Skip to main content

बियोग भाग १


लेखक :- Sangita bhandari (भुन्टुरी )

उमेरले सानै भएता पनि जिम्मेवारीले थिचिएर होला म आफुलाइ निकै ठुलो देख्ने गर्छु ।म जुन परिवारमा जन्मे त्यो परिवार मध्य मलाइ न कसैको नाम थाहा छ न त कसैको अनुहार नै चिन्छु,मलाइ थाहा छ त केबल यति म छोरी भएकै कारण जन्मेको एक घन्टा मै खोलाको तिरमा लगेर छोडेका थिए रे भगवान मानिने मेरा बाबाआमाको अनुरोधमा छिमेकी उमेस काकाले ।।जब म खोला को तिरमा रोइरहेकी थिए तब लुगा धुन आउने धोबिको नजरमा परे म।धोबिले मलाइ काखमा लिएर घरमा लगे माया स्नेह सबै कुराले भरिपुर्ण हुँदै हुर्कदै थिए म।जस्ले मलाइ जन्म दिए उनिहरुको लागि म मरि सकेको थिए त्यसैले जस्ले मलाइ घरमा ठाउँ दिनु भयो मनमा सजाउनु भयो त्यस धोबिलाइ बाबा अनि उस्कि धर्मपत्नी जस्ले मलाइ प्रत्येक पल आफ्नो छातीमा टासेर हुर्काउनु भयो उहालाइ म आमा भनेर बोलाउने गर्थे।। जब म सानी थिए सबैको नजरमा प्यारी थिए अब त अलि ठूलि भैसकेकी थिए म मुनि एउटा भाइ  जन्मी सकेको थियो । भाइ जन्मे पछि बाबा आमाको माया भाइ प्रती अलि बढी नै देखिन्थ्यो जस्ले गर्दा मेरो मन आत्तिन्थ्यो सायाद भाइ उनी हरुको आफ्नै रगत भएर होला भनेर आफ्नो मन बुझाउन बाध्य भए। मेरो उमेरका सबै साथीहरू स्कुल जाने भैसकेका थिए मेरो मन मा पनि पढ्ने लेख्ने ठूलो मान्छे हुने रहर थियो मलाइ कर्म दिने बाबा आमालाइ सुख दिएर पाल्ने सपानाले सधै डसिरहेको हुन्थ्यो तर त्यो सपना लाई मनको कुनामा थन्काएर राख्नु पर्ने मेरो बाध्यता थियो।। १५ पुगेर भर्खर १६ लागेकी थिए घरमा बिहेको कुरा चलिसकेछ।बाबा आमालाइ त आफ्नी छोरी सानै लाग्छ भन्थे तर होइन्छ क्यारे १६ बर्षकै कलिलो उमेरमा जबर्जस्ति अनमाएर बिदा गरे मलाइ मेरा बाबा आमाले।
लोग्ने भनिएको मेरो जीवनसाथी झट्ट हेर्दा ३५ काटेको ,अग्लो,कपाल पालेको,बोल्दा कपाल मिलाइरहने अनि हास्दा गालामा खाल्डो पर्ने थियो। गाउको सुब्बाको एक्लो छोरो मोज मस्तिमा हुर्केको ,केटीलाई पैतलाको धुलो सम्झिने ,आवश्यक पूरा भएपछी फर्केर नहेर्ने स्वभाव लाई पतिको रुपमा पाएकी थिए मैले। यो मेरो कस्तो भाग्य जन्म त पाए बाबाआमा चिनेको छैन कर्म त दिए तर अब फर्केर जाने बाटो बन्द भै सकेको थियो अनि लोग्ने त पाए तर साथ थिएन ।अभावै अभावको जीवन बाच्न बाध्य म अभावकै मरुभूमि मा रुमलिरहेकी थिए।बिहेको पहिलो रात थियो मनभरी डर थियो अनगिन्ती रहर अनि मिठा मिठा सपनाहरू थिए।बाबा आमाको रुपमा पाएको सासुससुरालाइ खान दिए पछि आफू चाहिँ पतिदेबको पर्खाइमा बसिरहे कुर्दा कुर्दै कति बेला निदाएछु पत्तै भएन।बिहान भयो भाले बास्यो झस्याङ भए आँखा खोले आफू कहाँ छु भन्ने ठम्याउनै सकिन केही बेरको सोचाइ पछि याद आएछ म त अरु कसैकी पत्नी भैसके उसैको पर्खाइमा यहाँ निदाएकी रैछु भन्नी ।।
To be continue...

Comments

धेरै पढिएका कथाहरू.....

गजल

तिमीले जस्तै मैले आँखा तार्न सकिन फूल्या फूल मर्छ भनि सार्न सकिन . मुटु माथि ज्वाला राखी हाँस्नु कसरी ? हाँस्छु हाँस्छु भनि मैले टार्न सकिन . आई रह्यौ घरि घरि दिलको वरिपरी , अझै पनि तिम्रो माया मार्न सकिन . फूल जस्तो दिल दिदा आगो दियौ प्रिये, सुकि सक्या आँशु फेरि झार्न सकिन ।

Full Love Story ||Love Seasson|| In Nepali Language

  Love Session मेरो जन्म पण्डित श्री बिश्वेशवर चन्द्र प्रसाद पण्डित ज्युको घर मा भएको थियो । कसैलाई म मेरो बाबा को नाम भन्दा तिमीले आफ्नो बाबाको नाम भनेको कि तिम्रो ठेगाना भनेर खिल्लि उठाउथे । पण्डित ज्यु को घरमा मेरो जन्म भएकोले बाबाले आफै मेरो नाककरण गर्नु भएका थिए । मेरो नवरण को नाम प्रेम सुँन्दर चन्द्र प्रसाद पण्डित राखि दिनु भएको थियो । यो भन्दा त सानो मेरो घरको ठेगाना थियो , यति ठुलो नाम कसैलाई भन्दा सबै हासेर जिस्काउथे । म आफ्नो बाबाको एक्लो छोरा भएकोले गाउँ भरीका मान्छेहरुले मलाई छोटु पण्डित भनेर बुलाउनु हुन्थ्यो । हुन त नाम जति लामो थियो , उति धेरै मान सम्मान पनि थियो । तपाई सबैलाई थाहा नै होला , पण्डित ज्यु कसैको घरमा जादा , घरको मान्छेहरूले आफै कुर्सी दिएर बस्नु लगाउनु हुनु हुन्थ्यो । तर खासै मलाई इ मान सम्मान इज्जत को कुनै अावश्यक छैन जस्तो लाग्थ्यो । म जब स्कुल जान्थे , दलित जातका साथीहरू मेरो बेन्च बाटै उठेर अर्को बेन्च मा बस्ने गर्थे । म छक्क पर्दै किन उठेको भनेर सोध्दा उनीहरूले हामी तल्लो जातको हो त्यसैले हामीलाई तिमी सँग बस्नु अनुमति छैन भन्ने गर्थे । तर त्यै कक्ष...

"बानेश्वर "भाग-३

.........जेठा दाइ को कुरा सुनेर चन्द्रकला बोल्न सकिनन... सङै बस्नु भएको आमा उठेर खोक्दै बाहिर निस्किनु भयो...सायद आमा लाई पनि जेठा छोरा को कुरा मन परेन होला..! रात को ८ बजि सकेका ले सबै ज...

पवन्जु एक प्रेम कथा(भाग ४)

       भेट्ने निर्णय गरि सके पछि हामी शनिबारकै दिन परेर नारायणघाटको पुल नीर भेटेने कुरा गरेउ ! आफू परे कालो बर्णको जति गरेनी गोरो हुन नसकिने त्यैनी अलि अलि भयेनी दिदिको पाउडर लगायेर गोरो देखिने गरि निलो रङ्गको चेक शर्ट अनि कालो बेलि पायेन्ट लगाउदै कपालमा तोरिक तेल लगायेर नाराणघाट को लागि निस्किय ! गोजिमा जम्मा ९०० रुपिया लिगेर । नारायणघाट पुगेर पुल नीर बसे उन्लाइ कुरेर ! अनि उन्को नम्बरमा फोन गरे ! उनी आउन ढिलो गरिन र फोन गरे बाबा ममि घरै हुनुन्छ र एकैछिनमा आउछु भन्दै फोन राखियो । करिब आधा घन्टा पछि म नारायणघाट्को पुलमा कुरेर बस्दै थिय ! झ्याप्प उन्को फोन आयो ! कता हुनुन्छ भन्दै म पनि यहि पुल नीर छु भनेर भने ! येसो पछाडी फर्केको मैले झ्याप्पै ठम्माइहाले कारण त्यहा भयका मान्छे हरुमा बस उन्कै हातमा मोबाइल थियो ! उनि चट्ट निलो रङकी पटियाला सुरुवालमा सेतो रङ्गको सल बेरेर आखामा हल्का गाजल अनि ओठमा गुलाबी रङ्गको लालि लगायेर आयेकी थिइन । उन्को त्यो सुन्दर्ता को अगाडि म धर्तिको बोझ बरावर थिय ! उन्ले पनि मलाइ चिनी हालिन ! फोनमा हुदा भेट्न आतुर हुने हामी तर अहिले भ...