बुरुक्क उफ्रु झै भयो । खुसी को ज्वारभाटा एकैचोटि विस्फोट भए झै भयो । खुसी को सिमाना नै रहेन । मरूभुमी मा छटपटाइ रहेको माछा ले पानी पाए झै भयो । जिवनमा सबैभन्दा खुसी पाए । मन गदगद भयो । जब थाहा पाए रिजेल्ट ! एस.एल.सी परीक्षा को रिजेल्ट । म 83 % ले पास भएको थिए । 83 % आयो भनेर खुसी भको होइन । मेरो साथी पुजा को 82.9 % आको छ भन्ने थाहा पाएर । पुजा मेरी एउटी शत्रु भनौ वा साथी । त्यो त समय अनुहार उसले आफ्नो रुप रँग देखाइ हाल्थी । नर्सरी देखि 9 सम्म उ कक्षा मा सधै First हुन्थी र म Second । आफ्नो मार्क देखाएर उसले मलाइ सधै जिस्काउथी । हेप्थी । सके सम्म गिज्याउने गर्थी । उसले त्यसतो गर्दा मलाइ झनक्क रिस उठ्थ्यो । कुटु जस्तो लाग्थ्यो । तर कुटेर उ भन्दा अगाडी बढ्नु सक्दिन भन्ने धारना मन भित्र एकाएक उतपन्न हुन्थ्यो । यदि हामी सबै भन्दा माथी पुग्नु चाहन्छौँ भने अरु को खुट्टा तानेर पछाडी पार्नु हुदैन । आफै त्यति माथी चढ्ने प्रयास गर्नुस् कि अरू तपाईं भन्दा तल भएको देखिन्छ । त्यही कारन ले म सबै सहेर बस्थे । म रातदिन पढ्थे । धेरै पढ्थे । आफु First हुनु चाहन्थे । तर मैले जती पढ्दा नी उसलाइ कहिले पछा