Skip to main content

मनिसा

भाग=8

सबै हुन्छ भन्दै घर तिर लाग्यौ । घर पुगेपछि कपडा चेन्ज गरेर खाजा खाए अनि निशा लाई फोन गरे ! फोन उठयो मैले सोधे के गर्दै छौ म त खाजा खादै छु तिमी नि निशा ले सोधी?? अरु काम गर्ने फुर्सद नै कहाँ छ र मलाई तिम्लाइ सम्झिन बाहेक मैले भनिदिए । गफाडि निशा को जबाफ थियो । निशा अब त exam पनि सकियो तिम्लाइ भेट्ने बाहाना पनि छैन के गर्ने अब मैले सोधे ?? म कहिलेकाही बन मा घाँस दाउरा गर्न जान्छु त्यति बेला भेट्न आउन निशा ले भनी । मेरो त खासै घरमा के काम नै थियो र त्यसैले हुन्छ भनिदिए । धेरै बेर को कुराकानी पछि फोन राखिदिए । दिन हरु यसरी नै बित्दै थिए । एकदिन निशा ले 11 बजे तिर फोन गरेर भनी आज म बनमा जाँदै छु दाउरा लिन आउ ल भनी । म पनि यसै को पर्खाइमा थिए कति बजे आउछौ मैले सोधे 1 बजे तिर आउछु भनी । मैले ल ल हुन्छ भने अनि फोन राखे । म एकदमै आतुर थिए निशा लाई भेट्न ! घरबाट बन पुग्न लगभग 25 मिनेट लाग्थ्यो घडी हेरेको भर्खर 11:10 भाको रहेछ । त्यसैले नुहाउन गए अनि नुहाएर आइ जिन्स को पाइन्ट अनि सर्ट लगाएर ready भएर बाहिर निस्के । आमा ले सोध्नु भो कता जान लागिस चिटिक्क परेर ? मैले नि जिस्किदै भनी दिए हजुरको बुहारी भेट्न भनिदिए । ल ल जा सुकै जा बुबा आउनु भन्दा अगाडी आइज नि घरमा भन्नू भो ल ल हुन्छ भन्दै निस्किए । घाम चर्को थियो चैत मास को बेला त्यही त होनि घाम । मन भरी निशा लाई भेट्ने आस थियो त्यै भएर हो क्यारे घाम ले पोलेको महसुस भएन । 25 मिनेट हिडे पछि बन पुगे । बाटो कै छेउमा एउटा चौतारा थियो त्यही बसे एकछिन ! वर र पिपल को सितल छाँया सिरसिर हावा एकदमै आनन्द लाग्या थ्यो चौतारी मा बस्न । एकछिन पछि मान्छे बोलेको आवाज सुने पर हेरेको निशा र उस्को केही साथी हरु थिए । निशा लाई पनि साथी लिएर आउन पर्ने यहि बेला भन्दै बसिरहे ।
एकैछिन मा उनीहरु पनि आइपुगे चौतारी मा ! यसो हेरेको निशा लाई बाहेक कसैलाई चिन्न सकिन । त्यतिकै मा निशा बोली कुन बेला आको तिमी ? भर्खरै मैले जबाफ दिए । उसको साथीहरू ले निशा लाई सोध्यो को मान्छे ओइ ? निशा ले भनी मेरो साथी हो । उसको साथीहरू पनि त्यस्तै रैछन ए भेनाजु पो भन्दै जिस्काउन थाली हाल्यो । निशा ले चुप लाग भनेपछि उनीहरु केही बोलेन । सबै जाउ अब त दाउरा खोज्न पर्छ भन्दै बन छिरे म पनि निशा को पछि पछि बन छिरे । उसको साथीहरू केही पर पुगे पछि निशा र म कुरा गर्न थाल्यौ । दाउरा खोज्दै कुरा गर्दै गर्दा 4 बजिसकेछ निशा को पनि भारी पुगेछ । उसको साथीहरू पर थिए बोलेको सुनिन्थ्यो तर देखिदैन थियो । निशा र म बसेर कुरा गर्न थाल्यौं । त्यतिकै मा पानी पर्ला जस्तो भो आकाश कालो निलो भो घाम बादल भित्र हराए , निशा ले भनी ला अब पानी पर्ला जस्तो छ भिज्ने भयौं भनी । न भन्दै पानी परि हाल्यो ! हावा पनि चल्दै थियो ! अलिअलि जाडो भाको महसुस हुन थाल्यो ! निशा लाई हेरेको उ पनि जाडो ले काम्दै थि कपडा पुरै भिजी सकेको थियो । निशा नजिक गएर सोधेँ जाडो भयो हो? निसा ले अ भन्दै टाउको हल्लाइ । निशा लाई आफू नजिक तानेर अङ्गालो हाले ! निशा को भिजेको कपाल , भिजेर ज्यान मै टासिएको कपडा ,रसिलो ओठ मनमा त्यसै के के चाहना जाग्न थाल्यो । निशा को सिर आफू तिर उठाए अनि बिस्तारै आफ्नो ओठ उस्को ओठ मा राखिदिन । life ko first kiss थियो हामी दुबै को । निशा को मुटु तेज धड्किदै थियो सास छिटो छिटो फेर्दै थि । उमेर त्यस्तै बेला त्यस्तै अनि मौसम पनि त्यस्तै । भगवान ले नै जुराएको जस्तो ! मस्त थियौ हामी आफ्नै सन्सार मा ।त्यतिकै मा पर बाट निशा भनी बोलाएको आवाज आयो हत्तपत्त हामी एकअर्का को अङ्गालो बाट छुट्टिदै म जान्छु ल निशा बोली । हुन्छ भने अनि म पनि बाटो लागे । बाटो भरी त्यै अघिको कुरा खेल्न थाल्यो मन भरी । घर पुगे आमा ले गाली गर्नु भो अलि छिटो आउनु पर्छ नि हेर सबै भिजेछ छिटो गएर कपडा चेन्ज गर भन्नू भो । म केही नबोली कोठा भित्र गए अनि कपडा चेन्ज गरेर बसे मन भरी त्यै कुरा मात्र खेलिरह्यो । एकछिन पछि निसा लाई फोन गरे ।
बाकी भाग को प्रतीक्षा गर्नु होला ।

Comments

धेरै पढिएका कथाहरू.....

Nepali Full Love Story || College कलेज|| In Nepali Language...

          कलेज        भर्खर स्कुले जीवन बिताएर कलेज जानू आफैमा खुसीको कुरा थियो । स्कुलमा जस्तो गृहकार्य गर्न नपर्ने र पढ्न मन लागे पढ्ने नत्र जता गए नि हुने भन्ने कुरा धेरै सुनेको थिए मैले । आज सुरु दिन थियो मेरो कलेजमा गाउँ बाट भर्खर शहर झरेको एक हप्ता मात्रै भएको थियो । त्यति थाहा थिएन शहरको रहनसहन र रमझम र झन कलेजको बारेमा थाहा हुने त कुरै भएन । भर्ना गर्न जादा झुलुक्क पुगेर काम सकेर फर्किएको थिए म राम्रो संग हेर्दा पनि हेरिन । नया भएकै भएर होला अफ्ट्यारो महशुस हुन्थ्यो तर जे भए नि पढ्न भनेर आइसकेपछि नगएर पनि त भएन । बिहानै उठे जुत्ता हिजो दिउसै देखि टलक्क टल्कने बनाएर पोलिस लगाएर राखेको थिए । कलेजको पोशाक पनि सफा चट्टको बनाएको थिए । पोशाक लगाएर बाथरुम मा गएर आफुलाई नियाले धेरैबेर सम्म । शिर देखि माथी सम्म दोहोराउदै तेह्राउदै हेरे सबै ठिक लाग्यो अनि ठूलो झोला भित्र एउटा मात्र कापि हालेर निस्किए कलेज तिर । त्यो बेलाको फेसन रे त्यो झोलाको छोटो फिता बनाएर टपक्क टासिने गरेर भिर्नु पर्ने अनि माथी पट्टी ग...

Full Love Story ||Love Seasson|| In Nepali Language

  Love Session मेरो जन्म पण्डित श्री बिश्वेशवर चन्द्र प्रसाद पण्डित ज्युको घर मा भएको थियो । कसैलाई म मेरो बाबा को नाम भन्दा तिमीले आफ्नो बाबाको नाम भनेको कि तिम्रो ठेगाना भनेर खिल्लि उठाउथे । पण्डित ज्यु को घरमा मेरो जन्म भएकोले बाबाले आफै मेरो नाककरण गर्नु भएका थिए । मेरो नवरण को नाम प्रेम सुँन्दर चन्द्र प्रसाद पण्डित राखि दिनु भएको थियो । यो भन्दा त सानो मेरो घरको ठेगाना थियो , यति ठुलो नाम कसैलाई भन्दा सबै हासेर जिस्काउथे । म आफ्नो बाबाको एक्लो छोरा भएकोले गाउँ भरीका मान्छेहरुले मलाई छोटु पण्डित भनेर बुलाउनु हुन्थ्यो । हुन त नाम जति लामो थियो , उति धेरै मान सम्मान पनि थियो । तपाई सबैलाई थाहा नै होला , पण्डित ज्यु कसैको घरमा जादा , घरको मान्छेहरूले आफै कुर्सी दिएर बस्नु लगाउनु हुनु हुन्थ्यो । तर खासै मलाई इ मान सम्मान इज्जत को कुनै अावश्यक छैन जस्तो लाग्थ्यो । म जब स्कुल जान्थे , दलित जातका साथीहरू मेरो बेन्च बाटै उठेर अर्को बेन्च मा बस्ने गर्थे । म छक्क पर्दै किन उठेको भनेर सोध्दा उनीहरूले हामी तल्लो जातको हो त्यसैले हामीलाई तिमी सँग बस्नु अनुमति छैन भन्ने गर्थे । तर त्यै कक्ष...

दुखी बालक

एउटा प्रार्थमिक बिद्यालयकि शिक्षीका (मिस) ले एकदिन कक्षा तिन का बिद्यार्थी सँग परिक्षा लिईन| परिक्षामा एउटा मनोबिज्ञान सँग सम्बन्धित प्रश्न पनि सोधिएको थियो प्रश्न: "यदि मेशिनबाट मान्छेलाई पनि उसले चाहेको सामान बनाउन मिल्ने भए तिमी चाही के बन्थ्यौ ? र किन ?"........ परिक्षा जसै सकियो ति मिसले परिक्षा पत्र जाँच्न को लागी घरैमा लिएर आईन ।साँझ को खाना खाएर मिस कपी जाँच्न बसिन , जाँच्दै गईन् | अन्तिम कपि जाँच्दै गर्दा उनका आँखाभरी आँशु भए , उनका श्रीमान उनकै नजिक बसेर TV मा केहि हेरिरहेका थिए । त्यो देखेर उनले भने किन रोएकी यस्ता कलिला बच्चा बच्चिका कपि जाँच्दा पनि रुनुपर्छ त ? शिक्षीका ले आँशुले भरिएका आँखाले आफ्ना श्रीमान तिर हेर्दै भनिन - आजको परिक्षामा यिनिहरुलाई यौटा प्रश्न सोधिएको थियो । त्यसको जवाफमा एक जना बच्चाले यस्तो लेखेको छ: यदि आफ्नो ईच्छा अनुसारको सामान बन्न पाउने भए म "टि भी."बन्ने थिएँ . . . श्रीमान - (हाँस्दै) धत लाटी यस्तो कुरामा किन रुनु ? मिस - अगाडि सुन्नुस् न अझै ......किन कि टि भी भए सँधै बाबा मम्मि अनि घरका सबै सदस्य मेरो वरिपरि रहने थिए । घरमा ...

"बानेश्वर "भाग-३

.........जेठा दाइ को कुरा सुनेर चन्द्रकला बोल्न सकिनन... सङै बस्नु भएको आमा उठेर खोक्दै बाहिर निस्किनु भयो...सायद आमा लाई पनि जेठा छोरा को कुरा मन परेन होला..! रात को ८ बजि सकेका ले सबै ज...