Skip to main content

#part_3

......आज को दिन हिजो अस्तिको जस्तो थिएन...
केही खास दिन थियो केही खास हुने लक्षण थियो...

क्लास सुरु हुनै लागिसकेको रहेछ....
मैले उन्ले दिएको कागज को टुक्रा सम्हालेर राखे !! र हिडे क्लास तिर....

मेरा साथी हरु क्लास मा बसि सकेका रहेछन...
पहिलो period पढाउने सर पनि पसि सक्नु भएछ !!

म सरासर क्लास भित्र छिरे...
मन मा लागि रहेको थियो यो first period कास Last period भैदिएको भए घडी ले ४ बजाइ हाल्थ्यो ... र म उनी लाई फोन गरि हाल्थ्ये र भनी दिन्थ्ये मन मा लागेका सबै कुरा...

कि यस कारण ले तिमी राम्री छौ
कि यस कारण ले तिम्रो प्रेम मा  डुब्दै गए...
कि तिमी नै मेरो भोक तिमी नै मेरो।निन्द्रा भएउ...

साथी हरु ले जिसाउने पात्र बनी रहेको थिए आजकल..
सर ले पढाउनु भएको आवाज गुनगुन मात्र गरि रहेको थियो कान मा.
शरीर क्लास मा भए पनि म उन्को याद मा चुर्लुम्म डुबेको थिए..

कल्पना मा हराउनु मेरो दैनिकी जस्तै बन्न थालेको थियो..
झ्याल बाट देखिने घन्टा घर ले ४ बजे बजाउने घन्टी को प्रतीक्षा मा थिए....

मेरो ब्याग बन्द थियो...श्रीफ कापी मात्र झिकेर....कलम टोक्दै
उन्को याद मा झ्याल बाट बाहिर हेरि रहेको म....पढाइ मा बिल्कुल ध्यान थिएन...

कापी मा उन्को चित्र बनाउनु...
आफै उन्लाइ सम्झी सम्झी हास्नु...
उन्का हरेक क्रियाकलाप हरु सम्झी रहनु..

मैले आज आफ्नै पन हराइ सकेको थिए...म आज "म" थिइन...म आज मात्र "मिल्ला खान" भै दिएको थिए...शरीर आफ्नो तर यो धड्किने मुटु उनै का लागि थियो...
यो बग्ने रगत का बेग हरु उनै का लागि बगि रहेका थिए...
मस्तिष्क ले उनै लाई सम्झी रहेको थियो...
हात ले कापी मा उनै को चित्र बनाउन ब्यस्त थियो...

.....घन्टा घर ले ३ बजे को घन्टी बजायो...
मैले आज ४ बजे लाई कुर्न सकिन...मन अत्ति नै छटपटाइ रहयो...
धड्कन बढेको महसुस भै रहयो...मैले Last period छोड्ने Mood बनाए...

क्लास बाट बाहिर निस्कनै लागेको थिए...
पछाडी बाट केटा हरु कराउन थाले...

" ...सलाम वालेकुम भाइ जान...आज जल्दी मे हे क्या तु. बुर्का वाली आप कि इन्तजार मे है क्या.....? देखेउ केटा हो यो म्या***....साला एउटि केटि को लागि हाम्रो दोस्ती छोड्यो ... हेर्दै जाओ यो यहि त्रि-चन्द्र को बिल्डृङ बाट हाम फालेर मर्छ !! साले बाहुन को छोरा भएर मुसल्मान ताक्ने !! "

ढोका बाट बाहिरी सकेको म ..फेरि ढोका मा लात्ती ले हान्दै भित्र छिरे उन्ले दिएको कागज को टुक्रा देखाउदै...
गरेर देखाओ...हिम्मत छ तिमी हरु सग...छ हिम्मत... सक्छौ भने गरेर देखाओ मेरो जस्तो माया...हेर यो कागज को टुक्रा...यो श्रीफ कागज को  टुक्रा हैन..यो प्रेम को सुरुवात हो... तिमि हरु ले तानेको चुरोट को धुवाँ सरि  फैलिने छ अब मेरो माया हेर्दै जाओ....

म हतार र हतास हुँदै...भृकुटीमण्डप पुगे...
खुल्ला ठाउँ...जहाँ म उनि लाई मन मा लागेका सबै कुरा भन्न सक्छु..
उन्को बोलि मन मुटु र मस्तिष्क लाई समेत स्पर्श गराउन सक्छु !!

जति- जति ४ बज्न लाग्दै थियो मुटु उतिनै बढी धड्किन थाल्दै थियो..
मैले सास लाई भित्रै सम्म तानेर फोन गर्ने आट गरे...र दबाउन थाले काम्दै गरेका हात ले  उन्को नम्बर ....

फोन उठ्यो...

यता मेरो सास र आवाज दुबै रोकियो..जब उन्ले मसिनु स्वर मा भनिन.....

"Hello....मिल्ला खान speaking "
आफू ले मन पराएको मान्छे को स्वर कस्लाइ मन नपर्ला..
कहिले उन्को आवाज नसुने को म आज बाट त्यो मधुर स्वर पनि
मेरो लागि खास भै दियो...

मैले उत्तर फर्काउने कोशिस गरे....

" Hi.. म तिम्रो दिवाना...तिम्रो अन्जान मान्छे....." समर" समर आचार्य ........

To be continue ......💞

Comments

धेरै पढिएका कथाहरू.....

Nepali Full Love Story || College कलेज|| In Nepali Language...

          कलेज        भर्खर स्कुले जीवन बिताएर कलेज जानू आफैमा खुसीको कुरा थियो । स्कुलमा जस्तो गृहकार्य गर्न नपर्ने र पढ्न मन लागे पढ्ने नत्र जता गए नि हुने भन्ने कुरा धेरै सुनेको थिए मैले । आज सुरु दिन थियो मेरो कलेजमा गाउँ बाट भर्खर शहर झरेको एक हप्ता मात्रै भएको थियो । त्यति थाहा थिएन शहरको रहनसहन र रमझम र झन कलेजको बारेमा थाहा हुने त कुरै भएन । भर्ना गर्न जादा झुलुक्क पुगेर काम सकेर फर्किएको थिए म राम्रो संग हेर्दा पनि हेरिन । नया भएकै भएर होला अफ्ट्यारो महशुस हुन्थ्यो तर जे भए नि पढ्न भनेर आइसकेपछि नगएर पनि त भएन । बिहानै उठे जुत्ता हिजो दिउसै देखि टलक्क टल्कने बनाएर पोलिस लगाएर राखेको थिए । कलेजको पोशाक पनि सफा चट्टको बनाएको थिए । पोशाक लगाएर बाथरुम मा गएर आफुलाई नियाले धेरैबेर सम्म । शिर देखि माथी सम्म दोहोराउदै तेह्राउदै हेरे सबै ठिक लाग्यो अनि ठूलो झोला भित्र एउटा मात्र कापि हालेर निस्किए कलेज तिर । त्यो बेलाको फेसन रे त्यो झोलाको छोटो फिता बनाएर टपक्क टासिने गरेर भिर्नु पर्ने अनि माथी पट्टी ग...

बिहेको पहिलो रातमा Part 3

एकै छिनको भौतिक सुखमा मैले प्रेमको परिभाषा भुलेछु ! भन्ने गर्थे "कहिलेकाहीं भौतिक सुखको अघि साँचो प्रेमले नि हार्ने गर्छ ! आज मैले हारेको थिइन मेरो प्रेमले हारेको थियो ! म ...

सायद येस्तै रहेछ प्रेम ! भाग १

बैसाख महिना !! बिहानको येस्तै ११ बजे अफिस अगाडि चट्ट कान्तिपुर पत्रीका पढी रहेको थिय । एकाएक चर्को आवाजले कोहि बोल्दै आइ रहेका थिय । येसो पछाडी फर्केर हेरे ४ जना केटिहरु लेहेङ्गामा सजियर मस्त गफ लगाउदै आयेका थिय ।  उनिहरुको शरीर बाट मीठो अत्तरको बास्ना आइ रहेको थियो । ती ४ जना मध्य किन किन एउटि केटि सार्है मन पर्यो । रातो ब्लाउज अनि गुलाबी रङ्गको लेहेङ्गा लगायेकी थिइन । किन किन ? उन्को मुहार भन्दा मलाइ उन्को त्यो लेहेङ्गा पो दिमागमा याद आयो । साच्चै नै उनी एक परिको प्रतिबिम्ब भन्दा फरक पर्दैन थियो होला । येस्तै कुरा सोच्दै बसेको थिय एक जनाले भनिन " दाइ यहाँ साहारा पार्टी प्यालेश कहाँ छ ? " मैले पनि सिधै अगाडि गयेर हेर्नू त्यहा ठूलो पेट्रोल पम्प छ त्यसैको पचाडि छ साहारा पार्टी प्यालेश । उनी हरु हस भन्दै त्यहा बाट लागे । पार्टी प्यालेस भनी सकेपछी पक्कै उनि हरु बिहामै आयेका हुन सक्छन तर कहाँ बाट ? येस्तै प्रश्न उल्झी रहे ! म बस त्यही राती ब्लाउज अनि गुलाबी लेहेङ्गा लगाउने केटिकै बारेमा मात्र सोची रहे ,! ...को होलिन ? कहाकी होलिन ? कस्को बिहेमा आयेकी होलिन ? ओहो ! प्रश्न पनि कति ...

"मन छुने प्रेम कथा"

:केटो ले केटि लाई फोन गर्छ! ❤️केटो-: "हेल्लो ! ❤️केटि-: "हजुर, भन,,! ❤️केटो-: :miss you. ❤️केटि-: "miss you to. आज बिहानै देखि खोई किन        तिम्रो धेरै याद आयिराछ। ❤️केटो-: "(केहि समय रोकिएर) i love you. तिमी अहिले ...