.........जेठा दाइ को कुरा सुनेर चन्द्रकला बोल्न सकिनन... सङै बस्नु भएको आमा उठेर खोक्दै बाहिर निस्किनु भयो...सायद आमा लाई पनि जेठा छोरा को कुरा मन परेन होला..! रात को ८ बजि सकेका ले सबै जना खाना खान भेला भए.. चन्द्रकला भोक लागेको छैन भन्दै चुला को छेउ मा बसि रहिन.. सबै जना ले खाना खाइ सकेर सुत्न गए.... जाने बेला फेरि चन्द्रकला का दाइ ले बहिनी लाई भने "समय छ रात भरी सोच !! कुलघरान पैसा र राम्रो खानदान भएको जस्तो लाग्यो सुख पाउछेस " चन्द्रकला को मन पोलि रहेको थिइयो...चुला मा सल्किएको आगो भन्दा कयौ गुणा बढी ... चन्द्रकला आमा को अङालो मा झ्याप्पै परिन...र रुन थालिन... "आमा के छोरी को जात नै यस्तै हो... के बिहे गरेर गएको दिन देखि म पराइ भए... के म तिम्रै छोरी हैन...के म दाइ हरु कि एक्लि बहिनी हैन... के मलाइ यो घर मा अलिकति पनि अधिकार छैन... एक चिम्टी सिन्दुर ले के सबै अधिकार किनेर लग्यो ....चन्द्रकला ले आज को रात मात्र घर मा बिताउने निर्णय लिगिन... मेरो सिन्दुर पुछिएको हो..मेरो जवानी लुटिएको हैन...धन सम्पती र कुलघरान भन्दै मा म आफू भन्दा डबल जेठो मान्छे सग जाद