१) केहि किम्बदन्ती के छ भने मन्दिरमा यौनजन्य संकेत सहितका कला राख्दा चट्याङ पर्दैन । जसको कारण कहिलै पनि मन्दिरहरुमा कुनै क्षेति हुँदैन । २) कसैले यो बिषयलाई धर्मसँग जोडेर के पनि भनेका छन् भने प्राचिन समयमा बौद्धमार्गीहरुको संख्या बढी थियो । धर्मकै कारण अधिकांश मानिसहरुले बैबाहिक जीवन त्यागेर साधु जीवन बिताउन थाले । यस्तो क्रम बढेपछी त्यतिखेरका हिन्दु राजाहरुले उनीहरुलाई सांसारिक जीवनमा ल्याउनको लागि बिभिन्न उपायहरु रच्न थाले । त्यसो त धर्म त्यागेर बौद्धमार्गी बन्नेको संख्या बढेको र बैबाहिक जीवन र यौन जीवनलाई त्यति ख्याल नगर्नेहरु बढ्न थालेपछि जनशंख्या घट्न थालेपछी त्यतिखेर मन्दिरहरुमा त्यस्ता यौनक्रिडाका मुर्तिहरु बनाएर दैनिक मानिसहरुलाई यौन क्रिडामा सक्रिय बनाउनको लागि मन्दिरहरुमा अश्लिल मुर्ति बनाउन थालियो । यो बिषयलाई विश्लेषण गर्ने हो भने केहि कुरा तथ्य पनि लाग्न सक्छन । किनभने धेरै मुर्तिहरु साधुजस्तो आकृतिमा कुदिएको छ । कतिपय मुर्तिहरु भगवानकै आकृतिमा पनि कुदिएको छ । त्यसको मतलव भगवानले पनि यौनक्रिडा गर्छन भन्ने संदेश दिन खोजिएको हुनसक्छ भने अर्को कुरा बुद्ध धर्म मान्नेले पनि