Skip to main content

बिहेको पहिलो रातमा #Part_5

"वैवाहिक जीवन को शुभकामना जुनु ! ह्याप्पी म्यारिड लाइफ !
सधैं खुसी रहनु ! तिम्रा ओठमा मुस्कान देखिरहन पाउँ एक जन्म हैन जन्म जन्म सम्म ! तिमी खुसी भएको देख्न सुन्न पाइयोस ! प्रिय तिम्रै खुसी मा कहिँ कतै लुकेका छन मेरा मुस्कानका झोप्काहरु ! प्रिय उसले तिमी लाई नि मैले तिमी लाई गरे जतिकै प्रेम गरोस् , अझ त्यो भन्दा बढी गरोस !
उसले तिमी लाई मैले गर्ने जतिकै ख्याल गरोस् ! जुन जति गरे पनि आफ्नो आत्मसम्मान गिर्न नदिनु , इज्जत जोगाइ रहनु ! अब तिम्रो जिन्दगीको नयाँ यात्रा सुरु हुँदै छ ! तिमी हिजोसम्म एक छोरी थियौ ,कसैकी बहिनी थियौ ,कसैको प्रेमी थियौ होला ! अब तिमी बुहारी भएकि छौ कसैको भाउजु भएकि छ्यौ अनि कसैको श्रीमती भएकी छौ !"

ऊ जोसिएर बोलिरहेको थियो ! उसका हरेक शब्दहरुले मलाई छोइरहेका थिए ! मुटु च्वास्स च्वास्स बिजिरहेको थियो ! उसका शब्दमा पीडा लुकेका थिए , आक्रोस लुकेका थिए , डर लुकेका थिए अलिकती ख्याल अनि धेरै माया मिसिएका थिए ! अझै प्रेम गर्न छोडेन उसले मलाई ! उसका ती एक शब्दले मेरा हजारौं आँसुहरु खसी रहेका थिए !
आत्म ग्लानी ले सताइरहेको थियो मलाई ! प्रेम एकसँग गरेँ बिहे अर्कोसँग ! मैले हारेँ म डराएँ आफ्ना कुरा पोख्न सकिन बाबा आमालाई सम्झाउन सकिन ! मैले मेरो मात्र हैन अभासको भावना माथी पनि खेलेको थिएँ !
मलाई कसैको अङ्गालोको आवश्यक थियो यति बेला ,आभासको अङ्गालोको आवश्यक थियो ! उसको अङ्गालोमा कसिएर म मन खुलाउन चहान्थेँ ! तर अपसोच यो सम्भव थिएन !

आँसु पुछेर बोलेँ "अभु बाँच्न सक्छौ मबिना ? तिमी जीवन मा अघि बढ्छौ नि हैन ?"
ऊ एकैछिन मौन बस्यो , अनि जवाफ फर्कायो ,"अरे यार ! तिमी मेरो पहिलो अनि अन्तिम प्रेम हौ , तिमी लाई भुल्ने असम्भव कुरा हो , तिमी लाई सम्झन त पाउँछु नि हैन ? जुनु म तिम्रा यादहरुसँग एक्लै रमाउन त सक्छु नि हैन ? तिम्रो सम्झनामा आँसु बगाउन त सक्छु नि हैन ? म मर्दिन प्रिय ! जब सम्म तिम्रा याद रहन्छन् तबसम्म म बाँच्ने छु ! "

फेरि सोधेँ ,"पागल मान्छे ! अझै प्रेम गर्छौ मलाई ?"
उसले तुरुन्तै जवाफ फर्कायो ,"अरे यार प्रेन गरेको थिएँ तिमी लाई कुनै गेम खेलेको हैन ! "प्रेम गर्नेगरुले त्याग्न सक्नु पर्छ !" गेम खेल्नेले त हारेपछी फेरि प्रास गर्छन मैले त प्रेम गरेको ! अझै प्रेम गर्छु तिमी लाई ! "

अब म केही बोल्नै सकिन ! आँसुले बोल्न दिएनन , मनले बोल्न खोजिरहँदा पनि म निशब्द रहेँ !
उताबाट फेरि आवाज आयो ! "जुनु ! आज त तिम्रो बिहेको दिन ! तिम्रो जिन्दगीको सबैभन्दा रङ्गिन दिन ! मैले तिमी लाई डिस्टर्ब त गरेको छैन नि है ?.............

To be continue in next part

Comments

धेरै पढिएका कथाहरू.....

सायद यस्तै छ प्रेम(भाग १०)

अनि मैले त्यो फोन उठायेर आफ्नो मोबाइलको क्यामेरामा हातले छोपेर क्यामरा बिग्रेछ भनेर लाइदिय उन्ले पनि बिस्वास गरि हालिन ! अनि येसरी नै बोल्दै गयेउ । बोल्ने क्रमलाइ निरन...

सायद यस्तै छ प्रेम (भाग ९ )

…….मन्दिर पुग्ना साथ उन्ले आफुले ल्यायका सिन्दुर मेरो हातमा थमाउदै मलाइ सिन्दुर हाल्दिनुस ताकी आफ्नी श्रीमती बनाइसके पछि म माथिको सन्का हटोस । म पनि झन खुसी हुँदै उस्ल...

प्रेम कथामा आधारीत स्मबाद

केटा-: "i love you. केटि-: "म के गरु त,,, केटा-: "it's ok' नै भन्दे पनि त भैहाल्थ्यो नि 'Dear, केटि-: "पहिलो कुरा त मलाई 'Dear' भनेर बोलाउने काम नगर्नु। अनि अर्को कुरा, म किन भनु 'it's ok', मैले त भनिन तिम्लाई 'i love you, भन भनेर। केट...

मनिसा भाग=9

एकछिन पछि निशा लाई फोन गरे ! भोलिपल्ट रिजल्ट थियो ! भोलि रिजल्ट हेर्न जाने होईन तिमी निशा लाई सोधे ? जाने निस्कने बेला फोन गर है निशा ले भनी ! मैले हुन्छ भने अनि फोन राखिदिए । भो...