Skip to main content

"बानेश्वर "भाग-२


.सिम सिम पानी परि रहेको थिइयो....घर जति नजिकिदै थिइयो चन्द्रकला को मन उति धड्किदै थिइयो...कति बेला गएर आमा को अङ्गालो मा परि सबै पीडा पोखौ जस्तै....

बर्खा ...को पानि ले उन्लाइ निथ्रुक्कै भिजाइ सकेको भएका ले बलिन्द्रधारा आँसु बगाए पनि देख्ने ले त्यो आँसु नै थिइयो भन्ने छुट्याउन सक्दैन थिए.....

चन्द्रकला ले अतीत सम्झिन....
माइती हुदा काली गाई को लागि काटेको सेउला को त्यो रुख...
हिउँद भरी सेउला काटेर छोड्दा...बर्खा मा ढकमक्क भएर आउथ्यो...

हिउँदमा तुसारो ले पात हरु झार्दा रुख मा केही बाकी हुदैन थिए..
रुख पुरै नाङिन्थ्यो.....तर पनि बर्खा मा फुल फुल्थ्ये र भरी भराउ पात का टुसा पलाउथ्ये.....

आज म नाङ्गो छु !! मेरो रङ्ग उडेको छ !! मेरो गला मा लगाएको पोते छिनिएको छ !! मन भित्र पलाएका खुसिका पालुवा हरु भित्रै मरेका छ्न !! रहर र चहाना हरु लाई हुरिले उडाएको छ !! खुसी का आकाश मा काला बादल मडारिएका छन....सम्झदै जादा उनी फेरि भक्कानिन्छिन र बर्साद हुन्छ त्यही आँसु को !!

दुई जना दाइ कि प्यारी बहिनी चन्द्रकला ....
दाजु हरु को पहिले नै बिहे भैसकेको थियो......bachelor पड्दै गर्दा हुर्केकी बहिनी घर राख्नु हुदैन भन्दै दाइ हरु ले नै कुरा अघि बढाएका थिए....

बुबा लाई सानै मा गुमाए कि थि चन्द्रकला ले...अझ भनौ बुबा को माया नै महशुस गर्न पाइनन....

साउने झरी....गाउँ घर मा खासै काम थिएन...
चन्द्रकला कि आमा पिढी मा बसेर बोरा बाट निकालिएको डोरि ले दाम्लो बनाउदै थिन...

छोरी बिधुवाइ भै...भन्ने कुरा पहिले नै थाहा पाइसएकी उनी..
मुहार मा कुनै चमक थिएन....

सिन्दुर पोते र त्यो रातो सारी मा घर बाटै जग्गे गरेर अन्माएकी छोरी लाई आज हिउँदमा तुसारो ले जसरी रुख लाई नाङ्गो बनाउछ त्यस्तै बनाएको देखिन...

छोरी लाई देखेर उनी बोल्न सकिनन...पानी झन दर्केर परि रहयो...
उनी ले छोरी लाई झ्याप्पै अङालो मारिन...
भन्दै थिइन...

" यो तलाइ सब हुन्जेल म बुढी लाई काल ले किन लगेन...म कति अभागी ...मैले के पाप गरेको थिए भगवान आज यो सजाय दिएउ..पहिला यस्को बा लाई लगेउ...अहिले मेरो छोरी को खुसी लगेउ..." भन्दै रुन थालिन...माफ्नो आङ को मजेत्रो ले छोरी को भिजेको शरीर पुछिदिन....

आमा छोरी को निकै बेर गन्थन भयो...
आमा भन्दै थिइन...
" तलाइ दाजु भाउजू ले फोटेको आँखा ले देखि सहदैनन...बिहे गरे पछि आफ्नै छोरा पनि बुहारी को कुरा सुनेर हैरान छ !! तेरो यस्तो हालत 😑.. उता को घर छोडेर आइस होला पक्कै ...."

उता फर्केर जादिन आमा म अब....तिम्री छोरि हु पाल्छौ भने पाल...
दुइटा दाइ छन...म एक्लि बहिनी लाई पनि पाल्न सक्दैनौ भनौला दाजै लाई..तिमी पनि बुढी भैसकेउ...म हेरौला चिन्ता नगर..

" चिन्ता त भै हाल्छ ...छोरा छोरिको घर बार बिगृदा बा आमा लाई सारै चिन्ता हुन्छ बा...जेठो छोरो तेरो पिर ले भौतारिएको छ !!
हेटौडा जान्छु भनेर हिडेथ्यो बिहान...साझ मा आउछु भन्दै...

कान्छा बुहारी यतै होलान...उनी हरु लाई तेरो फिटिक्कै चिन्ता छैन...
छोरी को जात एउटा घर बिगृदै मा हरेश न खा बा...😐 गाउले ले कुरा काट्छन....घर गृहस्थि चलाउनु पर्छ !! जेठो हेटौंडा तेरै लागि कुरा बुझ्न गएको होला..."

आमा को मुख बाट यस्तो कुरा निस्किदा चन्द्रकला को मन मा लागि सकेको थिइयो...
मलाइ घर मा पनि ठाउँ छैन...मेरो मन मा लागेको पीडा मा कोहि दुखी छैनन..पहिला पनि म बोझ थिए...अहिले त झनै बोझ नै भए..

उन्ले तत्काल उत्तर फर्काइन आमा अब म फेरि बिहे गर्दिन...म घर मै बस्छु...

" त्यसो भनेर कहाँ हुन्छ नानी...म त बस नै भन्छु नि...म बुढी अब कति नै बाचुला र...तर तेरा दाजु भाउजु को लागि त बोझ होस..तलाइ फुटेको आँखा ले देख्दैनन... बरु अब एउटा राम्रो मान्छे खोजेर घर चलाउनु पर्छ बाबू..तेरो यो हालत म कति दिन सम्म देख्नु भन्दै चन्द्रकला कि आमा भित्र छिरिन..."

घडी ले साझ को ६ बजाइ सकेको थिइयो...कान्छी बुहारी खाना बनाउदै थिइन...
अगेना मा उन्का चुरा हरु बज्दै थिए... निधार मा रातो टिको..कहिलेकाही आगो को प्रकाश पर्दा टिलिक्कै टल्किन्थ्यो...

त्यही बेला जेठा दाइ घर भित्र छिरे...भन्दै थिए..
" ओहो !! बहिनी आइस..कुन बेला आइस...अनि उता सबै लाई ठिक छ नि....कहिले सम्म बस्छेस...

चन्द्रकला सग दाजु लाई दिने कुनै उत्तर थिएनन...उनी चुपचाप बसि रहिन...

जेठा दाइ फेरि बोल्न थाले....

"हेर बहिनी दैब को खेल यस्तै हो...दुख धेरै  पाइस. यस्तो उमेर मा घर बिगृयो...एउटा घर बिगृदै मा सन्सारै डुब्यो नसोछे हुन्छ !! भर्खर २२ बर्ष कि छेस...हेटौंडा बजार मै एउटा मान्छे छन ! श्रीमती दुर्घटना मा परि बित्या रे...सरकारी जागिरे..उमेर ले ४८ लाग्या रहेछन् दुई छोरा ११ र १२ पड्ने...
मान्छे इमान्दार लाग्यो सुख पाउछेस बिहे गर....उस्लाइ पनि बुढेसकालमा साहारा चाहिएको रे..........

to be continue ....

Comments

धेरै पढिएका कथाहरू.....

कथा - मनिसा

भाग-1 लेखक : शिव ढकाल जिन्दगी लाई सबै ले आफ्नो आफ्नो भोगाइ मा अनि आफ्नो आफ्नै बुझाइ मा ब्याख्या गरेका छन । मेरो पनि आफ्नै भोगाइ अनि छुट्टै बुझाइ छ । मेरो जन्म एउटा माध्यम परिव...

मेरो कल्पना

कल्पनाकी सानू , सायद तिमी फेला परेउ भने यो बर्स त भयेन अर्को बर्श पक्कै येसै गरि परपोज गर्ने छु । बिहानी को किरण सङ्गै रातका ती निशाहरु सङ्गै देख्न चाहन्छु । तिमी मेरो जिबनक...

#Dhakal

जातमानै तिमी गर्व गर्छौ भनी समाजमा आफ्नो नाम नचिनाउ जहाँ नामकै कारणले श्रद्धाञ्जली पाओस र तिमी अपबित्र होस् किनकी श्रद्धाञ्जली दिने तिम्रो जात मात्र नभएर अरु पनि हुन...

साचो माया मात्र एकचोटी हुन्छ र त्यो पनि एउटै मान्छे सँग

एक दिन कोलेजमा जेम्स आफ्नो साथीहरू सँग उभिएको थिए । त्यतिकै बेला एउटी केटीको किताब भुईमा झरे तर त्यो केटीलाई थाहा भएन उनी अगाडी हिडदै जान लागिन र एक छिन पछि थाहा हुन्छ कि उसकी किताब कतै झरेका छ । त्यसैले उनी किताब खोज्दा खोज्दै जेम्स को मा आईन । जेम्सले उसकी किताब हातमा राखेर हेर्दै थिए । एतिकैमा केटी आईन र जेम्सले उसको किताबमा उसको फोटो हेरे र केटीलाई थाहा नदिईकन फोटोलाई गोजीमा राख्दै केटीलाई उसको किताब दिए । त्यसपछि उनीहरू बीच मित्रता गासियो । अर्को दिन फेरी उनीहरू केलोजमा भेटछ र कुराकानी गर्छ थाल्छ । यस्तै हुदा हुँदै उनीहरू बिच माया प्रेम बस्छ र एकएर्कालाई सेयर पनि गर्छ । यस्तै उनीहरूको जीवन खुसी भई बितिरहन्छ । हामी सबैलाई थाहा छ कि केटीको जात जुनबेला पनि मन बदलिनु सक्छ । त्यसमा पनि त्यो केटी आधुनिक खाले थिईन । एक दिन जब जेम्स अलि ढिलो कोलेजमा पुग्दा हेर्छ कि उसकै साथी र त्यो केटी बीच Affairs चल्दै हुन्छ । केटीले पनि उसलाई हेर्छ । बिचाराको गह भरी आखाबाट आसु झर्न थाल्छ । उसले केई न भनि कन कोलेज फर्कन्छ र त्यो केटीसँग Break Up गर्ने धोको गर्छ । अर्को दिन केटीले जेम्स सँग माफी माग्छ तर...