Skip to main content

बिहेको पहिलो रातमा Part 3

एकै छिनको भौतिक सुखमा मैले प्रेमको परिभाषा भुलेछु ! भन्ने गर्थे "कहिलेकाहीं भौतिक सुखको अघि साँचो प्रेमले नि हार्ने गर्छ ! आज मैले हारेको थिइन मेरो प्रेमले हारेको थियो ! म झस्यान्ङ्ग भएँ ! आफैँले आफैलाइ धिक्कार्न पुगेँ ! आफुले  आफैं देखेर लाज लागेर आयो ! रिङ्गाटा चल्यो , टाउको भारी भएर आयो !

खाट नजिकै रहेको पानी पिएँ ! मेरो चर्तीकला देखेर अतीत अचम्ममा हुनुहुन्थ्यो ! भरखर सम्म भौतिक सुखमा लिप्त मेरो अहिलेको यो ब्यवहारले स्वभाविक नै थियोे !
मैले आफुलाइ सम्हाल्नै सकिन !
बाथरुम गएँ ! मुख पखालेँ ! आँसुहरु बगिरहेका थिए !आफ्नो पुरानो अनि पहिलो प्रेमलाइ सम्झिएँ , ! खुब याद आयो उसको ! मैले धोका दिए झैँ महसुस भै रह्यो हुन पनि अरुसँग भौतिक आनन्दमा रमाइरहँदा मैले उसलाई भुलेको थिएँ ! मेरो "आभास "लाई भुलेको थिएँ !
आभास थियो उसको नाम जसलाई म प्रेम गर्थेँ ! बेसिन माथी रहेको ऐना हेरेँ! आफ्नै अनुहारसँग घृणित भएँ म ! चिच्याउन चहान्थेँ ,कराउन चहान्थेँ ,ठूलो आवाज निकालेर रुन चहान्थेँ तर म बाँधिएको थिएँ !
रातको १ बजिसकेको थियो ! अतीत निदाइसक्नु भएको थियो ! मलाई आभासँग कुरा गर्न मन थियो ! धेरै कुरा भन्नू थियो , माफी माग्नु थियो ऊसँग फोन खोजेँ ! मलाई घरबाट बिदा गर्दै गर्दा बहिनिले मोबाइल मेरो झोलामा हालेकी थिइ सम्झिएँ !
सोफामा राखेको झोलाबाट मोबाइल झिकेँ र कोठा बाहिरै रहेको बरण्डामा गएँ ! मोबाइल खोलेँ !
लक खोलेँ !आभसले मलाई गिफ्ट गरेको गुडिया मैले फोटो खिचेर वा ल पेपर राखेको थिएँ !
फोटो देख्ना साथ आँसु आयो सम्हाल्नै सकिन मोबाइल छातिमा टाँसेर रुन थालेँ ! फोन गर्नु थियो उसलाई , कन्ट्याक्ट्मा गएँ उसको नाम फेभरेट्समा थियो सुरुमै उसको नाम सेभ गरेको थिएँ "अभु!" मैले मायाले सेभ गरेको उसको नम्बर देखेर मुस्कान छरियो मेरो ओठभरी !
फोन गरेँ !
काटिदियो ! दोर्याएर गरि रहेँ !
काटिरह्यो ! किन उठाउँथ्यो ! म अरु कसैसँग प्रेममा जो बाँधिएको थिएँ ! रुष्ट थियो होला सायद !
फेरि गरेँ ! यो पटक उठायो !
बोलेँ !" प्यारु !"
उताबाट मलिन स्वरमा आवाज आयो ?
"किन सम्झेको अब?"...............

To be continue in next part

Comments

धेरै पढिएका कथाहरू.....

सायद येस्तै रहेछ प्रेम ! भाग १

बैसाख महिना !! बिहानको येस्तै ११ बजे अफिस अगाडि चट्ट कान्तिपुर पत्रीका पढी रहेको थिय । एकाएक चर्को आवाजले कोहि बोल्दै आइ रहेका थिय । येसो पछाडी फर्केर हेरे ४ जना केटिहरु लेहेङ्गामा सजियर मस्त गफ लगाउदै आयेका थिय ।  उनिहरुको शरीर बाट मीठो अत्तरको बास्ना आइ रहेको थियो । ती ४ जना मध्य किन किन एउटि केटि सार्है मन पर्यो । रातो ब्लाउज अनि गुलाबी रङ्गको लेहेङ्गा लगायेकी थिइन । किन किन ? उन्को मुहार भन्दा मलाइ उन्को त्यो लेहेङ्गा पो दिमागमा याद आयो । साच्चै नै उनी एक परिको प्रतिबिम्ब भन्दा फरक पर्दैन थियो होला । येस्तै कुरा सोच्दै बसेको थिय एक जनाले भनिन " दाइ यहाँ साहारा पार्टी प्यालेश कहाँ छ ? " मैले पनि सिधै अगाडि गयेर हेर्नू त्यहा ठूलो पेट्रोल पम्प छ त्यसैको पचाडि छ साहारा पार्टी प्यालेश । उनी हरु हस भन्दै त्यहा बाट लागे । पार्टी प्यालेस भनी सकेपछी पक्कै उनि हरु बिहामै आयेका हुन सक्छन तर कहाँ बाट ? येस्तै प्रश्न उल्झी रहे ! म बस त्यही राती ब्लाउज अनि गुलाबी लेहेङ्गा लगाउने केटिकै बारेमा मात्र सोची रहे ,! ...को होलिन ? कहाकी होलिन ? कस्को बिहेमा आयेकी होलिन ? ओहो ! प्रश्न पनि कति ...

कथा = गुम्सिएका चाहना १

भाग - 1 लेखक = शिब ढकाल खै कहाँ देखि सुरु गरौं यो मेरो कहानी । न कतै देखि सुरु हुन्छ न कतै गएर टुङ्गिन्छ नै । समय र परिस्थिति ले मलाई धेरै कुरा सिकाए । कहिले धन बिना बाच्न सिकाए ,कह...

मनिसा भाग=10

निशा लाई बाहिर बोलाएर सोधे ! तिमी कहिले देखि मनिसा भयौ ?? किन नाम चेन्ज गरेको ? निसा ले मलाई हेर्दै भनी , म मनिसा त तिमी मेरो जिन्दगी मा आए देखि भएको थिए ! तर त्यति हतार मा नाम चेन्ज ...