Skip to main content

बिहेको पहिलो रातमा Part 10(अन्तिम )


"बोल प्रभास ! मेरो आभासलाइ ठिक त छ होइन ! मेरो अभुलाइ ठिक त छ हैन ? इज हि अलराइट अर ?......"
अँह धेरै बेर केही जवाफ आएन !
आभासकी आमाको चिच्याहट रोकिएको थिएन ! आभासको छातिमा नै थियो !
म प्रभासलाइ घचघच्याउन लागेँ , प्रभास किन बोल्दैनौ भन न के भयो मेरो आभासलाइ ?
धेरै समय पछि गहभरी आँसु पारेर बोल्नु भयो ," हि इज नो मोर विथ अस ! हि इज डेढ ! दाइ अब भगवानको प्यारो हुनु भयो ! मलाई छोड्नु भयो ,आमा , बाबा सबैलाई छोड्नुभयो , आफ्नो प्रेमलाइ छोडेर यो दुनियाँबाट सदा सदाको लागि बिदा हुनु भयो !"
मैले पत्याउनै सकिन ! बोलेँ " प्रभास झुटो नबोल ! मेरो आभासलाई केही हुन सक्दैन , हामीले सँगै बाँच्ने सँगै मर्ने कसम खाएका थियौँ , हाम्रो प्रेम यसरी अन्त्य हुन सक्दैन ! उसले मलाई यसरी छोडेर जान सक्दैन ! "
प्रभास फेरि बोल्नु भयो " अस्पताल ल्याइ पुर्याउँदै दाइको मृत्यु भै सकेको रहेछ ! जुनु दि दाइले हार्नु भयो , हजुरहरुको प्रेमले हार्यो ! हजुर हरुको प्रेमको अघि मृत्यु बिजयी भयो ! "
"छोरा , मेरो बाबू , मेरो अभि , यसरिछोडेर जान सक्दैनौ , हेर त तिम्रो मामु , तिमि ज्यान भन्थ्यौ नि मलाई हेर त बाबू म तिम्रो अङ्गालोमा छु , बाबू मेरो भागको खाना मन पर्छ हैन तिमी लाई ? मेरो काखमा आफ्नो टाउको राखेर निदक्सौन मन पर्छ हैन बाबू ! उठ मेरो राज उठ म तिमी लाई सुताउन आएको !" आभासको आमा अर्धपागल जस्तै हुनु भएछ ! आफ्नो छोराको मृत्यु कुन चाहिँ बाबू आमाले सहन सक्छन र ? आमाको त्यो रुवाइ मलाई असह्य्यै भै रहेको थियो !
एउटि आमा आफ्नो छोराको ज्यान मागेर रुँदै थिइन ! कसले सहन सक्थ्यो र ! म भुइँमा पछ्छारिएँ !

सिर्फ आभास मात्र याद आइरह्यो , उसँग पहिलो पटक भेटेको दिन , उसँग बिताएका हरेक पल , उसले बोलेका हरेक कुरा याद आयो ! , उसले म रिसाउँदा फकाउन  भन्ने गर्थ्यो ," कास ! एकचोटी भनेको भए हुन्थ्यो म त्यहाँबाट पनि फिर्ता आउथेँ जहाँबाट कोहि फिर्ता आउँदैनन !"
आज मलाई ऊ चाहिएको छ , आभास चाहिएको छ ! कास ऊ फिर्ता आउँथ्यो , ! मृत्युबाट को फिर्ता आउथ्यो र !
म दोसि थिएँ यो सबै कुराको लागि ! न मैले अतीत सँग बिहे गर्थेँ , न त आभास नै बिचलित हुन्थ्यो न त यो दुर्घटना नै अनि न त आभासको मृत्यु नै हुन्थ्यो !  आभास यतिबेला मेरो काखमा हुन्थ्यो !
म अझै बिश्वस्त छु ऊ पक्का फर्केर आउने छ चाहे त्यो दिन मेरो मृत्यु कै किन नहोस् !
बिश्वस्त त थिएँ तर अब ऊ कहिल्यै नफर्कने गरेर बिदा भइ सकेको थियो ,!

मैले हारेको दिन आज ! प्रेम गर्नेले हारेको दिन आज ! मैले जे देखेँ प्राय प्रेम कहानी हरु अधुरै रहन्छन् , कमै पूरा हुन्छन ! मेरो र आभासको कहानी पनि अधुरै रह्यो !
मैले आभासको अनुहार सम्म हेर्न सकिन ! भुइँमा नै पछाऋएर रोइरहेको थिएँ ! 
के नै गर्न सक्थेँ र अब सम्झन बाहेक ! आभासको याद छ मसँग मिठा मिठा यादगार पलहरु छन मेरो सम्झनामा उसँग बिताएका ! त्यसकै सहारामा अब बाँकी जीवन गुजार्नु थियो मलाई ! म रोइरहेको थिएँ ! अतीत नजिकै आउनु भयो र मलाई आफ्नो अङ्गालोको साहारा दिनुभयो ! रुनको लागि !

THE END

Comments

धेरै पढिएका कथाहरू.....

"बानेश्वर "भाग-३

.........जेठा दाइ को कुरा सुनेर चन्द्रकला बोल्न सकिनन... सङै बस्नु भएको आमा उठेर खोक्दै बाहिर निस्किनु भयो...सायद आमा लाई पनि जेठा छोरा को कुरा मन परेन होला..! रात को ८ बजि सकेका ले सबै ज...

Daughter छोरी

एक दिन एउटा व्यक्तिलाई बाटोमा अचानक रिँगटा लागेकोले केही मान्छे हरुले उलाई हस्पिटलमा लान्छ । सानै छदा उहाले आफ्नो छोराको मृगौला खराब भएकोले एउटा मृगौला आफ्नो छोरालाई दिएको थियो । त्यसैले अर्को मृगौलाले पनि काम गर्न छोडन लागेको थियो । उसको घरमा फोन गर पनि उसलाई त्यसतो हालतमा कोई आफन्त पनि भेटन आएन । उसलाई लाग्छ कि अब उसको अन्तिम दिन आईसकेछ । अर्को दिन उसको आखा खुल्छ , उसले अचम्म मान्दै डक्टरलाई सोधेछ " मलाई कसले आफ्नो मृगौला दिएछ ". डक्टरेले भन्छ " हजुर एउटी केटी आएको थियो उनले भनिन उनी हजुरको छोरी हो र हजुरलाई आफ्ना मृगौला दिन चाहान्छ "। मान्छे त्यो केटीको नजिक जान्छ र हेर्छ कि उनी साच्चै उसकी छोरी नै हुन्छ । जसलाई धेरै बर्ष पहिला उसले हेला गरेर घरबाट निकाल दिएका थिए । केटीले एउटा पत्र छोडेकी हुन्छ । उसले पत्र खोलेर पढ्छ ;--- " बाबा मलाई माफ गरिदिनु , म यो जुनीमा हजुरको छोरा बनी जन्मिनु सकिनन । सायद म धेरै नै भाग्यमानी रैछु जसको बुबाले यति धेरै माया गर्नु भएछ । त्यो दिन हरूलाई सम्झिदा धेरै रमाईलो लाग्छ । आमाले मलाई जन्म दिएर जानू भो , त्यसपछि हजुरले छोर...

सायद येस्तै रहेछ प्रेम ! भाग १

बैसाख महिना !! बिहानको येस्तै ११ बजे अफिस अगाडि चट्ट कान्तिपुर पत्रीका पढी रहेको थिय । एकाएक चर्को आवाजले कोहि बोल्दै आइ रहेका थिय । येसो पछाडी फर्केर हेरे ४ जना केटिहरु लेहेङ्गामा सजियर मस्त गफ लगाउदै आयेका थिय ।  उनिहरुको शरीर बाट मीठो अत्तरको बास्ना आइ रहेको थियो । ती ४ जना मध्य किन किन एउटि केटि सार्है मन पर्यो । रातो ब्लाउज अनि गुलाबी रङ्गको लेहेङ्गा लगायेकी थिइन । किन किन ? उन्को मुहार भन्दा मलाइ उन्को त्यो लेहेङ्गा पो दिमागमा याद आयो । साच्चै नै उनी एक परिको प्रतिबिम्ब भन्दा फरक पर्दैन थियो होला । येस्तै कुरा सोच्दै बसेको थिय एक जनाले भनिन " दाइ यहाँ साहारा पार्टी प्यालेश कहाँ छ ? " मैले पनि सिधै अगाडि गयेर हेर्नू त्यहा ठूलो पेट्रोल पम्प छ त्यसैको पचाडि छ साहारा पार्टी प्यालेश । उनी हरु हस भन्दै त्यहा बाट लागे । पार्टी प्यालेस भनी सकेपछी पक्कै उनि हरु बिहामै आयेका हुन सक्छन तर कहाँ बाट ? येस्तै प्रश्न उल्झी रहे ! म बस त्यही राती ब्लाउज अनि गुलाबी लेहेङ्गा लगाउने केटिकै बारेमा मात्र सोची रहे ,! ...को होलिन ? कहाकी होलिन ? कस्को बिहेमा आयेकी होलिन ? ओहो ! प्रश्न पनि कति ...

Full Love Story ||Love Seasson|| In Nepali Language

  Love Session मेरो जन्म पण्डित श्री बिश्वेशवर चन्द्र प्रसाद पण्डित ज्युको घर मा भएको थियो । कसैलाई म मेरो बाबा को नाम भन्दा तिमीले आफ्नो बाबाको नाम भनेको कि तिम्रो ठेगाना भनेर खिल्लि उठाउथे । पण्डित ज्यु को घरमा मेरो जन्म भएकोले बाबाले आफै मेरो नाककरण गर्नु भएका थिए । मेरो नवरण को नाम प्रेम सुँन्दर चन्द्र प्रसाद पण्डित राखि दिनु भएको थियो । यो भन्दा त सानो मेरो घरको ठेगाना थियो , यति ठुलो नाम कसैलाई भन्दा सबै हासेर जिस्काउथे । म आफ्नो बाबाको एक्लो छोरा भएकोले गाउँ भरीका मान्छेहरुले मलाई छोटु पण्डित भनेर बुलाउनु हुन्थ्यो । हुन त नाम जति लामो थियो , उति धेरै मान सम्मान पनि थियो । तपाई सबैलाई थाहा नै होला , पण्डित ज्यु कसैको घरमा जादा , घरको मान्छेहरूले आफै कुर्सी दिएर बस्नु लगाउनु हुनु हुन्थ्यो । तर खासै मलाई इ मान सम्मान इज्जत को कुनै अावश्यक छैन जस्तो लाग्थ्यो । म जब स्कुल जान्थे , दलित जातका साथीहरू मेरो बेन्च बाटै उठेर अर्को बेन्च मा बस्ने गर्थे । म छक्क पर्दै किन उठेको भनेर सोध्दा उनीहरूले हामी तल्लो जातको हो त्यसैले हामीलाई तिमी सँग बस्नु अनुमति छैन भन्ने गर्थे । तर त्यै कक्ष...