Skip to main content

दुखी बालक

एउटा प्रार्थमिक बिद्यालयकि
शिक्षीका (मिस) ले एकदिन कक्षा तिन
का बिद्यार्थी सँग परिक्षा लिईन|
परिक्षामा एउटा मनोबिज्ञान सँग सम्बन्धित
प्रश्न पनि सोधिएको थियो
प्रश्न: "यदि मेशिनबाट मान्छेलाई पनि उसले
चाहेको सामान बनाउन मिल्ने भए तिमी चाही के
बन्थ्यौ ? र किन ?"........
परिक्षा जसै सकियो ति मिसले
परिक्षा पत्र जाँच्न को लागी घरैमा लिएर
आईन ।साँझ को खाना खाएर मिस
कपी जाँच्न बसिन , जाँच्दै गईन् |
अन्तिम कपि जाँच्दै गर्दा
उनका आँखाभरी आँशु भए ,
उनका श्रीमान उनकै नजिक बसेर
TV मा केहि हेरिरहेका थिए
। त्यो देखेर उनले भने किन
रोएकी यस्ता कलिला बच्चा बच्चिका कपि
जाँच्दा पनि रुनुपर्छ त ?
शिक्षीका ले आँशुले भरिएका आँखाले
आफ्ना श्रीमान तिर हेर्दै भनिन -
आजको परिक्षामा यिनिहरुलाई
यौटा प्रश्न सोधिएको थियो ।
त्यसको जवाफमा एक जना बच्चाले
यस्तो लेखेको छ: यदि आफ्नो ईच्छा
अनुसारको सामान बन्न पाउने भए म
"टि भी."बन्ने थिएँ . .
.
श्रीमान - (हाँस्दै) धत लाटी यस्तो कुरामा
किन रुनु ?
मिस - अगाडि सुन्नुस् न अझै ......किन कि टि भी
भए सँधै बाबा मम्मि अनि घरका सबै
सदस्य मेरो वरिपरि रहने
थिए । घरमा मेरो स्थान नै अलग हुने थियो ,
जब म बोल्थेँ सबैले ध्यन दिएर
सुन्थे बिना कुनै उल्टा सवाल ,
बाबा अफिसबाट थाकेर आएपनि मरो छेउमा
बसेर मलाई नै हेरिरहनुहुने थियो ,
मम्मिको अरु कुनै काम नभएको बेला पनि ममा
लागेको धुलो पुछ्दै प्यारका साथ रुमालले
ढाकि दिनुहुन्थ्यो , मम्मि बाबा जब तनाब
मा पर्नुहुन्थ्यो तब मलाई गालि गर्नु
हकार्नु को सट्टा उल्टै मेरो साथमा बसेर
आफ्नो तनाव कम गर्नुहुन्थ्यो ,
साँच्चै म टि भी हुन्थेँ भने सबैलाई
खुशि दिन सक्थेँ , यहाँसम्म
कि मेरो सामु बस्न
मेरा दिदी दाजु र
भाई बहिनीमा तँछाड
मछाड झगडा हुन्थयो . .
 
यति सुनेपछि मिसका
श्रीमान
अलि गम्भिर भए ।
र भने - बिचरा बालक !
उसका बाबा आमाले त
उस्लाई
अलिकति पनि ख्याल
नगर्दा रहेछन् ,
कति अभागी त्यो
बच्चा बाबु
आमाको ममताको लागी
तड्पीरहेको रहेछ ,
केहि त
देखभाल गर्नु नि ।
अगाडि मिसले भनिन् |
थाहा छ हजुरलाई
त्यो बच्चा को हो ?
श्रीमान - को हो ?
मिस- त्यो बच्चा
हाम्रै
छोरा कालु हो . . . . . ।
श्रीमान - हँ . . . . ऽऽ
(दुबै जना स्तब्ध)

Comments

धेरै पढिएका कथाहरू.....

गजल

तिमीले जस्तै मैले आँखा तार्न सकिन फूल्या फूल मर्छ भनि सार्न सकिन . मुटु माथि ज्वाला राखी हाँस्नु कसरी ? हाँस्छु हाँस्छु भनि मैले टार्न सकिन . आई रह्यौ घरि घरि दिलको वरिपरी , अझै पनि तिम्रो माया मार्न सकिन . फूल जस्तो दिल दिदा आगो दियौ प्रिये, सुकि सक्या आँशु फेरि झार्न सकिन ।

Full Love Story ||Love Seasson|| In Nepali Language

  Love Session मेरो जन्म पण्डित श्री बिश्वेशवर चन्द्र प्रसाद पण्डित ज्युको घर मा भएको थियो । कसैलाई म मेरो बाबा को नाम भन्दा तिमीले आफ्नो बाबाको नाम भनेको कि तिम्रो ठेगाना भनेर खिल्लि उठाउथे । पण्डित ज्यु को घरमा मेरो जन्म भएकोले बाबाले आफै मेरो नाककरण गर्नु भएका थिए । मेरो नवरण को नाम प्रेम सुँन्दर चन्द्र प्रसाद पण्डित राखि दिनु भएको थियो । यो भन्दा त सानो मेरो घरको ठेगाना थियो , यति ठुलो नाम कसैलाई भन्दा सबै हासेर जिस्काउथे । म आफ्नो बाबाको एक्लो छोरा भएकोले गाउँ भरीका मान्छेहरुले मलाई छोटु पण्डित भनेर बुलाउनु हुन्थ्यो । हुन त नाम जति लामो थियो , उति धेरै मान सम्मान पनि थियो । तपाई सबैलाई थाहा नै होला , पण्डित ज्यु कसैको घरमा जादा , घरको मान्छेहरूले आफै कुर्सी दिएर बस्नु लगाउनु हुनु हुन्थ्यो । तर खासै मलाई इ मान सम्मान इज्जत को कुनै अावश्यक छैन जस्तो लाग्थ्यो । म जब स्कुल जान्थे , दलित जातका साथीहरू मेरो बेन्च बाटै उठेर अर्को बेन्च मा बस्ने गर्थे । म छक्क पर्दै किन उठेको भनेर सोध्दा उनीहरूले हामी तल्लो जातको हो त्यसैले हामीलाई तिमी सँग बस्नु अनुमति छैन भन्ने गर्थे । तर त्यै कक्ष...

"बानेश्वर "भाग-३

.........जेठा दाइ को कुरा सुनेर चन्द्रकला बोल्न सकिनन... सङै बस्नु भएको आमा उठेर खोक्दै बाहिर निस्किनु भयो...सायद आमा लाई पनि जेठा छोरा को कुरा मन परेन होला..! रात को ८ बजि सकेका ले सबै ज...

पवन्जु एक प्रेम कथा(भाग ४)

       भेट्ने निर्णय गरि सके पछि हामी शनिबारकै दिन परेर नारायणघाटको पुल नीर भेटेने कुरा गरेउ ! आफू परे कालो बर्णको जति गरेनी गोरो हुन नसकिने त्यैनी अलि अलि भयेनी दिदिको पाउडर लगायेर गोरो देखिने गरि निलो रङ्गको चेक शर्ट अनि कालो बेलि पायेन्ट लगाउदै कपालमा तोरिक तेल लगायेर नाराणघाट को लागि निस्किय ! गोजिमा जम्मा ९०० रुपिया लिगेर । नारायणघाट पुगेर पुल नीर बसे उन्लाइ कुरेर ! अनि उन्को नम्बरमा फोन गरे ! उनी आउन ढिलो गरिन र फोन गरे बाबा ममि घरै हुनुन्छ र एकैछिनमा आउछु भन्दै फोन राखियो । करिब आधा घन्टा पछि म नारायणघाट्को पुलमा कुरेर बस्दै थिय ! झ्याप्प उन्को फोन आयो ! कता हुनुन्छ भन्दै म पनि यहि पुल नीर छु भनेर भने ! येसो पछाडी फर्केको मैले झ्याप्पै ठम्माइहाले कारण त्यहा भयका मान्छे हरुमा बस उन्कै हातमा मोबाइल थियो ! उनि चट्ट निलो रङकी पटियाला सुरुवालमा सेतो रङ्गको सल बेरेर आखामा हल्का गाजल अनि ओठमा गुलाबी रङ्गको लालि लगायेर आयेकी थिइन । उन्को त्यो सुन्दर्ता को अगाडि म धर्तिको बोझ बरावर थिय ! उन्ले पनि मलाइ चिनी हालिन ! फोनमा हुदा भेट्न आतुर हुने हामी तर अहिले भ...