लेखक :- Sangita Bhandari बिहानको काम धन्दा सकेपछी उहालाइ फोन गर्न नम्बर हेर्दै थिए गाडी लिएर आउनु भयो। केही मलिनो मुहार बनाएर भन्नू भयो हिजो साथिहरुलाइ पार्टी दिदा रात बितेको पत्तै भएन रिसाएकी त छैनौ नि मैले पनि उहाँ तिर हेर्दै जवाफ फर्काए छैन हजुर😊।मेरो नजिकै आएर हात समाउनु भयो अङ्गालोमा बेर्नु भयो अनि सानो स्वरले भन्नू भयो भयो जाउ सामान प्याक गर हनिमुन मनाउन हामी काठमाडौ जाँदै छौ।यति सुने पछि म फुरुक्क परे खुसी नहुने कारण पनि त थिएन जन्मिएसी खोलाको तिर ,हुर्किदा पाल्पाको सानो गाउँ बाहेक मैले कुनै ठाउँ देखेकी थिइन।बेला नै घुम्ने अनि रमाउने थियो।। उहाले नै ल्याइदेको रातो कुर्ता सुरुवाल लगाए हातभरी चुरा आखामा गाजल सिउदोमा सिन्दुर गलामा पोते अनि ओठमा रातै लिपिस्टिक लाएर सजिएकी थिए त्यो देखेर उहाँले नजिकै आएर भन्नू भयो अप्सरा हेर्न स्वर्ग जानै नपर्ने भयो मलाइ भन्दै मुस्कुराउनु भयो।उमेरमा आफू भन्दा १९ बर्ष जेठोलाइ जिबनसाथिको रुपमा पाए पनि उहाले गर्ने व्यबहार अनि मायाले मलाइ त्यस्तो महसुस हुन्थेन।हामी गाडी चढेर काठमाडौको रमाइलो यात्रामा निस्किएउ। करिब ११ घन्टाको यात्रा पछि हामी कलन्की पु