल्दैनौ भन न के भयो मेरो आभासलाइ ?
धेरै समय पछि गहभरी आँसु पारेर बोल्नु भयो ," हि इज नो मोर विथ अस ! हि इज डेढ ! दाइ अब भगवानको प्यारो हुनु भयो ! मलाई छोड्नु भयो ,आमा , बाबा सबैलाई छोड्नुभयो , आफ्नो प्रेमलाइ छोडेर यो दुनियाँबाट सदा सदाको लागि बिदा हुनु भयो !"
मैले पत्याउनै सकिन ! बोलेँ " प्रभास झुटो नबोल ! मेरो आभासलाई केही हुन सक्दैन , हामीले सँगै बाँच्ने सँगै मर्ने कसम खाएका थियौँ , हाम्रो प्रेम यसरी अन्त्य हुन सक्दैन ! उसले मलाई यसरी छोडेर जान सक्दैन ! "
प्रभास फेरि बोल्नु भयो " अस्पताल ल्याइ पुर्याउँदै दाइको मृत्यु भै सकेको रहेछ ! जुनु दि दाइले हार्नु भयो , हजुरहरुको प्रेमले हार्यो ! हजुर हरुको प्रेमको अघि मृत्यु बिजयी भयो ! "
"छोरा , मेरो बाबू , मेरो अभि , यसरिछोडेर जान सक्दैनौ , हेर त तिम्रो मामु , तिमि ज्यान भन्थ्यौ नि मलाई हेर त बाबू म तिम्रो अङ्गालोमा छु , बाबू मेरो भागको खाना मन पर्छ हैन तिमी लाई ? मेरो काखमा आफ्नो टाउको राखेर निदक्सौन मन पर्छ हैन बाबू ! उठ मेरो राज उठ म तिमी लाई सुताउन आएको !" आभासको आमा अर्धपागल जस्तै हुनु भएछ ! आफ्नो छोराको मृत्यु कुन चाहिँ बाबू आमाले सहन सक्छन र ? आमाको त्यो रुवाइ मलाई असह्य्यै भै रहेको थियो !
एउटि आमा आफ्नो छोराको ज्यान मागेर रुँदै थिइन ! कसले सहन सक्थ्यो र ! म भुइँमा पछ्छारिएँ !

सिर्फ आभास मात्र याद आइरह्यो , उसँग पहिलो पटक भेटेको दिन , उसँग बिताएका हरेक पल , उसले बोलेका हरेक कुरा याद आयो ! , उसले म रिसाउँदा फकाउन  भन्ने गर्थ्यो ," कास ! एकचोटी भनेको भए हुन्थ्यो म त्यहाँबाट पनि फिर्ता आउथेँ जहाँबाट कोहि फिर्ता आउँदैनन !"
आज मलाई ऊ चाहिएको छ , आभास चाहिएको छ ! कास ऊ फिर्ता आउँथ्यो , ! मृत्युबाट को फिर्ता आउथ्यो र !
म दोसि थिएँ यो सबै कुराको लागि ! न मैले अतीत सँग बिहे गर्थेँ , न त आभास नै बिचलित हुन्थ्यो न त यो दुर्घटना नै अनि न त आभासको मृत्यु नै हुन्थ्यो !  आभास यतिबेला मेरो काखमा हुन्थ्यो !
म अझै बिश्वस्त छु ऊ पक्का फर्केर आउने छ चाहे त्यो दिन मेरो मृत्यु कै किन नहोस् !
बिश्वस्त त थिएँ तर अब ऊ कहिल्यै नफर्कने गरेर बिदा भइ सकेको थियो ,!

मैले हारेको दिन आज ! प्रेम गर्नेले हारेको दिन आज ! मैले जे देखेँ प्राय प्रेम कहानी हरु अधुरै रहन्छन् , कमै पूरा हुन्छन ! मेरो र आभासको कहानी पनि अधुरै रह्यो !
मैले आभासको अनुहार सम्म हेर्न सकिन ! भुइँमा नै पछाऋएर रोइरहेको थिएँ ! 
के नै गर्न सक्थेँ र अब सम्झन बाहेक ! आभासको याद छ मसँग मिठा मिठा यादगार पलहरु छन मेरो सम्झनामा उसँग बिताएका ! त्यसकै सहारामा अब बाँकी जीवन गुजार्नु थियो मलाई ! म रोइरहेको थिएँ ! अतीत नजिकै आउनु भयो र मलाई आफ्नो अङ्गालोको साहारा दिनुभयो ! रुनको लागि !

THE END

Comments

धेरै पढिएका कथाहरू.....

#Part_5

"जा साले जा दौडी....सम्हाल तेरि प्यारी लाई...जान नदे कसैको अङालो मा !! हिजो - अस्ति हाम्ले  त सग मजाक मात्र गरेका थिएउ..तर तैले मन पराएको मान्छे अरु कसैको अङाको मा लिप्टिएको हामी हे...

Story Title ;- Father'S Day

बुबाको मुख हेर्ने दिन थियो । . . आज बुबाको मुख हेर्न दिन भनेर एउटा सानो बालक स्कुल देखि घर फर्केर ढोकामा उभिरहेको थियो। . . छोरो त्यसरी ढोकामा बसेर सडकतिर हेरेको देखेर आमाले सोधिन;"बाबु के हेरेको तैले?कोही आउन लाग्या छ र?" . . छोराले तोत्ले बोलिमा माया लाग्दो तरिकाले भन्यो; "ममी तपाईलाई थाहा छैन् आज "बाबाको मुख हेर्ने दिन हो" आज बाबा आउनु हुन्छ रे! मलाई बाबाले अस्ति फोनबाट प्रमिस! गर्नु भएको छ त्यही भएर स्कुल देखि २ वटा चक्लेट किनेर ल्याएको छु बाबालाई खुवाउन! . . त्यो सुनेर उसकी आमा धेरै रोईन! आशुका मुल फुटे आखाबाट! . . "बाबु तेरो बाबा अब कहिलै आउदैन्ऩ! प्रहरीको जागिर खाएका तिम्रो बाबा आन्दोलन रोक्ऩ भनि हिडेका थिए तर तिनी आफ्ऩो खुट्टामा होईन काठको बाक्स भित्र घर फर्किए तिमीलाई कसरी भनौ "भन्दै ती आमाले मन मनै सोच्दै रुन थालिन! .. .. आमा रोएको देखेर छोरा भन्ऩ थाल्यो:" मामु किन रुनु भएको तपाईको लागि नि एउटा चक्लेट छ रुक्ऩुन बाबा आएपछि सँगै दिन्छु के" ती आमा झन रुन थालिन! अरु के नै गर्न सक्थिन र रुनु बाहेक

सायद येस्तै रहेछ प्रेम ! भाग १

बैसाख महिना !! बिहानको येस्तै ११ बजे अफिस अगाडि चट्ट कान्तिपुर पत्रीका पढी रहेको थिय । एकाएक चर्को आवाजले कोहि बोल्दै आइ रहेका थिय । येसो पछाडी फर्केर हेरे ४ जना केटिहरु लेहेङ्गामा सजियर मस्त गफ लगाउदै आयेका थिय ।  उनिहरुको शरीर बाट मीठो अत्तरको बास्ना आइ रहेको थियो । ती ४ जना मध्य किन किन एउटि केटि सार्है मन पर्यो । रातो ब्लाउज अनि गुलाबी रङ्गको लेहेङ्गा लगायेकी थिइन । किन किन ? उन्को मुहार भन्दा मलाइ उन्को त्यो लेहेङ्गा पो दिमागमा याद आयो । साच्चै नै उनी एक परिको प्रतिबिम्ब भन्दा फरक पर्दैन थियो होला । येस्तै कुरा सोच्दै बसेको थिय एक जनाले भनिन " दाइ यहाँ साहारा पार्टी प्यालेश कहाँ छ ? " मैले पनि सिधै अगाडि गयेर हेर्नू त्यहा ठूलो पेट्रोल पम्प छ त्यसैको पचाडि छ साहारा पार्टी प्यालेश । उनी हरु हस भन्दै त्यहा बाट लागे । पार्टी प्यालेस भनी सकेपछी पक्कै उनि हरु बिहामै आयेका हुन सक्छन तर कहाँ बाट ? येस्तै प्रश्न उल्झी रहे ! म बस त्यही राती ब्लाउज अनि गुलाबी लेहेङ्गा लगाउने केटिकै बारेमा मात्र सोची रहे ,! ...को होलिन ? कहाकी होलिन ? कस्को बिहेमा आयेकी होलिन ? ओहो ! प्रश्न पनि कति ...

Story Title :- Facebook.Love

एउटा केटाले केटीलाई फेसबुकमा MSG गर्छन । उनीहरू बिच मित्रता हुन्छन । केही दिन पछि केटाले प्रेम प्रस्ताव राख्छ । केटीले पनि स्विकार गर्छ । त्यस पछि उनीहरू भेटेर किस गर्छन । र पछि हुदा हुँदै जिबनको हरेक सिमालाई पार गर्छन । केटी त्यो केटाको मायामा यति पागल हुन्छ कि रात दिन केटालाई MSG गर्दै हुन्छ र केटाले पनि Reply गर्दै हुन्छ । केही दिन पछि केटीले केटालाई फोन गरेर भन्छन कि उसकी पेटमा बच्चा छ र उ सँग बिहे छिट्टै बिहे गर्न चाहन्छ । केटाले म तिमीलाई एक छिन पछि फोन गर्छु भनेर फोन काटी दिन्छ । केटालाई धेरै डर लाग्छ । त्यसैले केटाले केटीको Facebook ID र मोबाईल नो. लाई Block.List मा राखिदिन्छ । केटीले अर्को Account बनाएर कुरा गर्न चाहन्छ तर उसले Msg को Reply गर्न छोड्छ । फोन गर्दा पनि धेरै चर्को स्वरमा म तिमीलाई चिन्दिन भन्छ । केटी धेरै रुन छिन । अझै पनि केटी उसलाई धेरै माया गर्दै हुन्छिन । त्यसपछि केटाले सधै भरीको लागि त्यो केटीलाई छोडि दिन्छ । केटी धेरै रुन्छ , धेरै तडपिन्छ र उसले सोच्छ कि Facebook को Love लाई बिस्वास गरेर उसले बयर्थ मै जिन्दगी बर्बाद गरिन । केही दिन पछि केटीको आमा बुबालाई उस...