लगनखेल ! लगनखेल ! लगनखेल ! लगनखेल ! गाडीको सहचालक चिच्चाउँदै थिए । सायद तीन बर्ष अघि हुनुपर्छ । म भर्खरै किटिनि कलेजमा टौखेलमा ब्याचलर join गरेको थिए । नागार्जुना कलेजमा +2 पढ्दा देखी मंगलबजारको बाटो हुँदै पाटन दरबार स्क्वायरमा बसेर चिनिबिनाको कडक कालो कफि खाने बानी परेको थियो । म प्राय सनिबार एक्लै एक्लै दरबार स्क्वायर पुग्थेँ । खैरेहरु फोटो खिच्दै हिँडेको, मान्छेहरुले मलेवाको बथानलाई चाहारा हालेको अनि मन्दिर को सत्तलको ठिक माथीतिरको त्यो कास्ठकला मलाई अत्यन्तै मनपर्थ्यो । त्यसैले त म फुर्सद हुनासाथ दरवार स्क्वायर पुगोहाल्थेँ । माईक्रोबसको देब्रेपट्टीको एकल सिटमा बसेँ । मोबाईल निकालेर समय हेरेँ, एकैछिनमा गाडी गुड्यो,गाडी हाँडीगाउ पुगेपछी मान्छे भर्नको तिमित्त गाडी एकैछिन रोकियो । यो गोदावरी रुटको गाडीपनी अत्याचार नै गर्छन त्यो बिचको सिटमा पनि तीन तीन जना कोच्दिने । माईक्रोमा मै नजिकको एउटामात्र सिट खाली थियो, म मोबाईल निकालेर मोबाईलमा गेम खेल्दै थिएँ । मेरो ध्यान मोबाईलमै थियो गाडी गुड्यो, मोबाइल खल्तीमा हालेर यस्सो जिउ तन्काउँदै थिएँ । आफ्नो दायाँपट्टि त अहो ! साक्षात स्वर्गको अप्सरा