Skip to main content

Posts

Showing posts from November 28, 2016

मनिसा

भाग=8 सबै हुन्छ भन्दै घर तिर लाग्यौ । घर पुगेपछि कपडा चेन्ज गरेर खाजा खाए अनि निशा लाई फोन गरे ! फोन उठयो मैले सोधे के गर्दै छौ म त खाजा खादै छु तिमी नि निशा ले सोधी?? अरु काम गर्ने फुर्सद नै कहाँ छ र मलाई तिम्लाइ सम्झिन बाहेक मैले भनिदिए । गफाडि निशा को जबाफ थियो । निशा अब त exam पनि सकियो तिम्लाइ भेट्ने बाहाना पनि छैन के गर्ने अब मैले सोधे ?? म कहिलेकाही बन मा घाँस दाउरा गर्न जान्छु त्यति बेला भेट्न आउन निशा ले भनी । मेरो त खासै घरमा के काम नै थियो र त्यसैले हुन्छ भनिदिए । धेरै बेर को कुराकानी पछि फोन राखिदिए । दिन हरु यसरी नै बित्दै थिए । एकदिन निशा ले 11 बजे तिर फोन गरेर भनी आज म बनमा जाँदै छु दाउरा लिन आउ ल भनी । म पनि यसै को पर्खाइमा थिए कति बजे आउछौ मैले सोधे 1 बजे तिर आउछु भनी । मैले ल ल हुन्छ भने अनि फोन राखे । म एकदमै आतुर थिए निशा लाई भेट्न ! घरबाट बन पुग्न लगभग 25 मिनेट लाग्थ्यो घडी हेरेको भर्खर 11:10 भाको रहेछ । त्यसैले नुहाउन गए अनि नुहाएर आइ जिन्स को पाइन्ट अनि सर्ट लगाएर ready भएर बाहिर निस्के । आमा ले सोध्नु भो कता जान लागिस चिटिक्क परेर ? मैले नि जिस्किदै भनी दिए हजु

मन

मन सोचाइ हो । मानव शरीर भित्र लुकेर रहेको दिमागलाई कम्युनिकेट गर्ने आत्मा नै मन हो । हुन त, यो संसारमा माया भनेको के?  मानवको रहस्य के? जस्ता प्रश्नहरु जटिल हुन् र अलग-अलग परिभाषा निस्कन्छन्, सबै सहि लाग्छन् तर ठेट यो भनेर ठोकुवा गर्न सकिँदैन । यसैप्रकार मन पनि आ-आफ्नो बुझाइ हो, सोचाइ हो, धारणा हो । सबैको अलग प्रकारको हुदो हो ! हाम्रो बुझाइमा मन २ प्रकारको हुन्छ । •कोमल मन •कठोर मन           कोमल मन यस्तो मन हो जो छिट्टै पग्लिन्छ, गल्ती सजिलै स्विकार्छ र विशेष गरि साना-साना कुरा हरुमा पनि जल्छ/आँसु बनेर बग्छ । त्यसै गरि कठोर मन ठिक विपरित पग्लिदैन, जिद्दी छोड्दैन र जो रुदैन । जिन्दगी भोगेकाहरु भन्ने गर्छन् पहिलो खाले स्वास्नी मानिसको मन रे दोस्रो खाले लोग्ने मानिसको मन रे । मलाइ त त्यस्तो लाग्दैन, किनकी मेरो मन त्यति दरो छैन । आँसु झरिहाल्ने, मन पग्लिहाल्ने । त्यो त पहिलो खाले भएन र ! त्यसैले ती भनाइहरु मलाई ठिक लागेनन् । ठिक नलागेको कुरा भन्न त पाइयो नि ! पाइएन र ? तर बिडम्बना नेपाली समाजको के छ भने उनिहरुले (ठुलाबडा) बोल्दै गर्दा बिचमै कुरा काटेर थोरै शब्द बोल्दिनुहोस्, सुरु हु