"अब किन सम्झेको ?" रुन्छे स्वरमा उसले फर्कायो ! मैले उसलाई चिनेदेखी पहिलो पटक उसको यस्तो आवाज सुनेको थिएँ !उसको स्वर मलिन थियो ! डर मिसिएको थियो उसको आवाजमा ! अलिअली सम्झना मिसिएको थियोे उसको आवाजमा ! युद्ध हारेको सिपाहीको जस्तो मलिन थियो उसको आवाज ! "ओइ पागल ! ओइ हिरो ! तिमी त मेरो आफ्नो मान्न्छे ! तिमी त मेरो प्रिय मान्छे ! तिमि मेरो मनले खाएको मान्छे ! तिमी त मेरो मनले रोजेको मान्छे ! मनले मन पराएको मान्छे ! तिमी त मेरो प्रेम अनि तिमी लाई नसम्झे कसलाई सम्झनु ? अझै बानी गएन है अबेरसम्म जुन तारा हेरेर बस्ने ?" मैले मुस्कुराए झैँ गरि जवाफ फर्काएँ ! उताबाट केही जवाफ आएन ! ऊ मौन बस्यो ! मलाई सबैभन्दा पिडा उसको मौनताले दियो ! ओइ पागल केहि त बोल ! गाली गर कराउ , जिस्काउ , पहिलाको जस्तै बन न ! धेरै समयपछि उताबाट सुँक्क ,सुँक्क आवाज आयो ! ऊ रोएछ ! मैले सहनै सकिन ! मुटु काँप्न थाल्यो ! आँखाहरु भरिएर आए ! रुन पुगेछु ! कहिल्यै देखेको थिइन ऊ रोएको ! आज पहिलोपटक सुनेँ !आफुलाइ सम्हाल्न खोजेँ उसलाई सम्म्हाल्नु थियो त्यसैले ! आँसु पुछेर बोलेँ ! ओइ पागल छ्या छ्या रोएको