आमा बेला बेलामा यो शब्दावली दोहोर्याइ रहनु हुन्छ ! मैले आजसम्म बुझ्न सकेको छैन कि आमा किन यसो भन्नू हुन्थ्यो ! म कक्षा ३ मा पढ्थेँ ! दिदिहरु हुनुहुन्थ्यो मेरो दुई जना ! यो पनि थाहा पाइन कि दिदिहरु किन मसँगै स्कुल जानू हुन्न? दिदिहरु कहिलेकाही रुन्चे स्वरमा भन्ने गर्नुहुन्थ्यो " बुबा हामी नि स्कुल जाने नि !" दिदिहरुक बुबाले " हुन्छ भाइसँगै जानू " भनेको सुन्ने आशा निराशामा बदलियो जब बुबाले भन्नुभयो " के को स्कुल जाने ? तिमी हरु स्कुल गए घरको काम कस्ले गर्ने नि ? बाख्रा कसले चराउँछ ? भैंसीलाई घाँस कसले काट्छ ? पर्दैन स्कुल जान ! " रुखो स्वरले दिदी हरुलाइ थर्काए झैँ गर्दा आमा पिडिको थाम समाएर सुँक्क सुँक्क रुँदै हुन्थिन! मैले आजसम्म थाहा हुन सकेन कि घरको काम गर्न दिदिहरुलाइ मात्र किन लगाइन्थ्यो !यस्तै धेरै प्रश्नहरुबाट अन्जान थिएँ ! महिनै पछि दिदी हरु घरभन्दा अलि टाढा एउटा गोठमा गएर चार पाँच दिन हराउनु हुन्थ्यो ! अचम्म लाग्थ्यो हावा छिर्न नसक्ने त्यो गोठको ढोकाबाट दिदिहरु कसरी पस्नु हुन्थ्यो होला अनि त्यहाँका सपना कस्ता हुन्थे होलान ? बेकुका आमाले