Skip to main content

दुखी बालक

एउटा प्रार्थमिक बिद्यालयकि
शिक्षीका (मिस) ले एकदिन कक्षा तिन
का बिद्यार्थी सँग परिक्षा लिईन|
परिक्षामा एउटा मनोबिज्ञान सँग सम्बन्धित
प्रश्न पनि सोधिएको थियो
प्रश्न: "यदि मेशिनबाट मान्छेलाई पनि उसले
चाहेको सामान बनाउन मिल्ने भए तिमी चाही के
बन्थ्यौ ? र किन ?"........
परिक्षा जसै सकियो ति मिसले
परिक्षा पत्र जाँच्न को लागी घरैमा लिएर
आईन ।साँझ को खाना खाएर मिस
कपी जाँच्न बसिन , जाँच्दै गईन् |
अन्तिम कपि जाँच्दै गर्दा
उनका आँखाभरी आँशु भए ,
उनका श्रीमान उनकै नजिक बसेर
TV मा केहि हेरिरहेका थिए
। त्यो देखेर उनले भने किन
रोएकी यस्ता कलिला बच्चा बच्चिका कपि
जाँच्दा पनि रुनुपर्छ त ?
शिक्षीका ले आँशुले भरिएका आँखाले
आफ्ना श्रीमान तिर हेर्दै भनिन -
आजको परिक्षामा यिनिहरुलाई
यौटा प्रश्न सोधिएको थियो ।
त्यसको जवाफमा एक जना बच्चाले
यस्तो लेखेको छ: यदि आफ्नो ईच्छा
अनुसारको सामान बन्न पाउने भए म
"टि भी."बन्ने थिएँ . .
.
श्रीमान - (हाँस्दै) धत लाटी यस्तो कुरामा
किन रुनु ?
मिस - अगाडि सुन्नुस् न अझै ......किन कि टि भी
भए सँधै बाबा मम्मि अनि घरका सबै
सदस्य मेरो वरिपरि रहने
थिए । घरमा मेरो स्थान नै अलग हुने थियो ,
जब म बोल्थेँ सबैले ध्यन दिएर
सुन्थे बिना कुनै उल्टा सवाल ,
बाबा अफिसबाट थाकेर आएपनि मरो छेउमा
बसेर मलाई नै हेरिरहनुहुने थियो ,
मम्मिको अरु कुनै काम नभएको बेला पनि ममा
लागेको धुलो पुछ्दै प्यारका साथ रुमालले
ढाकि दिनुहुन्थ्यो , मम्मि बाबा जब तनाब
मा पर्नुहुन्थ्यो तब मलाई गालि गर्नु
हकार्नु को सट्टा उल्टै मेरो साथमा बसेर
आफ्नो तनाव कम गर्नुहुन्थ्यो ,
साँच्चै म टि भी हुन्थेँ भने सबैलाई
खुशि दिन सक्थेँ , यहाँसम्म
कि मेरो सामु बस्न
मेरा दिदी दाजु र
भाई बहिनीमा तँछाड
मछाड झगडा हुन्थयो . .
 
यति सुनेपछि मिसका
श्रीमान
अलि गम्भिर भए ।
र भने - बिचरा बालक !
उसका बाबा आमाले त
उस्लाई
अलिकति पनि ख्याल
नगर्दा रहेछन् ,
कति अभागी त्यो
बच्चा बाबु
आमाको ममताको लागी
तड्पीरहेको रहेछ ,
केहि त
देखभाल गर्नु नि ।
अगाडि मिसले भनिन् |
थाहा छ हजुरलाई
त्यो बच्चा को हो ?
श्रीमान - को हो ?
मिस- त्यो बच्चा
हाम्रै
छोरा कालु हो . . . . . ।
श्रीमान - हँ . . . . ऽऽ
(दुबै जना स्तब्ध)

Comments

धेरै पढिएका कथाहरू.....

सायद येस्तै रहेछ प्रेम !  भाग २

जब त्यहा पुगे ..त्यहा अस्ति बिबाह हुने सुनिता दिदि आउनु भयेको रहेछ त्यही पनि माइतमा मैतालु फर्काउन आउदा हाम्रो घरमा पनि पस्नु भाको रे । दिदी सङ्ग भिनाजु पनि आउनु भाको थियो एक्छिम गफ गरेपछी म भित्र सोफा मा गयेर मोबाइल चलायेर बसे  । केही बेरमा दिदी यो स्याउ लाई कहाँ राखम भन्दै एउटा आवाज आयो । कस्तो सुने सुने जस्तो पो लाग्यो त यो आवाज ! अनि येसो भित्र भान्सामा हेरेको म त छागा बाट खसे झै भये । अस्ति भेट हुने केटि पो रहेछिन । हैन कसरी आइन हाम्रो घर अनि किन ? प्रश्न उठे तर सोध्ने आट गर्न सकिन ! बेला बेल उनिलाइ हेर्थे जब हाम्रो नजर जुध्थ्यो म मोबाइल तिर ध्यान दिन्थे !  एकैछिन पछि मेरो दिदिले मलाइ बोलाउनु भयो उनी पनि त्यही नै थिइन अनि दिदी ले हाम्रो परिचय गराउनु भयो .. कि अस्ति बिबाह हुने दिदिको बहिनी पो रहेछिन । म त एक्छिन हैरान भय मन खुसिले अतालिन थाल्यो । उन्ले हजुरको नाम चाइ के नि भनेर प्रश्न गरिन ! मैले पवन भने तर उन्को नाम सोध्न बिर्सियछु ! अनि उस्ले त हामी त अब सोल्टी सोल्टिना पो परेम है सोल्टी दादा भन्दै कुरो गरिन । अनि म पनि मुसु मुसु हास्दै हो माथी हो थपे ...   ...

सायद येस्तै रहेछ प्रेम ! भाग १

बैसाख महिना !! बिहानको येस्तै ११ बजे अफिस अगाडि चट्ट कान्तिपुर पत्रीका पढी रहेको थिय । एकाएक चर्को आवाजले कोहि बोल्दै आइ रहेका थिय । येसो पछाडी फर्केर हेरे ४ जना केटिहरु लेहेङ्गामा सजियर मस्त गफ लगाउदै आयेका थिय ।  उनिहरुको शरीर बाट मीठो अत्तरको बास्ना आइ रहेको थियो । ती ४ जना मध्य किन किन एउटि केटि सार्है मन पर्यो । रातो ब्लाउज अनि गुलाबी रङ्गको लेहेङ्गा लगायेकी थिइन । किन किन ? उन्को मुहार भन्दा मलाइ उन्को त्यो लेहेङ्गा पो दिमागमा याद आयो । साच्चै नै उनी एक परिको प्रतिबिम्ब भन्दा फरक पर्दैन थियो होला । येस्तै कुरा सोच्दै बसेको थिय एक जनाले भनिन " दाइ यहाँ साहारा पार्टी प्यालेश कहाँ छ ? " मैले पनि सिधै अगाडि गयेर हेर्नू त्यहा ठूलो पेट्रोल पम्प छ त्यसैको पचाडि छ साहारा पार्टी प्यालेश । उनी हरु हस भन्दै त्यहा बाट लागे । पार्टी प्यालेस भनी सकेपछी पक्कै उनि हरु बिहामै आयेका हुन सक्छन तर कहाँ बाट ? येस्तै प्रश्न उल्झी रहे ! म बस त्यही राती ब्लाउज अनि गुलाबी लेहेङ्गा लगाउने केटिकै बारेमा मात्र सोची रहे ,! ...को होलिन ? कहाकी होलिन ? कस्को बिहेमा आयेकी होलिन ? ओहो ! प्रश्न पनि कति ...

सायद येस्तै रहेछ प्रेम ! भाग ४

.......सरि भन्दै मेसेज गरे पछि केही उन्ले "Its okay " भन्दै मेसेज गरिन ! म तिमिलाइ पाउन सकिन त्यसैले प्लिज मलाइ माफ गर अनि फेसबुकमा ब्लक गरिदेउ । भने उन्ले पनि हस भन्दै मलाइ ब्लक गरिन .. .... म रुन मात्र सकि रहेको थिइन ! तर करिब 15 मीन पछि रातिको येस्तै ११ बजेको थियो उन्ले मेसेज गरिन " सुन्नु न भन्दै " ।।। उन्को त्यो मेसेज ले अलिकती भयेनी सान्त्वना दिलायो  । मैले नि भन न भन्दै मेसेज गरे ! उन्ले अगिनै भनेका सबै कुरा झुठा हुन है भन्दै मेसेज गरे ! मेरो मन  येसै फुरुङ्ग भयो ! अनि होर अगिनै किन झुट बोलेको त भने ! उन्ले बस हजुरको मनको कुरा बुझेको थिय भन्दै म एउटा कुरा भन्छु मान्नु हुन्छ भनिन "येदि मेरो हात एक चोटि थामी सके पछि कहिले पनि छोड्न पाउनु हुन्न है त ! " म पनि खुसी हुँदै हुन्छ नि किन नहुनु ! भन्दै जवाफ फर्काय ! ......त्यस पछि उनी र म बल्ल प्रेम सम्बन्धमा गासियौ ! पहिलो चोटि कसै सङ्ग प्रेम सम्बन्ध मा बाधियको थिय । अनौठो महसुस भै रहेको थियो ! अनि आफ्नो परिवारको बारेमा केही कुरा गरेउ ! जेठमा जाँच   थियो त्यही पनि ११ को । पढाइमा ध्यान दिउ कि प्रेमिक...

सायद यस्तै छ प्रेम (भाग ११)

…...मलाइ बिसय लागेछ पर्सेन्ट जम्मा ४३ आयेको ! उन्ले था पाइछन क्यार ! त जस्तो केटा मेरो लायक छैनस भनिन । मलाइ अत्यन्तै दुख लाग्यो । मेरो पढाइ बिगि्रएको मा आफैलाइ दोश दि रहे ! रोये...