Skip to main content

Posts

Showing posts from December 28, 2016

Mero Love " Part 3 "

हामी चार जना डाइनिङ टेबुल मा बस्यौँ । अर्को पट्टि अँकिता र पुजा थिइ त Aunty मेरो छेउको कुर्सीमा बस्नु भयो । Aunty ले खाना पकस्नु भयो । खाना खानु थाल्दा कसैले मेरो खुट्टा मा हिर्काए झै लाग्यो । मलाइ थाहा थियो पुजा नै होली । मैले नी टेबुल भित्रै बाट जोर ले हिर्काए । आइया भनेर अँकिता कराइ । By Mistake अँकिताको खुट्टा मा हिर्काएको रहेछु । के भयो ? Aunty के अँकिता लाई सोध्नु भयो । पुजा खिसि तिती गरी हास्दै थिइ । अँकिता रिसाएको आखाले मलाइ हेर्दै थिइ । मैले सोरि को भावमा आखा झिम्काए । केही होइन माइजू , कुर्सीमा चोट लाग्यो ! अँकिता ले भनि । मैले इसारा द्वारा धन्यबाद भने । खाना खाइ सके पछि म आफ्नो घर फर्के । बेलुका छत मा जादा अँकिता पुजा की छत मा देखा परी । परै बाट हात हल्लाउदै मैले उनलाइ हाइ भने । उनले पनि हात हल्लाउदै हेलो भनि । त्यो दिन हाम्रो चौकमा बजार लागेका थिए । बाटो मा मान्छेहरू अावत जावत हुँदै थिए । सोचे फ्री समय नै छ , किन होइन यो समय मा उनलाइ बजार घुमाएर ल्याउ । उनलाइ पनि त हाम्रो ठाउमा घुम्नु मन लागे होला । तिमी लाई अहिले केही काम छ ? मैले छत बाटै सोधे । सायद छत बाट उनले मेरो अवा

कथा -रङ नम्बर (wrong number )(भाग-4)

थाहा थिएन उ कस्ति थिइ ! तर यो मन अनि मुटु ले उसलाई चाहन थालेको थियो ! मेरो हरेक कल्पना मा उहीँ आउन थालेकी थिइ । भन्ने हरु ले त पागल भन्छन् होला मलाई ! न चिनेको थिए उसलाई न त देखेको नै , खै कस्तो प्रेम भयो हामी बिच एकाअर्कालाई नदेखी र नचिनी नै प्रेम गर्न थालेका थियौ ।मन भरी अब उसलाई भेट्ने चाहना बढन थालेको थियो । सायद मलाई झैँ उसलाई पनि भएको थियो होला म अनुमान लगाउन सक्थे । कसैलाई नदेखी र नचिनी नै प्रेम गर्नु कतै गलत त होईन मन ले मन लाई नै बारबार सोधिरहेको थियो । म पनि अलमल्ल मा थिए के गलत के सहि छुट्टाउन गाह्रो भै रहेको थियो । जे पर्ला पर्ला अब त उसलाई भेट्न भए नि नेपाल फर्किन्छु भन्ने जोस बढन थाल्यो । तर कता कता डर पनि लागिराथ्यो कतै उस्ले मलाई प्रेम गर्दिन कि एउटा असल साथी मात्र सोचेकी छिन् कि भन्ने डर पैदा भयो मनमा । जे हुन्छ हुन्छ आज उसलाई प्रपोज गर्छु भन्ने अठोट गरे अनि फोन लगाए । फोन receive त भयो तर के बोलु र कहाँ देखि सुरु गरौं म अलमल्ल मा परे ! सधैं खुलेर बोल्ने मान्छे आज एक्कासि के भयो भयो बोल्ने शब्द नै भेटिन । किन नबोल्नु भाको भने पछि पो झसङ्ग भए । खै के हो यो प्रेम भन्ने