Skip to main content

#Part_5

"जा साले जा दौडी....सम्हाल तेरि प्यारी लाई...जान नदे कसैको अङालो मा !! हिजो - अस्ति हाम्ले  त सग मजाक मात्र गरेका थिएउ..तर तैले मन पराएको मान्छे अरु कसैको अङाको मा लिप्टिएको हामी हेर्न सक्दैनौ !! साथी होस ...माया लाग्छ तेरो...हाम्ले त पहिलै भनेका थिएउ माया मा नफस....जा समर जा....रोक उस्लाइ..."

मैलै सजिलै साथी हरु को कुरा पत्त्याउनै सकिन...भर्खर फोन मा कुरा गरेका हामी ...कुरा राम्रै भएको थियो...उनी त घर मा हुनु पर्ने हो..अहिले

साझ परि सकेको छ...मुस्लिम केटि यसरि साझ मा हिड्दैनन होला..उनी तेस्ती छैन्न..
म माया सगै उन्लाइ बिश्वास पनि पनि गर्छु..
मैले बिस्वास गर्ने प्रसस्थ आधार हरु  उन्का आँखा मा प्रस्ट देखेको छु...
मैले उनी लाई ..अझ भनौ मेरि मुटु उनी लाइ
कसरी अबिस्वास गरौ...
मैले पत्याइन पत्याउनै सकिन....

म आफ्ना साथी लाई नहेरी फटाफट हिडे आफ्नो कोठा तिर....साथी हरु खै के भन्दै थिए...मुटु जोड -जोड ले धड्किदै थियो...खुट्टा पनि लर्खराउदै थिए...फेरि एक पटक फोन गर्ने किसिस गर्दै मोबाइल झिके....

फेरि उन्ले भनेको याद आयो... " अ सुन मोबाइल पाए भन्दै मा फोन गरेको गरै गर्ने हैन...म family सग हुन्छु !! बरु म आफै गर्छु मन लागेको बेला .."

मैले फेरि मोबाइल गोजि मै हाले.....
सधै हिड्दै जाने म...आज हिड्ने आट आएन...
म mentally र physically नै कम्जोर भै सकेको थिए...
तर उन्लाइ गुमाउने हार भने खाइ सकेको थिइन र छैन....

रत्नपार्क हुँदै...बानेश्वर जाने माइक्रो समाते..र चढे..लास्ट सिट मेरै लागि राखी दिए जस्तै गरि पर्खाइ मा थियो....गएर बसे शरीर ले टाउको थेग्नै नसक्ने गरि भारी भै रहेको थियो...माइक्रो को आड लिदै केही ढल्किए...

गाउँ देखि शहर छिरेको म...
साला...माकुरा ले आफ्नो जीवन काल मा पनि त्यति धेरै जालो कहिलै बुनेन होला जति मैले सपना हरु बुने...
सपना माया का..
सपना चहाना का...
सपना बाबा आमा को मुहार मा हासो दिने  का...

कसैको छोरो सेतो कोर्ट र एप्रोन मा सजिएको छ भने आजै गएर डक्टरी पढौ जस्तै लाग्ने..
आफन्त हरु इन्जिनियर भए रे भनेको सुन्दा आजै इन्जिनियर Join गरौ जस्तै लाग्ने...
कसैको छोरा australia / american पुग्यो रे भन्दा आजै apply गर्न जाउ जस्तै लाग्ने....

यी सारा का सारा सपना हरु अपुर्ण हुदा हुँदै उनी पनि उनी अर्को एक सपना बनी आइन...
यो बहकी रहने मन ले सोच्छ !! कि उन्लाइ कतै लगेर लुकाएर राखौ यो बहकी रहने मन ले सोच्छ !! कि उन्लाइ कसैको हुन न दिउ...

आज पटक्कै कोठा भित्र छिर्न मन लागेन...
जाउ उनै को घर को वरिपरि...पर्खिरौ उन्लाइ... उन्को त्यो मधुर आवाज लाई....

मन ले मान्दै मानेन...
यदि साथी हरु ले भनेको कुरा सहि हो भने को हो उ..के सम्बन्ध छ उ सग ...

मैले फेरि फोन गर्ने कोशस गरे...र उन्को नम्बर दबाए...
"The number you have dial is busy"

मन खुसि भयो...लाग्यो कि उन्ले switch on गरिछन..अब एक छिन भए पनि कुरा गर्छु र सोद्छु कहाँ छौ तिमी भनि...
केही बेर Wait गरे...र फेरि दबाए...

"The number you have dial is busy"
after ...5 minute ..
"The number you have dial is busy"
after ...15 minute ...
"The number you have dial is busy"
...20 minute ...
...25 minute ...
....30 minute ...

हात काम्यो..के भयो उन्लाइ...कतै केही नराम्रो त भएन..
यति धेरै बेर सम्म कुरा ...आखिर किन र को सग...
मन मा राम्रा र नराम्रा दुबै कुरा खेल्न थाले...एक पटक अन्तिम कोशिस गरे र दबाए  ....

"The number you have dial is switch off please try again "

.....अब त श्रीफ यो ढल्किदै गएको अन्धेरी रात बाकी थियो म सग..
साथी हरु को कुरा ले मानसपटलमा कब्जा जमायो...
यो रात आज मलाइ सुत्न नदिने तर्खर गर्दै अधेरिदै थियो भने म यो कालो रात मा पनि उन्को प्रतिबिम्ब देख्दै थिए...

अब त बस...मलाइ भोलि बिहान को प्रतीक्षा छ...
त्यो स्कुटर को आवाज...
उन्को मोट्टे दारी वाला दाइ...
र पछाडी बसेकी उनी...
सलबलाइ रहेका उन्का आँखा....

मैले हिम्मत जुटाए..
बिच सडक मा स्कुटर रोक्ने र सारा- का सारा प्रस्न सोध्ने आट का साथ निदाउने असफल प्रयास गर्दै म ढल्किए...

To be continue ....

Comments

Ajaya Khadka said…
Sir esko full part pauna sakxu hola
Ma hajur ko reply ko wait gardai Xu
Thank you
Reader

धेरै पढिएका कथाहरू.....

"बानेश्वर "भाग-३

.........जेठा दाइ को कुरा सुनेर चन्द्रकला बोल्न सकिनन... सङै बस्नु भएको आमा उठेर खोक्दै बाहिर निस्किनु भयो...सायद आमा लाई पनि जेठा छोरा को कुरा मन परेन होला..! रात को ८ बजि सकेका ले सबै ज...

Daughter छोरी

एक दिन एउटा व्यक्तिलाई बाटोमा अचानक रिँगटा लागेकोले केही मान्छे हरुले उलाई हस्पिटलमा लान्छ । सानै छदा उहाले आफ्नो छोराको मृगौला खराब भएकोले एउटा मृगौला आफ्नो छोरालाई दिएको थियो । त्यसैले अर्को मृगौलाले पनि काम गर्न छोडन लागेको थियो । उसको घरमा फोन गर पनि उसलाई त्यसतो हालतमा कोई आफन्त पनि भेटन आएन । उसलाई लाग्छ कि अब उसको अन्तिम दिन आईसकेछ । अर्को दिन उसको आखा खुल्छ , उसले अचम्म मान्दै डक्टरलाई सोधेछ " मलाई कसले आफ्नो मृगौला दिएछ ". डक्टरेले भन्छ " हजुर एउटी केटी आएको थियो उनले भनिन उनी हजुरको छोरी हो र हजुरलाई आफ्ना मृगौला दिन चाहान्छ "। मान्छे त्यो केटीको नजिक जान्छ र हेर्छ कि उनी साच्चै उसकी छोरी नै हुन्छ । जसलाई धेरै बर्ष पहिला उसले हेला गरेर घरबाट निकाल दिएका थिए । केटीले एउटा पत्र छोडेकी हुन्छ । उसले पत्र खोलेर पढ्छ ;--- " बाबा मलाई माफ गरिदिनु , म यो जुनीमा हजुरको छोरा बनी जन्मिनु सकिनन । सायद म धेरै नै भाग्यमानी रैछु जसको बुबाले यति धेरै माया गर्नु भएछ । त्यो दिन हरूलाई सम्झिदा धेरै रमाईलो लाग्छ । आमाले मलाई जन्म दिएर जानू भो , त्यसपछि हजुरले छोर...

बिहेको पहिलो रातमा Part 4

"अब किन सम्झेको ?" रुन्छे स्वरमा उसले फर्कायो ! मैले उसलाई चिनेदेखी पहिलो पटक उसको यस्तो आवाज सुनेको थिएँ !उसको स्वर मलिन थियो ! डर मिसिएको थियो उसको आवाजमा ! अलिअली सम्झना मिस...

Full Love Story ||Love Seasson|| In Nepali Language

  Love Session मेरो जन्म पण्डित श्री बिश्वेशवर चन्द्र प्रसाद पण्डित ज्युको घर मा भएको थियो । कसैलाई म मेरो बाबा को नाम भन्दा तिमीले आफ्नो बाबाको नाम भनेको कि तिम्रो ठेगाना भनेर खिल्लि उठाउथे । पण्डित ज्यु को घरमा मेरो जन्म भएकोले बाबाले आफै मेरो नाककरण गर्नु भएका थिए । मेरो नवरण को नाम प्रेम सुँन्दर चन्द्र प्रसाद पण्डित राखि दिनु भएको थियो । यो भन्दा त सानो मेरो घरको ठेगाना थियो , यति ठुलो नाम कसैलाई भन्दा सबै हासेर जिस्काउथे । म आफ्नो बाबाको एक्लो छोरा भएकोले गाउँ भरीका मान्छेहरुले मलाई छोटु पण्डित भनेर बुलाउनु हुन्थ्यो । हुन त नाम जति लामो थियो , उति धेरै मान सम्मान पनि थियो । तपाई सबैलाई थाहा नै होला , पण्डित ज्यु कसैको घरमा जादा , घरको मान्छेहरूले आफै कुर्सी दिएर बस्नु लगाउनु हुनु हुन्थ्यो । तर खासै मलाई इ मान सम्मान इज्जत को कुनै अावश्यक छैन जस्तो लाग्थ्यो । म जब स्कुल जान्थे , दलित जातका साथीहरू मेरो बेन्च बाटै उठेर अर्को बेन्च मा बस्ने गर्थे । म छक्क पर्दै किन उठेको भनेर सोध्दा उनीहरूले हामी तल्लो जातको हो त्यसैले हामीलाई तिमी सँग बस्नु अनुमति छैन भन्ने गर्थे । तर त्यै कक्ष...