मन छुने कथा::::::::
धेरै बर्ष पहिला को कुरा हो ।
लडाई सकिए पछि एक सिपाहीले
क्याप्टेन सँग
भन्यो -: सर मेरो साथि युद्ध
मैदानमा छट्पटिरहेको छ ।
म उसलाइ लिन जान्छु ।
क्याप्टेन-:के लिन जान्छस् छोड्दे ।
यति बेला सम्म त्यो मरिसक्यो ।
क्याप्टेनको कुरा नसुनि उ
साथि भएतिर जान्छ र
केही समय पछि उक्त
साथीको लास लिएर आउँछ।
तब क्याप्टेनले भनेछन-:मैले भनेको थिएँ ऊ
मरिसक्यो भनेर ।
सिपाही भन्छ - सर जब म
त्यहाँ पुगें,तब उ सँग अन्तिम
ढुकढुकी मात्र बाकी थ्यो,
तब साथीले मुस्कुराउँदै भन्यो 'साले, मलाइ
थाहा थ्यो, तँ जरूर
आउँनेछस्' यति भनेर मलाई
अङ्गालो हाल्यो अनि प्राण त्याग्यो ।
सर, मैले मेरो साथीलाई बचाउन सकिन तर
मैले साथीलाई उसको अन्तिम
घडीमा आफ्नो न्यानो अंगालो दिन
पाएँ ।
अन्तिम पल त्यो माथी यो बिरानो ठाँउमा
उसको पनि आफ्नो
भन्ने भावना दिलाउँन पाएँ ।
साथीको विस्वाश दिलाउन पाएँ ।
अन्तिम सास सम्म साथ दिन पाएँ।
यही नै हो सर साथी भनेको,
दुखसुखमा साथ
दिनु नै मित्रता हो।
Moral ;- साथी चाहे स्कुलको होस
या घऱको, टोलको होस या लडाई मैदानको होस्,
साथी भनेको साथी हो। जसको साथबाट
एक्लोपन
टाढा भाग्छ, अनि खुसीको पल
साथमा हुन्छ,
त्यही हो साथथी
कलेज भर्खर स्कुले जीवन बिताएर कलेज जानू आफैमा खुसीको कुरा थियो । स्कुलमा जस्तो गृहकार्य गर्न नपर्ने र पढ्न मन लागे पढ्ने नत्र जता गए नि हुने भन्ने कुरा धेरै सुनेको थिए मैले । आज सुरु दिन थियो मेरो कलेजमा गाउँ बाट भर्खर शहर झरेको एक हप्ता मात्रै भएको थियो । त्यति थाहा थिएन शहरको रहनसहन र रमझम र झन कलेजको बारेमा थाहा हुने त कुरै भएन । भर्ना गर्न जादा झुलुक्क पुगेर काम सकेर फर्किएको थिए म राम्रो संग हेर्दा पनि हेरिन । नया भएकै भएर होला अफ्ट्यारो महशुस हुन्थ्यो तर जे भए नि पढ्न भनेर आइसकेपछि नगएर पनि त भएन । बिहानै उठे जुत्ता हिजो दिउसै देखि टलक्क टल्कने बनाएर पोलिस लगाएर राखेको थिए । कलेजको पोशाक पनि सफा चट्टको बनाएको थिए । पोशाक लगाएर बाथरुम मा गएर आफुलाई नियाले धेरैबेर सम्म । शिर देखि माथी सम्म दोहोराउदै तेह्राउदै हेरे सबै ठिक लाग्यो अनि ठूलो झोला भित्र एउटा मात्र कापि हालेर निस्किए कलेज तिर । त्यो बेलाको फेसन रे त्यो झोलाको छोटो फिता बनाएर टपक्क टासिने गरेर भिर्नु पर्ने अनि माथी पट्टी ग...
Comments