त्यो पटक दुइ महिना पछि त्यो दिन आमाको बोलि सुन्दै थिएँ म। त्यो दुइ महिना मेरा लागी बर्षौ झैँ लामो थियो। यतिका समयपछी फोनमा नै भएपनी उहाँको आवाज सुन्न पाएको थिएँ मैले। तर फोन नउठाउँदै मेरो शरिर थरर कापेको थियो। “हेलो।” आमाले सुस्तरी बोल्नु भएको थियो। “हजुर।” मेरो मुस्किलले आवाज निस्किएको थियो। “के छ तेरो खबर?” आमाले सोध्नु भएको थियो। “ठिकै छ। तपाइँहरुको?” मैले आँफुलाइ सम्हाल्दै बोलेको थिएँ। “हाम्रो नि ठिकै छ।” आमाले भारी स्वरमा बोल्नु भएको थियो। “बा’लाई सन्चै छ?” यति बोल्दा मेरो आवाज हिक्क भएको थियो। “अँ! अहिले ठिकै छ। अस्ति अप्रेसन गरेको, थाहा त पाइस् होला।” “अँहँ थाहा छैन! केको अप्रेसन? कहाँ बाट थाहा पाउनु र मैले?” यति बोल्दा मेरा आँखाबाट तरर आँशु झरेका थिए। “त्यही ढाडको त हो।….नरो! अहिले ठिक हुँदैछ।” आमाले मलिन स्वरमा बोल्नु भएको थियो। “आमा! हामिलाइ घर नबोलाउने कहिल्यै?” केहिबेर रोकिएर मैले रुँदै बोलेको थिएँ। “म के भन्नु? तेरा बा’ले मैले भनेको सुन्छन् र?” आमा पनी रुनु भएको थियो। “बा’ले कहिल्यै मेरो कुरा पनी गर्नु हुन्न आमा?” मैले आँशु पुछ्दै सोधेको थिएँ। “तेरा बा’को रिस