Skip to main content

बिहेको पहिलो रातमा(Part 9)

आभासकी आमा आभासको छातिमा आफ्नो टाउको राखेर रुँदै हुनुहुन्थ्यो ! एउटि आमाले आफ्नो सन्तानलाई कहाँ यस्तो अवस्थामा देख्न सक्थिन र ? आभासको अरु सबै आफन्त वरिपरि झुमिनु भएको थियो ! सबैका अनुहार मलिन थिए , सबैको आँखामा आँसु थियो ! आभासको आमा बोल्दै हुनुहुन्थ्यो "छोरा....छोरा..छो.छोरा !"
मैले यो सबै दृश्य देख्न सकिन !

अलि पछाडी आभासको भाइ ,प्रभास हुनुहुँदो रहेछ ! मैले उहाँलाई पहिलै बाट चिनेको थिएँ , आभासले कहिलेकाही हामी भेट्दा सँगै ल्याउने गर्थ्यो ! त्यसैले बोलाएँ,"प्रभास....प्र..प्रभास !"
मेरो बोली चिन्नुभयो सायद म नजिकै आउनु भयो , मलाई त्यही बेहुलिको पहिरहनमा देखेर अचम्ममा पर्नु भयो!
मैले अरु केही नसोधि सिधै प्रश्न गरेँ ,"यो सब कसरी भयो ? आभासको कसरी भयो दुर्घटना?"

प्रभासको अनुहार अलि मलिन थियो, आँखाभरी आँसु थियो ! आँसु पुछ्दै भए नि बोल्नुभयो !" दाइ हजुरलाइ एकदम माया गर्नुहुन्थ्यो , सायद आफुलाइ भन्दा धेरै ! जहिल्यै कुरा गर्दा नि जुनु यस्ती जुनु उस्ति , जुनु लाई यो मनपर्छ , त्यो मन पर्छ ! बस ! हजुरको मात्र कुरा हुन्थ्यो ! दाइले हजुरको बारेमा केही कुरा मामुसँग नि गर्नु भएको थियो !
हजुरको बिहेको कुराले दाइलाइ जति पीडा कसलाई भएको थियो होला र ? दाइ त्यो खबरले एक्लिनु भएको थियो , टोलाएर बस्नुहुन्थ्यो , केही नखाएको पनि धेरै भइ सक्यो ! जहिल्यै डायरिमा लेखेर बस्नुहुन्थ्यो , त्यो डायरिको हरेक शब्द जुनुको लागि हुन्थ्यो , हरेक शब्दमा जुनु भेटिन्थी , आफ्नो प्रेम भेटिन्थी !
आज र हिजो हजुरहरु बिच जे जे कुराकानी भयो त्यो सब मेरि अघि भयो ! सबै कुराको साक्षी म छु !
जुनु दि मेरो दाइले जति हजुरलाइ प्रेम कसैले गर्ने छैन ! म आफैँ अचम्ममा छु हजुरले यो सब गर्न कसरी सक्नुभयो ! तर दिदी मेरो दाइलाइ जस्तै धोका , अरु कसैलाई नदिनु ल ! मेरो दाइले त प्रेम गर्थ्यो ,उसँग त प्रेम गर्ने दिल छ ,सहने दिल छ ! प्रेम गर्नेले सहन नि सक्नु पर्छ उसले पनि सह्यो  ! तर हरेकसँग दाइको जस्तो दिल नहुन पनि सक्छ ! "

प्रभासका हरेक शब्दहरुमा म आभासको मप्रतिको प्रेम झल्केको देख्थेँ !उसका हरेक शब्दहरुले मेरो मुटु घोचिरहेको थियो ! आँसु झरिरहेका थिए ! तहि पनि आफुलाइ सम्हालेर बोलेँ , ;" अनि यो दुर्घटना कसरी , भरखर मसँग बोल्दै गरेको आभास यस्तो अवस्थामा कसरी ? "
उसले निरास भएर बोल्यो " दिदी जब अन्तिम पटक हजुरसँग फोन काटियो दाइले आफुले आफैलाइ सम्हाल्नै सक्नु भएन ! दाइ खुब रुनुभयो , मैले कहिल्यै देखेको थिइन यसरि दाइ रोएको ,केटा मान्छे यसरी रोएको पहिलो पटक देख्दै थिएँ ! दाइले बाइकको चाबि निकाल्ल्नु भयो म पनि अर्को बाइकमा दाइको पछि पछि थिएँ ! म जहिल्यै दाइको साथ नै हुन्थेँ आज पनि सँगै पछि लागेँ !दाइको बाइको गति अनियंत्रित थियो ! अघिबाट आउँदै गरेको बसले दाइलाइ ठक्कर दियो मेरै आँखाको अधि ! दाइ मुर्छा पर्नुभयो ! मैले दाइलाइ अस्पताल ल्याएँ !

अब मैले सम्हाल्नै सकिन आफुलाइ त्यही पनि सोधेँ ,"प्रभास

Comments

धेरै पढिएका कथाहरू.....

Nepali Full Love Story || College कलेज|| In Nepali Language...

          कलेज        भर्खर स्कुले जीवन बिताएर कलेज जानू आफैमा खुसीको कुरा थियो । स्कुलमा जस्तो गृहकार्य गर्न नपर्ने र पढ्न मन लागे पढ्ने नत्र जता गए नि हुने भन्ने कुरा धेरै सुनेको थिए मैले । आज सुरु दिन थियो मेरो कलेजमा गाउँ बाट भर्खर शहर झरेको एक हप्ता मात्रै भएको थियो । त्यति थाहा थिएन शहरको रहनसहन र रमझम र झन कलेजको बारेमा थाहा हुने त कुरै भएन । भर्ना गर्न जादा झुलुक्क पुगेर काम सकेर फर्किएको थिए म राम्रो संग हेर्दा पनि हेरिन । नया भएकै भएर होला अफ्ट्यारो महशुस हुन्थ्यो तर जे भए नि पढ्न भनेर आइसकेपछि नगएर पनि त भएन । बिहानै उठे जुत्ता हिजो दिउसै देखि टलक्क टल्कने बनाएर पोलिस लगाएर राखेको थिए । कलेजको पोशाक पनि सफा चट्टको बनाएको थिए । पोशाक लगाएर बाथरुम मा गएर आफुलाई नियाले धेरैबेर सम्म । शिर देखि माथी सम्म दोहोराउदै तेह्राउदै हेरे सबै ठिक लाग्यो अनि ठूलो झोला भित्र एउटा मात्र कापि हालेर निस्किए कलेज तिर । त्यो बेलाको फेसन रे त्यो झोलाको छोटो फिता बनाएर टपक्क टासिने गरेर भिर्नु पर्ने अनि माथी पट्टी ग...

बिहेको पहिलो रातमा Part 3

एकै छिनको भौतिक सुखमा मैले प्रेमको परिभाषा भुलेछु ! भन्ने गर्थे "कहिलेकाहीं भौतिक सुखको अघि साँचो प्रेमले नि हार्ने गर्छ ! आज मैले हारेको थिइन मेरो प्रेमले हारेको थियो ! म ...

सायद येस्तै रहेछ प्रेम ! भाग १

बैसाख महिना !! बिहानको येस्तै ११ बजे अफिस अगाडि चट्ट कान्तिपुर पत्रीका पढी रहेको थिय । एकाएक चर्को आवाजले कोहि बोल्दै आइ रहेका थिय । येसो पछाडी फर्केर हेरे ४ जना केटिहरु लेहेङ्गामा सजियर मस्त गफ लगाउदै आयेका थिय ।  उनिहरुको शरीर बाट मीठो अत्तरको बास्ना आइ रहेको थियो । ती ४ जना मध्य किन किन एउटि केटि सार्है मन पर्यो । रातो ब्लाउज अनि गुलाबी रङ्गको लेहेङ्गा लगायेकी थिइन । किन किन ? उन्को मुहार भन्दा मलाइ उन्को त्यो लेहेङ्गा पो दिमागमा याद आयो । साच्चै नै उनी एक परिको प्रतिबिम्ब भन्दा फरक पर्दैन थियो होला । येस्तै कुरा सोच्दै बसेको थिय एक जनाले भनिन " दाइ यहाँ साहारा पार्टी प्यालेश कहाँ छ ? " मैले पनि सिधै अगाडि गयेर हेर्नू त्यहा ठूलो पेट्रोल पम्प छ त्यसैको पचाडि छ साहारा पार्टी प्यालेश । उनी हरु हस भन्दै त्यहा बाट लागे । पार्टी प्यालेस भनी सकेपछी पक्कै उनि हरु बिहामै आयेका हुन सक्छन तर कहाँ बाट ? येस्तै प्रश्न उल्झी रहे ! म बस त्यही राती ब्लाउज अनि गुलाबी लेहेङ्गा लगाउने केटिकै बारेमा मात्र सोची रहे ,! ...को होलिन ? कहाकी होलिन ? कस्को बिहेमा आयेकी होलिन ? ओहो ! प्रश्न पनि कति ...

"मन छुने प्रेम कथा"

:केटो ले केटि लाई फोन गर्छ! ❤️केटो-: "हेल्लो ! ❤️केटि-: "हजुर, भन,,! ❤️केटो-: :miss you. ❤️केटि-: "miss you to. आज बिहानै देखि खोई किन        तिम्रो धेरै याद आयिराछ। ❤️केटो-: "(केहि समय रोकिएर) i love you. तिमी अहिले ...