Skip to main content

Posts

Showing posts from April 4, 2016

गजल

तिमीले जस्तै मैले आँखा तार्न सकिन फूल्या फूल मर्छ भनि सार्न सकिन . मुटु माथि ज्वाला राखी हाँस्नु कसरी ? हाँस्छु हाँस्छु भनि मैले टार्न सकिन . आई रह्यौ घरि घरि दिलको वरिपरी , अझै पनि तिम्रो माया मार्न सकिन . फूल जस्तो दिल दिदा आगो दियौ प्रिये, सुकि सक्या आँशु फेरि झार्न सकिन ।

दुखी बालक

एउटा प्रार्थमिक बिद्यालयकि शिक्षीका (मिस) ले एकदिन कक्षा तिन का बिद्यार्थी सँग परिक्षा लिईन| परिक्षामा एउटा मनोबिज्ञान सँग सम्बन्धित प्रश्न पनि सोधिएको थियो प्रश्न: "यदि मेशिनबाट मान्छेलाई पनि उसले चाहेको सामान बनाउन मिल्ने भए तिमी चाही के बन्थ्यौ ? र किन ?"........ परिक्षा जसै सकियो ति मिसले परिक्षा पत्र जाँच्न को लागी घरैमा लिएर आईन ।साँझ को खाना खाएर मिस कपी जाँच्न बसिन , जाँच्दै गईन् | अन्तिम कपि जाँच्दै गर्दा उनका आँखाभरी आँशु भए , उनका श्रीमान उनकै नजिक बसेर TV मा केहि हेरिरहेका थिए । त्यो देखेर उनले भने किन रोएकी यस्ता कलिला बच्चा बच्चिका कपि जाँच्दा पनि रुनुपर्छ त ? शिक्षीका ले आँशुले भरिएका आँखाले आफ्ना श्रीमान तिर हेर्दै भनिन - आजको परिक्षामा यिनिहरुलाई यौटा प्रश्न सोधिएको थियो । त्यसको जवाफमा एक जना बच्चाले यस्तो लेखेको छ: यदि आफ्नो ईच्छा अनुसारको सामान बन्न पाउने भए म "टि भी."बन्ने थिएँ . . . श्रीमान - (हाँस्दै) धत लाटी यस्तो कुरामा किन रुनु ? मिस - अगाडि सुन्नुस् न अझै ......किन कि टि भी भए सँधै बाबा मम्मि अनि घरका सबै सदस्य मेरो वरिपरि रहने थिए । घरमा