Skip to main content

Mero Love " Part 3 "

हामी चार जना डाइनिङ टेबुल मा बस्यौँ । अर्को पट्टि अँकिता र पुजा थिइ त Aunty मेरो छेउको कुर्सीमा बस्नु भयो । Aunty ले खाना पकस्नु भयो । खाना खानु थाल्दा कसैले मेरो खुट्टा मा हिर्काए झै लाग्यो । मलाइ थाहा थियो पुजा नै होली । मैले नी टेबुल भित्रै बाट जोर ले हिर्काए । आइया भनेर अँकिता कराइ । By Mistake अँकिताको खुट्टा मा हिर्काएको रहेछु । के भयो ? Aunty के अँकिता लाई सोध्नु भयो । पुजा खिसि तिती गरी हास्दै थिइ । अँकिता रिसाएको आखाले मलाइ हेर्दै थिइ । मैले सोरि को भावमा आखा झिम्काए । केही होइन माइजू , कुर्सीमा चोट लाग्यो ! अँकिता ले भनि । मैले इसारा द्वारा धन्यबाद भने ।
खाना खाइ सके पछि म आफ्नो घर फर्के । बेलुका छत मा जादा अँकिता पुजा की छत मा देखा परी । परै बाट हात हल्लाउदै मैले उनलाइ हाइ भने । उनले पनि हात हल्लाउदै हेलो भनि । त्यो दिन हाम्रो चौकमा बजार लागेका थिए । बाटो मा मान्छेहरू अावत जावत हुँदै थिए । सोचे फ्री समय नै छ , किन होइन यो समय मा उनलाइ बजार घुमाएर ल्याउ । उनलाइ पनि त हाम्रो ठाउमा घुम्नु मन लागे होला ।
तिमी लाई अहिले केही काम छ ? मैले छत बाटै सोधे । सायद छत बाट उनले मेरो अवाज प्रष्ट सुनेकी रहेनछ । के भनेको उनले सोधिन । फ्रि छौ अहिले ? मैले फेरी दोहोराए । अँ किन ? उनले सोधिन् । घुम्नु जाने हो बजार तिर ? मैले सोधे । पुजा पढ्दैछ उनले भनि । त्यो बादरनी लाइ भन्या होइन तिमीलाइ मात्र भनेको , जाने हो ? मैले सोधे । पुजालाइ बादरनी भन्दा उ हल्का हासी मात्रै । एकछिन सोचेर ! हुन्छ उनले भनि । ल छिट्टै बाहिर आउ । उनले टाउको हल्लाउदै Ok भनिन ।
म छत बाट तल अोर्ले । हल्का फ्रेस भए । साइकल बरन्डामा थियो । साइकल निकालेर पुजाकि घर बाहिर को गेटमा उभिए । त्यति मै भित्र बाट अँकिता आइ । हल्का मीठो मुस्कान का साथ । मैले नी हल्का मुस्कुराए । उनलाइ साइकल मा बस्नु आग्रह गरे । कहा बस्ने पछाडी कि अगाडी उनले सोधिन् । तिम्रो इच्छा मैले भने । उनले अगाडी को सिट मा बसी । त्यसपछि हामी बजार तिर लागे । माहोल हल्का रोमान्टिक नै थियो । हेर्ने मेरा साथीहरूले अँकिता लाइ मेरी गर्लफ्रेन्ड छे जस्तो सोचे होला । बाटो मा कति ले त हातको इसाराले दामी छ भन्दै थिए । म पनि खुसी भए । पहिला पहिला अरू साथीहरू लाई हेर्दा आफु पनि आफ्नो गर्लफ्रेन्ड लाई त्यसरी नै घुमाउ जस्तो लाग्थ्यो । तर आज आएर त्यो रहर पूरा भयो । हुन त उ मेरी गर्लफ्रेन्ड थिइनन् । साथी मात्र थिइ । त्यसैले त्यति धेरै खुसी हुनु मेरो लागि बेकार नै थिए । साइकल कुदाउदा कुदाउदै बजार पुगे । बजारमा हेर्दा बापरे मान्छेहरूको थुप्रै भिड लागेथ्यो । साइकल कुदाउनु नी गाह्रो भयो । साइकल लाई एकातिर साइड मा राखेर दुबै जना पैदल लागे । नया ठाउ मा , नया व्यक्ति सँग घुम्दा उनलाइ अलि अप्ठयारो भएकै होला झै मलाइ लाग्यो । उनको अनुहार मा हेर्दा उनी बजार तिर हरेक कुराहरू लाई चियाइ रहेकी थिइ । बजार तिर घुमिरहदा कुनै कुनै बेला उनी मान्छेहरुको भिडमा हराइ सकेकि थिइ । त्यसैले मैले उनको हात समाए । प्रतिक्रिया उनले मलाइ टक् हेरी त केही भनेन ।यसरी नै हामी बजारमा घुमिरहे । केही बेर पछि
एउटा आइसक्रिम बेच्ने मान्छे भेटाए । मलाइ आइसक्रिम खानु मन लाग्यो । आइसक्रिम खाने मैले नी उनलाइ सोधे । हुन्छ को भावमा उनले टाउको हल्लाइ । दुइ अोटा आइसक्रिम किने , स्ट्रेबेरी फलेवरको । उनले आइसक्रिम लिएर खानु थाले । खाने बेलामा उनले सुरुक्क तान्दा मुखै भरी " फिक्का रातो " रङग ले घेरा पर्यो । म उनको अनुहार लाई देखेर मुसु मुसु हासि रहे । के भयो किन हासेकि उनले आइसक्रिम खाइ सके पछि सोधिन । तिम्रो मुखै भरी आकसक्रिम लागेछ मैले भने । आफ्नो दायाँ हातले उनले आफ्नो मुख पुछन थाले । तर उनले सकिन । अझै आकसक्रिम नाक गाला मा लाग्नु थाले । गोजी बाट रुमाल निकालेर उनलाइ दिए । ल पुछ हास्दै भने । उनले रुमाल लिइ आफ्नो अनुहार पुछि । राम्ररी सफा भइसके पछि उनले मलाइ रुमाल फर्काउदै धन्यवाद भनि । मैले आफ्नो सेतो रुमाल लाई हेरे । आइसक्रिम र उनको अोठको लालि ले रातो भइसकेका थिए । उनको हातबाट रुमाल लिइ म आफ्नो गोजी मा राखे । अरु के खाना मैले उनलाइ सोधे । चाइनिज फुडस् उनले भनि ।
हामी चाइनिज ढाबा तिर लागे । त्यहा पुगेर मैले दुई प्लेट मन्चुरियन मँगाए । उनले पिरो नबनाउनु भनेकी थिइ । तर हल्का जिस्किने मुड आयो मलाइ । सोचे यो पल यति याद गार बनाउछु कि उनि कहिले नी बिर्सिनु सक्दैन ।
क्रमश.....

Comments

धेरै पढिएका कथाहरू.....

कथा - मनिसा

भाग-1 लेखक : शिव ढकाल जिन्दगी लाई सबै ले आफ्नो आफ्नो भोगाइ मा अनि आफ्नो आफ्नै बुझाइ मा ब्याख्या गरेका छन । मेरो पनि आफ्नै भोगाइ अनि छुट्टै बुझाइ छ । मेरो जन्म एउटा माध्यम परिव...

मेरो कल्पना

कल्पनाकी सानू , सायद तिमी फेला परेउ भने यो बर्स त भयेन अर्को बर्श पक्कै येसै गरि परपोज गर्ने छु । बिहानी को किरण सङ्गै रातका ती निशाहरु सङ्गै देख्न चाहन्छु । तिमी मेरो जिबनक...

#Dhakal

जातमानै तिमी गर्व गर्छौ भनी समाजमा आफ्नो नाम नचिनाउ जहाँ नामकै कारणले श्रद्धाञ्जली पाओस र तिमी अपबित्र होस् किनकी श्रद्धाञ्जली दिने तिम्रो जात मात्र नभएर अरु पनि हुन...

साचो माया मात्र एकचोटी हुन्छ र त्यो पनि एउटै मान्छे सँग

एक दिन कोलेजमा जेम्स आफ्नो साथीहरू सँग उभिएको थिए । त्यतिकै बेला एउटी केटीको किताब भुईमा झरे तर त्यो केटीलाई थाहा भएन उनी अगाडी हिडदै जान लागिन र एक छिन पछि थाहा हुन्छ कि उसकी किताब कतै झरेका छ । त्यसैले उनी किताब खोज्दा खोज्दै जेम्स को मा आईन । जेम्सले उसकी किताब हातमा राखेर हेर्दै थिए । एतिकैमा केटी आईन र जेम्सले उसको किताबमा उसको फोटो हेरे र केटीलाई थाहा नदिईकन फोटोलाई गोजीमा राख्दै केटीलाई उसको किताब दिए । त्यसपछि उनीहरू बीच मित्रता गासियो । अर्को दिन फेरी उनीहरू केलोजमा भेटछ र कुराकानी गर्छ थाल्छ । यस्तै हुदा हुँदै उनीहरू बिच माया प्रेम बस्छ र एकएर्कालाई सेयर पनि गर्छ । यस्तै उनीहरूको जीवन खुसी भई बितिरहन्छ । हामी सबैलाई थाहा छ कि केटीको जात जुनबेला पनि मन बदलिनु सक्छ । त्यसमा पनि त्यो केटी आधुनिक खाले थिईन । एक दिन जब जेम्स अलि ढिलो कोलेजमा पुग्दा हेर्छ कि उसकै साथी र त्यो केटी बीच Affairs चल्दै हुन्छ । केटीले पनि उसलाई हेर्छ । बिचाराको गह भरी आखाबाट आसु झर्न थाल्छ । उसले केई न भनि कन कोलेज फर्कन्छ र त्यो केटीसँग Break Up गर्ने धोको गर्छ । अर्को दिन केटीले जेम्स सँग माफी माग्छ तर...