Skip to main content

Posts

Showing posts from February 19, 2018

आमालाई कहिल्यै नरुवाउनु!!

बा’ले आमाका लागी नयाँ सारी किनेर ल्याउनु भएको थियो। रातो बुट्टेदार सारी बा’ले झोलाबाट निकालेर आमालाइ दिने बित्तिकै आमा आस्चर्यचकित हुँदै बोल्नु भएको थियो “हैन किन ल्याउनु भएको यो फेरि?” “लाउँछेस् भनेर नि।” बा’ले ठुलो स्वरमा बोल्नु भएको थियो। “महंगो जस्तो छ त। कति पर्यो?” आमाले सारी सुमसुम्याउँदै बा’का मुखमा हेरेर सोध्नु भएको थियो। “जति परेनी लगान। कि पैसा तिर्छेस्?” बा गमक्क परेर ओछ्यानमा ढल्कदैँ बोल्नु भएको थियो। “सोध्न नि हुँदैन यो मान्छेलाइ त। बिना बित्थाको खर्च गारेर।” आमा गनगनाउनु भएको थियो। ओछ्यानमा ढल्कनु भएको बा केहि नबोली मुसुमुसु मुस्कुराउन थाल्नु भएको थियो। आज बा खुशी हुनुहुन्थ्यो। अनि आमा पनि कोठाबाट बाहिर निस्किएपछि गमक्क पर्नु भएको थियो। आमा घरीघरी एक्लै मुस्स्कुराउनु हुन्थ्यो। जब म आमाको अगाडी पुग्थेँ आमा मुस्कुराउन बन्द गर्नु हुन्थ्यो। बा आमा दुबै जना खुशी भएको दिन म भने खुशी थिइन। बा’ले बजारबाट आमालाइ सारी ल्याउनु भएको थियो, तर मेरा लागी केहि ल्याउनु भएको थिएन। मेरो अनुहार अँध्यारो भएको थियो। बालाइ किनि माग्ने आँट पनि आएको थिएन। बेलुका खाना खाँदै गर्दा बा’ले मेर