Skip to main content

मनिसा

भाग=8

सबै हुन्छ भन्दै घर तिर लाग्यौ । घर पुगेपछि कपडा चेन्ज गरेर खाजा खाए अनि निशा लाई फोन गरे ! फोन उठयो मैले सोधे के गर्दै छौ म त खाजा खादै छु तिमी नि निशा ले सोधी?? अरु काम गर्ने फुर्सद नै कहाँ छ र मलाई तिम्लाइ सम्झिन बाहेक मैले भनिदिए । गफाडि निशा को जबाफ थियो । निशा अब त exam पनि सकियो तिम्लाइ भेट्ने बाहाना पनि छैन के गर्ने अब मैले सोधे ?? म कहिलेकाही बन मा घाँस दाउरा गर्न जान्छु त्यति बेला भेट्न आउन निशा ले भनी । मेरो त खासै घरमा के काम नै थियो र त्यसैले हुन्छ भनिदिए । धेरै बेर को कुराकानी पछि फोन राखिदिए । दिन हरु यसरी नै बित्दै थिए । एकदिन निशा ले 11 बजे तिर फोन गरेर भनी आज म बनमा जाँदै छु दाउरा लिन आउ ल भनी । म पनि यसै को पर्खाइमा थिए कति बजे आउछौ मैले सोधे 1 बजे तिर आउछु भनी । मैले ल ल हुन्छ भने अनि फोन राखे । म एकदमै आतुर थिए निशा लाई भेट्न ! घरबाट बन पुग्न लगभग 25 मिनेट लाग्थ्यो घडी हेरेको भर्खर 11:10 भाको रहेछ । त्यसैले नुहाउन गए अनि नुहाएर आइ जिन्स को पाइन्ट अनि सर्ट लगाएर ready भएर बाहिर निस्के । आमा ले सोध्नु भो कता जान लागिस चिटिक्क परेर ? मैले नि जिस्किदै भनी दिए हजुरको बुहारी भेट्न भनिदिए । ल ल जा सुकै जा बुबा आउनु भन्दा अगाडी आइज नि घरमा भन्नू भो ल ल हुन्छ भन्दै निस्किए । घाम चर्को थियो चैत मास को बेला त्यही त होनि घाम । मन भरी निशा लाई भेट्ने आस थियो त्यै भएर हो क्यारे घाम ले पोलेको महसुस भएन । 25 मिनेट हिडे पछि बन पुगे । बाटो कै छेउमा एउटा चौतारा थियो त्यही बसे एकछिन ! वर र पिपल को सितल छाँया सिरसिर हावा एकदमै आनन्द लाग्या थ्यो चौतारी मा बस्न । एकछिन पछि मान्छे बोलेको आवाज सुने पर हेरेको निशा र उस्को केही साथी हरु थिए । निशा लाई पनि साथी लिएर आउन पर्ने यहि बेला भन्दै बसिरहे ।
एकैछिन मा उनीहरु पनि आइपुगे चौतारी मा ! यसो हेरेको निशा लाई बाहेक कसैलाई चिन्न सकिन । त्यतिकै मा निशा बोली कुन बेला आको तिमी ? भर्खरै मैले जबाफ दिए । उसको साथीहरू ले निशा लाई सोध्यो को मान्छे ओइ ? निशा ले भनी मेरो साथी हो । उसको साथीहरू पनि त्यस्तै रैछन ए भेनाजु पो भन्दै जिस्काउन थाली हाल्यो । निशा ले चुप लाग भनेपछि उनीहरु केही बोलेन । सबै जाउ अब त दाउरा खोज्न पर्छ भन्दै बन छिरे म पनि निशा को पछि पछि बन छिरे । उसको साथीहरू केही पर पुगे पछि निशा र म कुरा गर्न थाल्यौ । दाउरा खोज्दै कुरा गर्दै गर्दा 4 बजिसकेछ निशा को पनि भारी पुगेछ । उसको साथीहरू पर थिए बोलेको सुनिन्थ्यो तर देखिदैन थियो । निशा र म बसेर कुरा गर्न थाल्यौं । त्यतिकै मा पानी पर्ला जस्तो भो आकाश कालो निलो भो घाम बादल भित्र हराए , निशा ले भनी ला अब पानी पर्ला जस्तो छ भिज्ने भयौं भनी । न भन्दै पानी परि हाल्यो ! हावा पनि चल्दै थियो ! अलिअलि जाडो भाको महसुस हुन थाल्यो ! निशा लाई हेरेको उ पनि जाडो ले काम्दै थि कपडा पुरै भिजी सकेको थियो । निशा नजिक गएर सोधेँ जाडो भयो हो? निसा ले अ भन्दै टाउको हल्लाइ । निशा लाई आफू नजिक तानेर अङ्गालो हाले ! निशा को भिजेको कपाल , भिजेर ज्यान मै टासिएको कपडा ,रसिलो ओठ मनमा त्यसै के के चाहना जाग्न थाल्यो । निशा को सिर आफू तिर उठाए अनि बिस्तारै आफ्नो ओठ उस्को ओठ मा राखिदिन । life ko first kiss थियो हामी दुबै को । निशा को मुटु तेज धड्किदै थियो सास छिटो छिटो फेर्दै थि । उमेर त्यस्तै बेला त्यस्तै अनि मौसम पनि त्यस्तै । भगवान ले नै जुराएको जस्तो ! मस्त थियौ हामी आफ्नै सन्सार मा ।त्यतिकै मा पर बाट निशा भनी बोलाएको आवाज आयो हत्तपत्त हामी एकअर्का को अङ्गालो बाट छुट्टिदै म जान्छु ल निशा बोली । हुन्छ भने अनि म पनि बाटो लागे । बाटो भरी त्यै अघिको कुरा खेल्न थाल्यो मन भरी । घर पुगे आमा ले गाली गर्नु भो अलि छिटो आउनु पर्छ नि हेर सबै भिजेछ छिटो गएर कपडा चेन्ज गर भन्नू भो । म केही नबोली कोठा भित्र गए अनि कपडा चेन्ज गरेर बसे मन भरी त्यै कुरा मात्र खेलिरह्यो । एकछिन पछि निसा लाई फोन गरे ।
बाकी भाग को प्रतीक्षा गर्नु होला ।

Comments

धेरै पढिएका कथाहरू.....

एक शिक्षकको चुनौती न्यूटनको नियम त्रुटिपूर्ण

न्युटनको चालसम्बन्धी तेस्रो नियम त्रुटिपूर्ण भएको भन्दै एक जना शिक्षकले चुनौती दिएका छन् । नवलपरासीको सेमरीस्थित एक निजी विद्यालयका विज्ञान शिक्षक राजकुमार थापाल...

#ढकाल

एकदिन आँसु लाई भने! म एकान्तमा हुँदा जति आए पनि कमसेकम अरुको अघि त न आइज न । तब आँसु ले भन्यो ! हजारौं मान्छे को भिड मा पनि तलाइ सधैं एक्लो देख्छु त्यसैले साथ निभाउन आउने गर्छु...

Facebook love

फेशबुक चलाउने क्रम्म । एक दिन एक केटीको नाम परी थिईन र उ फेसबुक भर्खरै भर्खर नया आईडि खोलि फेशबुक चलाई रहेको हुन्छ | एक केटाको add हुन पुग्छ । अनि साथि हुन्छ । केटा=hi...... केटि=hello...... केटा= के छ<br> केटि=ठिकै छ । तिम्रो नाम के हो ? केटा = मेरो नाम शिब हो । अनि तिम्रो ??? केटीले पनि आफ्नो नाम भनिन । र यस्तै अरू कुराहरू हुन थालेछ । अनि निकै लामो कुरा भए छ । केहि दिन्मै केटिको फेशबुक friend पनि धेरै भएछ लग भक 2500 जान जाति । केहि दिन पछि,,, अनि केटाले फेरि हाई भनेर पठाएछ । केटि बोलिन छ | फेरि भोलि पलट केटाले हाई भनेर पठाएछ केटिले फेरि बोलेनछ । केटालाई रिश  उठेछ र मेसेज गरेछ । हैन के हो पारा भाउ बडेको हो ??? केटिले तुरुनत मेसेजको reply गरे छ | हैन भनेर  अनि फरि निरनतर कुरा भएछ । एक दिन आशिक र परी बिच माया पिरतीको कुरा भएछ । केटा = म तिमिलाई माया गर्छु परी , के तिमी मलाई माया गर्छौ ??? केटि ( एक छिन सोचिन र भनिन ) = अह आशिक म पनि तिमी लाई धेरै माया गर्छु । त्यस पछि ................. फेशबुक चलाउदा चलाउदै यति माया बस्यो कि उनि दुई बिच । न ...

नक्कली फेसबुक आईडी

कुरो केही दिन पहिलाको हो । एउटी केटी "परी'' फेसबुक चलाउदै थिईन । केही दिन पछि एउटा केटा "आशिक" ले उसकी फोटोहरुमा लाईक र कोमेन्ट गरेर उनलाई Empress गर्छ । त्यसपछि उ परीलाई Friend Request गर्छ र परी पनि उसको Request लाई Accept गर्छ र उनीहरू साथी हुनछ । उनिहरू बीच कुराकानी सुरु हुन्छ र हुदा हुँदै फेसबुकमै माया प्रेम बस्छ । केटीले आफ्नो सबै गोप्य कुरा तथा आफ्नो *Naked फोटो सम्म उसलाई सेयर गरेको हुन्छ । केही दिन पछि आशिकले उसलाई गलत सम्बन्ध राख्न प्रस्ताव राख्छ तर परीले मान्दैन । आशिकले परीलाई धेरै चोटी भन्छन तर परीले उलाई नाई भन्दै उबाट दिक्क मानेर उसलाई *Block गरिदिन्छ । उसले अर्को Account बनाएर फेरी उनलाई मेसैज गर्छ तर परीलाई आशिक हो भन्ने थाहा पाएर उ बाट परिसान भएर आफ्नै ID लाई * Deactive गरि दिन्छ । केही दिन पछि आशिकले परीको नामको *fake Id बनाउछँ  र उसकी *Naked फोटो Upload गर्न थाल्छ । उसकी फोटो लाई सबै ठाउमा सेयर गर्न थाल्छ । सबैलाई लाग्छ कि परी नै फेरी फेसबुक बनाएर आफ्नो त्यसतो फोटो सेयर गर्न थालेछिन । केही दिन मै उसकी कोलेजमा उसकी फोटो धेरै *Viral हुनथाल्छ र उ...