Skip to main content

बिहेको पहिलो रातमा #Part_5

"वैवाहिक जीवन को शुभकामना जुनु ! ह्याप्पी म्यारिड लाइफ !
सधैं खुसी रहनु ! तिम्रा ओठमा मुस्कान देखिरहन पाउँ एक जन्म हैन जन्म जन्म सम्म ! तिमी खुसी भएको देख्न सुन्न पाइयोस ! प्रिय तिम्रै खुसी मा कहिँ कतै लुकेका छन मेरा मुस्कानका झोप्काहरु ! प्रिय उसले तिमी लाई नि मैले तिमी लाई गरे जतिकै प्रेम गरोस् , अझ त्यो भन्दा बढी गरोस !
उसले तिमी लाई मैले गर्ने जतिकै ख्याल गरोस् ! जुन जति गरे पनि आफ्नो आत्मसम्मान गिर्न नदिनु , इज्जत जोगाइ रहनु ! अब तिम्रो जिन्दगीको नयाँ यात्रा सुरु हुँदै छ ! तिमी हिजोसम्म एक छोरी थियौ ,कसैकी बहिनी थियौ ,कसैको प्रेमी थियौ होला ! अब तिमी बुहारी भएकि छौ कसैको भाउजु भएकि छ्यौ अनि कसैको श्रीमती भएकी छौ !"

ऊ जोसिएर बोलिरहेको थियो ! उसका हरेक शब्दहरुले मलाई छोइरहेका थिए ! मुटु च्वास्स च्वास्स बिजिरहेको थियो ! उसका शब्दमा पीडा लुकेका थिए , आक्रोस लुकेका थिए , डर लुकेका थिए अलिकती ख्याल अनि धेरै माया मिसिएका थिए ! अझै प्रेम गर्न छोडेन उसले मलाई ! उसका ती एक शब्दले मेरा हजारौं आँसुहरु खसी रहेका थिए !
आत्म ग्लानी ले सताइरहेको थियो मलाई ! प्रेम एकसँग गरेँ बिहे अर्कोसँग ! मैले हारेँ म डराएँ आफ्ना कुरा पोख्न सकिन बाबा आमालाई सम्झाउन सकिन ! मैले मेरो मात्र हैन अभासको भावना माथी पनि खेलेको थिएँ !
मलाई कसैको अङ्गालोको आवश्यक थियो यति बेला ,आभासको अङ्गालोको आवश्यक थियो ! उसको अङ्गालोमा कसिएर म मन खुलाउन चहान्थेँ ! तर अपसोच यो सम्भव थिएन !

आँसु पुछेर बोलेँ "अभु बाँच्न सक्छौ मबिना ? तिमी जीवन मा अघि बढ्छौ नि हैन ?"
ऊ एकैछिन मौन बस्यो , अनि जवाफ फर्कायो ,"अरे यार ! तिमी मेरो पहिलो अनि अन्तिम प्रेम हौ , तिमी लाई भुल्ने असम्भव कुरा हो , तिमी लाई सम्झन त पाउँछु नि हैन ? जुनु म तिम्रा यादहरुसँग एक्लै रमाउन त सक्छु नि हैन ? तिम्रो सम्झनामा आँसु बगाउन त सक्छु नि हैन ? म मर्दिन प्रिय ! जब सम्म तिम्रा याद रहन्छन् तबसम्म म बाँच्ने छु ! "

फेरि सोधेँ ,"पागल मान्छे ! अझै प्रेम गर्छौ मलाई ?"
उसले तुरुन्तै जवाफ फर्कायो ,"अरे यार प्रेन गरेको थिएँ तिमी लाई कुनै गेम खेलेको हैन ! "प्रेम गर्नेगरुले त्याग्न सक्नु पर्छ !" गेम खेल्नेले त हारेपछी फेरि प्रास गर्छन मैले त प्रेम गरेको ! अझै प्रेम गर्छु तिमी लाई ! "

अब म केही बोल्नै सकिन ! आँसुले बोल्न दिएनन , मनले बोल्न खोजिरहँदा पनि म निशब्द रहेँ !
उताबाट फेरि आवाज आयो ! "जुनु ! आज त तिम्रो बिहेको दिन ! तिम्रो जिन्दगीको सबैभन्दा रङ्गिन दिन ! मैले तिमी लाई डिस्टर्ब त गरेको छैन नि है ?.............

To be continue in next part

Comments

धेरै पढिएका कथाहरू.....

Story Title ;- Father'S Day

बुबाको मुख हेर्ने दिन थियो । . . आज बुबाको मुख हेर्न दिन भनेर एउटा सानो बालक स्कुल देखि घर फर्केर ढोकामा उभिरहेको थियो। . . छोरो त्यसरी ढोकामा बसेर सडकतिर हेरेको देखेर आमाले सोधिन;"बाबु के हेरेको तैले?कोही आउन लाग्या छ र?" . . छोराले तोत्ले बोलिमा माया लाग्दो तरिकाले भन्यो; "ममी तपाईलाई थाहा छैन् आज "बाबाको मुख हेर्ने दिन हो" आज बाबा आउनु हुन्छ रे! मलाई बाबाले अस्ति फोनबाट प्रमिस! गर्नु भएको छ त्यही भएर स्कुल देखि २ वटा चक्लेट किनेर ल्याएको छु बाबालाई खुवाउन! . . त्यो सुनेर उसकी आमा धेरै रोईन! आशुका मुल फुटे आखाबाट! . . "बाबु तेरो बाबा अब कहिलै आउदैन्ऩ! प्रहरीको जागिर खाएका तिम्रो बाबा आन्दोलन रोक्ऩ भनि हिडेका थिए तर तिनी आफ्ऩो खुट्टामा होईन काठको बाक्स भित्र घर फर्किए तिमीलाई कसरी भनौ "भन्दै ती आमाले मन मनै सोच्दै रुन थालिन! .. .. आमा रोएको देखेर छोरा भन्ऩ थाल्यो:" मामु किन रुनु भएको तपाईको लागि नि एउटा चक्लेट छ रुक्ऩुन बाबा आएपछि सँगै दिन्छु के" ती आमा झन रुन थालिन! अरु के नै गर्न सक्थिन र रुनु बाहेक

सायद येस्तै रहेछ प्रेम ! भाग १

बैसाख महिना !! बिहानको येस्तै ११ बजे अफिस अगाडि चट्ट कान्तिपुर पत्रीका पढी रहेको थिय । एकाएक चर्को आवाजले कोहि बोल्दै आइ रहेका थिय । येसो पछाडी फर्केर हेरे ४ जना केटिहरु लेहेङ्गामा सजियर मस्त गफ लगाउदै आयेका थिय ।  उनिहरुको शरीर बाट मीठो अत्तरको बास्ना आइ रहेको थियो । ती ४ जना मध्य किन किन एउटि केटि सार्है मन पर्यो । रातो ब्लाउज अनि गुलाबी रङ्गको लेहेङ्गा लगायेकी थिइन । किन किन ? उन्को मुहार भन्दा मलाइ उन्को त्यो लेहेङ्गा पो दिमागमा याद आयो । साच्चै नै उनी एक परिको प्रतिबिम्ब भन्दा फरक पर्दैन थियो होला । येस्तै कुरा सोच्दै बसेको थिय एक जनाले भनिन " दाइ यहाँ साहारा पार्टी प्यालेश कहाँ छ ? " मैले पनि सिधै अगाडि गयेर हेर्नू त्यहा ठूलो पेट्रोल पम्प छ त्यसैको पचाडि छ साहारा पार्टी प्यालेश । उनी हरु हस भन्दै त्यहा बाट लागे । पार्टी प्यालेस भनी सकेपछी पक्कै उनि हरु बिहामै आयेका हुन सक्छन तर कहाँ बाट ? येस्तै प्रश्न उल्झी रहे ! म बस त्यही राती ब्लाउज अनि गुलाबी लेहेङ्गा लगाउने केटिकै बारेमा मात्र सोची रहे ,! ...को होलिन ? कहाकी होलिन ? कस्को बिहेमा आयेकी होलिन ? ओहो ! प्रश्न पनि कति ...

#Part_5

"जा साले जा दौडी....सम्हाल तेरि प्यारी लाई...जान नदे कसैको अङालो मा !! हिजो - अस्ति हाम्ले  त सग मजाक मात्र गरेका थिएउ..तर तैले मन पराएको मान्छे अरु कसैको अङाको मा लिप्टिएको हामी हे...

गजल

तिमीले जस्तै मैले आँखा तार्न सकिन फूल्या फूल मर्छ भनि सार्न सकिन . मुटु माथि ज्वाला राखी हाँस्नु कसरी ? हाँस्छु हाँस्छु भनि मैले टार्न सकिन . आई रह्यौ घरि घरि दिलको वरिपरी , अझै पनि तिम्रो माया मार्न सकिन . फूल जस्तो दिल दिदा आगो दियौ प्रिये, सुकि सक्या आँशु फेरि झार्न सकिन ।