Skip to main content

सायद येस्तै रहेछ प्रेम ! भाग १



बैसाख महिना !! बिहानको येस्तै ११ बजे अफिस अगाडि चट्ट कान्तिपुर पत्रीका पढी रहेको थिय । एकाएक चर्को आवाजले कोहि बोल्दै आइ रहेका थिय । येसो पछाडी फर्केर हेरे ४ जना केटिहरु लेहेङ्गामा सजियर मस्त गफ लगाउदै आयेका थिय ।


 उनिहरुको शरीर बाट मीठो अत्तरको बास्ना आइ रहेको थियो । ती ४ जना मध्य किन किन एउटि केटि सार्है मन पर्यो । रातो ब्लाउज अनि गुलाबी रङ्गको लेहेङ्गा लगायेकी थिइन । किन किन ? उन्को मुहार भन्दा मलाइ उन्को त्यो लेहेङ्गा पो दिमागमा याद आयो । साच्चै नै उनी एक परिको प्रतिबिम्ब भन्दा फरक पर्दैन थियो होला । येस्तै कुरा सोच्दै बसेको थिय एक जनाले भनिन " दाइ यहाँ साहारा पार्टी प्यालेश कहाँ छ ? " मैले पनि सिधै अगाडि गयेर हेर्नू त्यहा ठूलो पेट्रोल पम्प छ त्यसैको पचाडि छ साहारा पार्टी प्यालेश । उनी हरु हस भन्दै त्यहा बाट लागे । पार्टी प्यालेस भनी सकेपछी पक्कै उनि हरु बिहामै आयेका हुन सक्छन तर कहाँ बाट ? येस्तै प्रश्न उल्झी रहे ! म बस त्यही राती ब्लाउज अनि गुलाबी लेहेङ्गा लगाउने केटिकै बारेमा मात्र सोची रहे ,! ...को होलिन ? कहाकी होलिन ? कस्को बिहेमा आयेकी होलिन ? ओहो ! प्रश्न पनि कति उठेका ? यो एउटा सपना थियो भुलेकै राम्रो भन्ने सोचेर चुप लागे । आफै ले हेका पाउन सकिन कि दिनहु लति केटि सङ्ग भेट हुन्थ्यो कसैलाइ बिर्सन गार्हो भयेन आखिर को हुन इनि ? किन बिर्सन सकेको छैन ? हरेक बिहान उन्कै त्यही क्षण मात्र याद आयेका छन । उन्लाइ फेरि देख्ने आस मर्न थाल्यो । 
.........येस्तै करिब ६ दिन बिति सकेको थियो । त्यो दिन आफैलाइ अनौठो लाग्यो ! बिहान सबेरै उठेर नुहाइ धुवाइ सकि सके पछि चट्ट अफिसको ड्रेस लगायेर अफिस तिर लागे ! बिहानको ८ बजे देखि मेरो क्लास थियो त्यसैले बिहानै पढाउन आउन पर्थ्यो । आफ्नो क्लास सकि सके पछि येसो फेसबुक खोलेर हेरेको sunita uploaded a photo भनेर news feed मा आयो । येसो फोटो हेरि रहे एउटा फोटो मा आँखा अडियो त्यो फोटो अरु केही थियन बस त्यही अस्ति देखा पर्ने ती परि कि प्रतिबिम्ब जस्ती केटि को थियो अनि tag छ कि भनेर सबै हेरे तर फेला पार्न सकिन बस त्यो फोटो लाई लाइक गरेर फोटो आफ्नो मोबाइलमा सेभ गरे । अनि जब साझ पख अफिस सकियेर म घर आये घर आउदा त अचम्मै भयो । येस्तो घटना घट्यो जस्ले मेरो जिन्दगिको हरेक मोड अनि यात्रा नै परिवर्तन गर्यो । जब म घर पुगे त्यहा....

#क्रमश :....


Comments

धेरै पढिएका कथाहरू.....

"मन छुने प्रेम कथा"

:केटो ले केटि लाई फोन गर्छ! ❤️केटो-: "हेल्लो ! ❤️केटि-: "हजुर, भन,,! ❤️केटो-: :miss you. ❤️केटि-: "miss you to. आज बिहानै देखि खोई किन        तिम्रो धेरै याद आयिराछ। ❤️केटो-: "(केहि समय रोकिएर) i love you. तिमी अहिले ...

आमालाई कहिल्यै नरुवाउनु!!

बा’ले आमाका लागी नयाँ सारी किनेर ल्याउनु भएको थियो। रातो बुट्टेदार सारी बा’ले झोलाबाट निकालेर आमालाइ दिने बित्तिकै आमा आस्चर्यचकित हुँदै बोल्नु भएको थियो “हैन किन ल्...

काल्पनिक कथा

"Uff फेरि त्यही पुरानो T- shirt 😏 मैले दिएको चै लगाउन हुन्न है हुन त म जस्ती नराम्री ले दिएको के लगाउनु हुन्थ्यो र " भन्दै उ रिसाइ हाल्थी !! मानौ उस्लाइ रिसाउन कुनै कारण नै चहिदैन थियो. म ...

कथा- ऊ बेश्या होइन!

त्यो पटक दुइ महिना पछि त्यो दिन आमाको बोलि सुन्दै थिएँ म। त्यो दुइ महिना मेरा लागी बर्षौ झैँ लामो थियो। यतिका समयपछी फोनमा नै भएपनी उहाँको आवाज सुन्न पाएको थिएँ मैले। तर फ...