आफ्नो छोरी घरमा खुशी हुँदा मन खुशी हुन्छ तर बुहारी खुशी छ भने राम्रो लाग्दैन ! ज्वाइँले छोरी लाई सहयोग गर्दा राम्रो लाग्छ तर आफ्नो छोराले बुहारीलाई सहयोग गर्दा फरिया मन्त्री रे ! छोरी जिन्स लगाउँछे आधुनिक रे तर बुहारीले त्यही जिन्स लगाउँदा लाज नभाकी रे ! छोरी घरमा एक्लै काम गर्दा छोरी थाक्छे रे तर बुहारी दिन भरी मरीमरी काम गर्दा पनि काम न काजको रे ! छोरीको सासु र नन्दले काममा सहयोग नगर्दा कत्रो चिन्ता तर बुहारीलाई तनावै तनाव दिएर काम लगाउँनु चाहिँ ठिक रे ! छोरीलाई सासु सासुराले कराउँदा रिस उठ्छ तर बुहारीलाई कराउँदा सम्झाएको रे ! छोरीलाई रानी जस्तो बनाएर राख्नु पर्ने बुहारीलाई नोक्कर जस्तो व्यवहार गर्ने ! # मान्छेले _______किन बिर्सन्छ त्यो बुहारी पनि कसैको छोरी हो भनेर ?? आफुलाई परिवर्तन गर्नुस समाज आफै परिवर्तनशील छ !!??????? के म पागल हु जो हर दिन हर रात यो फेसबुकमा कराएर बस्न लाई । हैन हाम्रो यो गए गुज्रिएको समाजले कहिले बुज्ने हो ।? के मैले गल्ती भने जस्तो त लागेन । एदि तपाईंलाइ गलत र सहि छुटाउने तरिका थाहा छ भने। प्लिज तल कमेन्ट बक्समा कमेन्ट गर्नु होला ????।