Skip to main content

Posts

Showing posts from September 30, 2016

एक शिक्षकको चुनौती न्यूटनको नियम त्रुटिपूर्ण

न्युटनको चालसम्बन्धी तेस्रो नियम त्रुटिपूर्ण भएको भन्दै एक जना शिक्षकले चुनौती दिएका छन् । नवलपरासीको सेमरीस्थित एक निजी विद्यालयका विज्ञान शिक्षक राजकुमार थापाले हरेक अवस्थामा बराबर र विपरित प्रतिक्रिया नहुने दावी गरेका छन् । ब्रम्हाण्डमा पछिल्लो समय यस्ता घटना देखिएको बताउँदै उनले न्युटनको उक्त नियम सच्याउनुपर्ने माग गरेका छन् । प्रयोगात्मक विधिबाट गणीतीय हिसावले उक्त सिद्धान्तमा प्रशस्तै त्रुटि रहेको उनको दावी छ । कुनै पनि पदार्थहरु एक आपसमा सम्पर्कमा आउँदा उनीहरुले दिने क्रिया र प्रतिक्रिया पदार्थको अवस्था र तीनीहरुको बनोटमा भर पर्ने उनको निस्कर्ष छ । बुधबार पत्रकार सम्मेलन गर्दै थापाले ८ महिना लगाएर अनुसन्धान गरेर उक्त निस्कर्ष निकालेको दावी गरे । नास्ट र त्रिभुवन विश्वविद्यालयको भौतिक विभागमा यसबारेमा जानकारी गराईसेको उनको भनाई छ । आफ्नो खोज तथा अनुसन्धानलाई उनीहरुले स्विकारे पनि अन्र्तराष्ट्रिय समूदायले माने पछि मात्रै नेपालले पनि मान्ने बताएकोले आफूले सार्वजनिक गरेको उनले बताए । २०४६ सालमा नवलपरासीको जमुनियामा जन्मिएका थापा बुटवल बहुमुखी क्याम्पसबाट स्नताक हुन् । नयाँ अवधार