Skip to main content

बियोग भाग १


लेखक :- Sangita bhandari (भुन्टुरी )

उमेरले सानै भएता पनि जिम्मेवारीले थिचिएर होला म आफुलाइ निकै ठुलो देख्ने गर्छु ।म जुन परिवारमा जन्मे त्यो परिवार मध्य मलाइ न कसैको नाम थाहा छ न त कसैको अनुहार नै चिन्छु,मलाइ थाहा छ त केबल यति म छोरी भएकै कारण जन्मेको एक घन्टा मै खोलाको तिरमा लगेर छोडेका थिए रे भगवान मानिने मेरा बाबाआमाको अनुरोधमा छिमेकी उमेस काकाले ।।जब म खोला को तिरमा रोइरहेकी थिए तब लुगा धुन आउने धोबिको नजरमा परे म।धोबिले मलाइ काखमा लिएर घरमा लगे माया स्नेह सबै कुराले भरिपुर्ण हुँदै हुर्कदै थिए म।जस्ले मलाइ जन्म दिए उनिहरुको लागि म मरि सकेको थिए त्यसैले जस्ले मलाइ घरमा ठाउँ दिनु भयो मनमा सजाउनु भयो त्यस धोबिलाइ बाबा अनि उस्कि धर्मपत्नी जस्ले मलाइ प्रत्येक पल आफ्नो छातीमा टासेर हुर्काउनु भयो उहालाइ म आमा भनेर बोलाउने गर्थे।। जब म सानी थिए सबैको नजरमा प्यारी थिए अब त अलि ठूलि भैसकेकी थिए म मुनि एउटा भाइ  जन्मी सकेको थियो । भाइ जन्मे पछि बाबा आमाको माया भाइ प्रती अलि बढी नै देखिन्थ्यो जस्ले गर्दा मेरो मन आत्तिन्थ्यो सायाद भाइ उनी हरुको आफ्नै रगत भएर होला भनेर आफ्नो मन बुझाउन बाध्य भए। मेरो उमेरका सबै साथीहरू स्कुल जाने भैसकेका थिए मेरो मन मा पनि पढ्ने लेख्ने ठूलो मान्छे हुने रहर थियो मलाइ कर्म दिने बाबा आमालाइ सुख दिएर पाल्ने सपानाले सधै डसिरहेको हुन्थ्यो तर त्यो सपना लाई मनको कुनामा थन्काएर राख्नु पर्ने मेरो बाध्यता थियो।। १५ पुगेर भर्खर १६ लागेकी थिए घरमा बिहेको कुरा चलिसकेछ।बाबा आमालाइ त आफ्नी छोरी सानै लाग्छ भन्थे तर होइन्छ क्यारे १६ बर्षकै कलिलो उमेरमा जबर्जस्ति अनमाएर बिदा गरे मलाइ मेरा बाबा आमाले।
लोग्ने भनिएको मेरो जीवनसाथी झट्ट हेर्दा ३५ काटेको ,अग्लो,कपाल पालेको,बोल्दा कपाल मिलाइरहने अनि हास्दा गालामा खाल्डो पर्ने थियो। गाउको सुब्बाको एक्लो छोरो मोज मस्तिमा हुर्केको ,केटीलाई पैतलाको धुलो सम्झिने ,आवश्यक पूरा भएपछी फर्केर नहेर्ने स्वभाव लाई पतिको रुपमा पाएकी थिए मैले। यो मेरो कस्तो भाग्य जन्म त पाए बाबाआमा चिनेको छैन कर्म त दिए तर अब फर्केर जाने बाटो बन्द भै सकेको थियो अनि लोग्ने त पाए तर साथ थिएन ।अभावै अभावको जीवन बाच्न बाध्य म अभावकै मरुभूमि मा रुमलिरहेकी थिए।बिहेको पहिलो रात थियो मनभरी डर थियो अनगिन्ती रहर अनि मिठा मिठा सपनाहरू थिए।बाबा आमाको रुपमा पाएको सासुससुरालाइ खान दिए पछि आफू चाहिँ पतिदेबको पर्खाइमा बसिरहे कुर्दा कुर्दै कति बेला निदाएछु पत्तै भएन।बिहान भयो भाले बास्यो झस्याङ भए आँखा खोले आफू कहाँ छु भन्ने ठम्याउनै सकिन केही बेरको सोचाइ पछि याद आएछ म त अरु कसैकी पत्नी भैसके उसैको पर्खाइमा यहाँ निदाएकी रैछु भन्नी ।।
To be continue...

Comments

धेरै पढिएका कथाहरू.....

सायद येस्तै रहेछ प्रेम !  भाग २

जब त्यहा पुगे ..त्यहा अस्ति बिबाह हुने सुनिता दिदि आउनु भयेको रहेछ त्यही पनि माइतमा मैतालु फर्काउन आउदा हाम्रो घरमा पनि पस्नु भाको रे । दिदी सङ्ग भिनाजु पनि आउनु भाको थियो एक्छिम गफ गरेपछी म भित्र सोफा मा गयेर मोबाइल चलायेर बसे  । केही बेरमा दिदी यो स्याउ लाई कहाँ राखम भन्दै एउटा आवाज आयो । कस्तो सुने सुने जस्तो पो लाग्यो त यो आवाज ! अनि येसो भित्र भान्सामा हेरेको म त छागा बाट खसे झै भये । अस्ति भेट हुने केटि पो रहेछिन । हैन कसरी आइन हाम्रो घर अनि किन ? प्रश्न उठे तर सोध्ने आट गर्न सकिन ! बेला बेल उनिलाइ हेर्थे जब हाम्रो नजर जुध्थ्यो म मोबाइल तिर ध्यान दिन्थे !  एकैछिन पछि मेरो दिदिले मलाइ बोलाउनु भयो उनी पनि त्यही नै थिइन अनि दिदी ले हाम्रो परिचय गराउनु भयो .. कि अस्ति बिबाह हुने दिदिको बहिनी पो रहेछिन । म त एक्छिन हैरान भय मन खुसिले अतालिन थाल्यो । उन्ले हजुरको नाम चाइ के नि भनेर प्रश्न गरिन ! मैले पवन भने तर उन्को नाम सोध्न बिर्सियछु ! अनि उस्ले त हामी त अब सोल्टी सोल्टिना पो परेम है सोल्टी दादा भन्दै कुरो गरिन । अनि म पनि मुसु मुसु हास्दै हो माथी हो थपे ...   ...

सायद येस्तै रहेछ प्रेम ! भाग १

बैसाख महिना !! बिहानको येस्तै ११ बजे अफिस अगाडि चट्ट कान्तिपुर पत्रीका पढी रहेको थिय । एकाएक चर्को आवाजले कोहि बोल्दै आइ रहेका थिय । येसो पछाडी फर्केर हेरे ४ जना केटिहरु लेहेङ्गामा सजियर मस्त गफ लगाउदै आयेका थिय ।  उनिहरुको शरीर बाट मीठो अत्तरको बास्ना आइ रहेको थियो । ती ४ जना मध्य किन किन एउटि केटि सार्है मन पर्यो । रातो ब्लाउज अनि गुलाबी रङ्गको लेहेङ्गा लगायेकी थिइन । किन किन ? उन्को मुहार भन्दा मलाइ उन्को त्यो लेहेङ्गा पो दिमागमा याद आयो । साच्चै नै उनी एक परिको प्रतिबिम्ब भन्दा फरक पर्दैन थियो होला । येस्तै कुरा सोच्दै बसेको थिय एक जनाले भनिन " दाइ यहाँ साहारा पार्टी प्यालेश कहाँ छ ? " मैले पनि सिधै अगाडि गयेर हेर्नू त्यहा ठूलो पेट्रोल पम्प छ त्यसैको पचाडि छ साहारा पार्टी प्यालेश । उनी हरु हस भन्दै त्यहा बाट लागे । पार्टी प्यालेस भनी सकेपछी पक्कै उनि हरु बिहामै आयेका हुन सक्छन तर कहाँ बाट ? येस्तै प्रश्न उल्झी रहे ! म बस त्यही राती ब्लाउज अनि गुलाबी लेहेङ्गा लगाउने केटिकै बारेमा मात्र सोची रहे ,! ...को होलिन ? कहाकी होलिन ? कस्को बिहेमा आयेकी होलिन ? ओहो ! प्रश्न पनि कति ...

सायद येस्तै रहेछ प्रेम ! भाग ४

.......सरि भन्दै मेसेज गरे पछि केही उन्ले "Its okay " भन्दै मेसेज गरिन ! म तिमिलाइ पाउन सकिन त्यसैले प्लिज मलाइ माफ गर अनि फेसबुकमा ब्लक गरिदेउ । भने उन्ले पनि हस भन्दै मलाइ ब्लक गरिन .. .... म रुन मात्र सकि रहेको थिइन ! तर करिब 15 मीन पछि रातिको येस्तै ११ बजेको थियो उन्ले मेसेज गरिन " सुन्नु न भन्दै " ।।। उन्को त्यो मेसेज ले अलिकती भयेनी सान्त्वना दिलायो  । मैले नि भन न भन्दै मेसेज गरे ! उन्ले अगिनै भनेका सबै कुरा झुठा हुन है भन्दै मेसेज गरे ! मेरो मन  येसै फुरुङ्ग भयो ! अनि होर अगिनै किन झुट बोलेको त भने ! उन्ले बस हजुरको मनको कुरा बुझेको थिय भन्दै म एउटा कुरा भन्छु मान्नु हुन्छ भनिन "येदि मेरो हात एक चोटि थामी सके पछि कहिले पनि छोड्न पाउनु हुन्न है त ! " म पनि खुसी हुँदै हुन्छ नि किन नहुनु ! भन्दै जवाफ फर्काय ! ......त्यस पछि उनी र म बल्ल प्रेम सम्बन्धमा गासियौ ! पहिलो चोटि कसै सङ्ग प्रेम सम्बन्ध मा बाधियको थिय । अनौठो महसुस भै रहेको थियो ! अनि आफ्नो परिवारको बारेमा केही कुरा गरेउ ! जेठमा जाँच   थियो त्यही पनि ११ को । पढाइमा ध्यान दिउ कि प्रेमिक...

सायद यस्तै छ प्रेम (भाग ११)

…...मलाइ बिसय लागेछ पर्सेन्ट जम्मा ४३ आयेको ! उन्ले था पाइछन क्यार ! त जस्तो केटा मेरो लायक छैनस भनिन । मलाइ अत्यन्तै दुख लाग्यो । मेरो पढाइ बिगि्रएको मा आफैलाइ दोश दि रहे ! रोये...